Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

ढुंगानाको उम्मेदवारीले भक्तपुर २ चर्चामा

 

\"\"काठमाडौं । नेपाली काँग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई भक्तपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाए पछि सो क्षेत्र अहिले चर्चामा रहेको छ ।

भक्तपुरवासीले उनको मनोनयनलाई जिल्लाको प्रतिष्ठाका रुपमा लिएका छन् । प्रतिनिधिसभाका पूर्व सदस्य रामेश्वर ढुंगेल, लेखनाथ न्यौपाने, काँग्रेसका पार्टी जिल्ला सभापति दुर्लभ थापा, पूर्वनगरप्रमुख मदन कृष्ण श्रेष्ठले उनको उम्मेदवारीबाट भक्तपुर जिल्लाको प्रतिष्ठा बढेको बताए । ढुंगानाले मनोनयनपश्चात् काँग्रेसका पुराना नेता एवं कार्यकर्तासँग भेटघाट गर्न थालेका छन् । उनी आफू भक्तपुरवासी भएको दाबी गर्छन् । सरकार माओवादीबीचको पहिलो वार्तामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका काँग्रेस नेता ढुंगानासँग सो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ । मानवअधिकार क्षेत्रमा समेत परिचित नेता ढुंगानाले मनोनयन गरेपछि अन्तर्राष्ट्रिय छविसमेत बनाइसकेको राष्ट्रिय व्यक्तित्वलाई उम्मेदवार पाउनु भक्तपुरवासीले गौरवको विषय बनाएका छन् । प्रजातन्त्रमा पूर्ण विश्वास राख्ने नेता ढुंगानाले स्थानीय समाजसेवी, पुराना कार्यकर्तासँगको भेटपश्चात् आयोजित छलफलमा आफू विधिको शासनमा विश्वास राख्ने बताए । उनले नेतालाई झूठो नबोल्न र जनतालाई झूठो आश्वासन नदिनसमेत आग्रह गरे ।  पहिलो प्रतिनिधिसभा निर्वाचन २०४८ मा काठमाडौँबाट निर्वाचित भई सभामुख रहेका ढुंगानाले २०५१ को निर्वाचनमा पराजय व्यहोर्नुपरेको थियो । भक्तपुर २ नं क्षेत्रमा ढुंगानाले वामगठबन्धनका उम्मेदवार महेश बस्नेतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । बस्नेत पूर्वउद्योगमन्त्री हुन् । नेपाली काँग्रेसले सो क्षेत्रको प्रदेशसभा निर्वाचनमा युवा नेताद्वय प्रदेश सभामा १ मा अंगत खड्का र २ मा गणेशमान चक्रधरलाई मनोनयन गरेको छ ।

त्यसैगरी एमालेले प्रदेश सभामा १ मा शशिजंग थापा र २ मा राजेन्द्रमान श्रेष्ठलाई मनोनयन गरेको छ भने नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा सदस्यमा प्रेम सुवाललाई र प्रदेशसभा सदस्य १ मा सरोजराज गोसाईं र २ मा प्रेमजन थापालाई मनोनयन गरेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE