Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

नेपाल–भारत सीमा क्षेत्रमा विशेष निगरानी

\"\"कार्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई भयरहित र शान्त वातावरणमा सम्पन्न गराउन स्थानीय प्रशासनले सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधिप्रति उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका एकाइलाई आफ्ना मातहतका क्षेत्रमा उच्च निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । यसैक्रममा प्रमुख जिल्ला अधिकारी भुजेलको नेतृत्वको सुरक्षा समितिको एक टोलीले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरेको छ । अनुगमनका क्रममा सुरक्षा समितिको सो टोलीले नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बजांहा बाँधको शनिबार अवलोकन गरेको छ । अवलोकनका क्रममा भारतीय पक्षबाट निर्माण गरिएको सो बाँधबाट नेपाली क्षेत्रका कृषकको धान खेती डुबेको, सीमास्तम्भसमेत डुबानमा परेको, वर्षायामका समयमा नेपाली भू–भागका सर्वसाधारणले डुबान समस्या भोग्नुपरेको अवस्था पाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए । “चाँडै नै प्रतिनिधि सभा र प्रदेश सभालाई लक्षित गरी हुन लागेको नेपाल–भारत दुई देशका सीमावर्ती जिल्लाका प्रमुख एवं सुरक्षा अधिकारीको बैठकमा यो विषयको उठान गर्छौं,” प्रमुख जिल्ला अधिकारी भुजेलले भने, “बैठकमा विशेष गरी निर्वाचनका बेला सीमा क्षेत्रको आवागमन, सुरक्षा व्यवस्था, अपराध नियन्त्रणलगायतका विषयमा छलफल गरिने भए पनि सीमा क्षेत्रको डुबान समस्या र यसको समाधानका उपायबारेमा भारतीय समकक्षीसँग छलफल गर्छौं ।” जिल्लामा भारतीय पक्षबाट निर्माण गरिएका महलीसागर, बजांहा, मर्थीलगायतका बाँधका कारण वर्षेनी नेपाली कृषक समस्या भोग्न बाध्य छन् । रासस    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE