Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

उम्मेदवारको साझा नाराः गाउँगाउँमा मोटर बाटोदेखि घरघरमा रोजगारीसम्म

\"\"रसुवा । नेपालको उत्तरी हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ । मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पक्षमा भोट माग्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवार घरघरमा पुगेर भोट माग्न थालेका छन् । जिल्लाका सबै भागमा अहिलेसम्म पनि सडक सञ्जाल नपुगेकाले उम्मेदवार पैदलै हिँडेर भोट माग्न बाध्य भएका हुन् । पछिल्लो समय फेसबुक, ट्वीटर, अनलाइनलगायतका सामाजिक सञ्जालबाट पनि मत माग्ने प्रचलन बढेर गएको छ तर जिल्लाका अधिकांश बासिन्दामा सामाजिक सञ्जालको पहुँच नभएका कारण घरमै पुगेर मत माग्नुपर्ने अवस्था आएको भोट माग्न घर–घर पुग्नुभएका स्थानीय नेता राजेन्द्र आचार्यले बताए । जनतासँग भोट माग्न रसुवाका उम्मेदवारले पोष्टर, पम्प्लेट, माइक, पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग गर्दै आएका छन् । नेपाली काँग्रेस र नयाँ शक्ति नेपालबीचको लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका नेता इञ्जनियर मोहन आचार्य, प्रदेश (क) मा नेपाली काँग्रेसकै प्रभात तामाङ र प्रदेश (ख) मा नयाँ शक्ति नेपालका प्रेम तामाङ चुनावी मैदानमा छन् । यस्तै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको वाम गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा (एमाले)का जनार्दन ढकाल, प्रदेश (क) मा नेकपा (एमाले)का कन्र्याल लामा तथा प्रदेश (ख) मा नेकपा (माओवादी केन्द्र) का इन्द्रप्रसाद गोतामे चुनावी मैदानमा छन्। यसैगरी केही व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । रसुवामा उत्तरगया, कालिका, गोसाइकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँच गाउँपालिका छन् । यही वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दुई, नेकपा (एमाले)ले दुई र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हाँसिल गरेको थियो । शनिबार लोकतान्त्रिक गठबन्धनले नौकुण्ड गाउँपालिकाको सर्सिऊँमा आमसभा गरेर आफ्नो पक्षमा भोट मागिरेहको थियो भने वाम गठबन्धनले गोसाइँकुण्ड गाउँपालिकाको धुञ्चेमा आमसभा गरेर मत मागिरहेको थियो । मत माग्ने क्रममा दुवै पक्षका उम्मेदवारले आफ्नो जित सुनिश्चित हुने दाबीसमेत गरेका थिए । वाम गठबन्धनका उम्मेदवार ढकाल नेकपा (एमाले) रसुवाबाट विसं २०७० को संविधानसभाको निर्वाचनमा निर्वाचित सांसदसमेत हुन् । “विसं २०७० को निर्वाचनमा संविधान निर्माणका लागि भोट मागेका थियौँ, अहिलेको निर्वाचनमा समग्र जिल्लाको विकासका लागि भोट मागेको छु”– उनले भने । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका इञ्जिनियर आचार्य काँग्रेसका युवा नेता हुन् । उनी जिल्लामा भएका स्रोतसाधनको प्रयोग गरी जिल्लालाई नमूना बनाउने उद्देश्यका साथ उम्मेदवार बनेको बताए । “म इञ्जिनियर हुँ, रसुवा जिल्लाको विकास कसरी गर्ने भन्ने कुरा मलाई राम्रोसँग थाहा छ”– उनले भने । यसैगरी दुवै उम्मेदवारले सडक सञ्जालले विदेश छोएको अन्तर्राष्ट्रिय नाका केरुङलाई व्यवस्थित बनाउने, सबै गाउँमा मोटरबाटो पु¥याउने, रसुवावासीलाई रोजगारी दिने, जलविद्युत् उत्पादन गरेर रसुवाली जनतालाई शेयर दिलाउने लगायतका नारा मतदातासमक्ष दिएका छन् । रसुवाका २७ वडामा ३२ हजार ३२३ मतदाता छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE