Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

मान्छेको जागिर खोस्दै रोबोट र ड्रोनहरुः ६ महिनामा ८९ हजारको जागिर चट्

\"\"अमेरिकामा यस वर्षको एप्रिलदेखि अक्टोबर महिनासम्ममा रोबोट र ड्रोनका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन् । एउटा अनुमान अनुसार आगामी १० वर्षमा १७ प्रतिशत अमेरिकी जागिरहरु रोबोट र ड्रोनले खाइदिने छन् । अमेरिकामा मात्रै होइन विश्वका कैयौँ मुलुकमा अचेल ड्रोन र रोबोटले विभिन्न काम गर्न थालेका छन् जुन कामका लागि पहिला मानिसको आवश्यकता पर्थ्यो । सयजना मानिसले गर्ने काम त्यही समयभित्र दुईवटा ड्रोनले गर्नसक्ने अवस्था छ । धेरै कम्पनीहरु आफूद्वारा निर्मित ड्रोनहरु काममा शत प्रतिशत खरो उत्रिने गरेको बताउँछन् अर्थात् विना कुनै त्रुटि ड्रोनहरुले काम गर्ने गरेका छन् । ई-कमर्स, अनलाइन शपिङ र खुद्रा क्षेत्रका अधिकांश कम्पनीहरुले केही काममा ड्रोन र रोबोटको प्रयोग गरिरहेका छन् । तिनीहरुले सामान प्याकिङ गर्ने काम गर्छन्, ठीक तरिकाले सामान राख्छन् र हरेक सामानको विवरण पनि राख्छन् । अमेरिकी खुद्रा कम्पनी वालमार्टको अमेरिकाभर अढाई लाखभन्दा बढी गोदाम छन् । त्यसमा सानो भन्दा सानो गोदाम पनि छन् जुन १७ वटा फुटबल खेलमैदान बराबर हुन्छन् । वालमार्टका गोदामहरुमा रोबोट र ड्रोनले ठूलो जिम्मेवारी सम्हाल्ने गरेका छन् । उनीहरुले लिफ्टको सहयोगमा सामान एक ठाउँबाट अर्को ठाउँमा राख्छन् । सामान छुट्टयाउने काम पनि रोबोट र ड्रोनले गर्छन् । सबैभन्दा ठूलो कुरा त यी आधुनिक यन्त्रहरुले लगभग ती सबै काम गर्ने गरेका छन् जुन काम कुनैबेला मान्छेले गर्दथे । फरक यति छ कि आधुनिक यन्त्रहरुको सहयोगमा ती कामहरु तुलनात्मक रुपमा छिटो हुने गरेका छन् । रोबोट र ड्रोनबाट काम गराउँदा लागत पनि घटेको कम्पनीहरु बताउँछन् । अमेरिकाको प्रसिद्ध मासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक फदेल अदीब भन्छन्, हरेक वर्ष सामान गुम्ने र यताउति पर्ने समस्याका कारण कम्पनीहरुले अर्बौं डलर बराबरको घाटा बेहोर्नुपर्छ। हिसाबमा त्रुटि हुँदा पनि उनीहरुलाई घाटा हुने गर्छ । \"\" अचेल गोदाममा राखिएका सबै सामानको विवरण राख्न, सबै गन्न र \'बार कोड\' को मद्दतले सामानमा मूल्य राख्न निकै कठिन हुन्छ । तर मान्छेको तुलनामा रोबोट र ड्रोनले यी कामहरु निकै सहज ढंगले कम समयमै सम्पन्न गरिदिन्छन् । तिनीहरुको सहयोगमा रातिराति पनि काम गराउन सकिने अवस्था सिर्जना भएको छ । त्यसबाहेक सामानहरु मिलाउन र राख्न पनि सजिलो भएको छ । यी र यस्तै कारणले अचेल ई-कर्मस र खुद्रा कम्पनीहरुले रोबोट र ड्रोनको बढी प्रयोग गर्न थालेका हुन्। उड्ने रोबोट बनाउने एउटा कम्पनी पिंकका प्रमुख कार्यकारी अधिकृत म्याट इयर्लिङ भन्छन्, नयाँ यन्त्रहरु आएर गोदाममा सामान राख्ने काम निकै सजिलो भएको छ । गोदाममा मान्छेले पाँच प्रतिशत मात्रै काम बिगार्दा करोडौं डलर बराबरको घाटा हुन पुग्छ । त्यस्ता घाटाको क्षतिपूर्ति अचेल रोबोट र ड्रोनबाट हुने गरेको छ । दिनरात काम गरेर उड्ने रोबोटले त्यस्तो घाटा हुनबाट जोगाइरहेका छन् । इयर्लिङको कम्पनीले हाइड्रोजन इन्धनबाट चल्ने रोबोट बनाउँछ । त्यस्ता ड्रोनले ब्याट्रीबाट चल्ने ड्रोनभन्दा बढी काम गर्छन् । फ्रान्सको हार्दिस कम्पनीले सामान गन्ने ड्रोन बनाउँछ । आइसी नाम गरेको उक्त ड्रोन एन्ड्रोइडबाट चल्ने गर्छ । खुद्रा कम्पनीहरुले पछिल्लो पाँच-छ वर्षदेखि आधुनिक यन्त्रहरुको बढी प्रयोग गर्न थालेका हुन् । सन् २०१२ मा नेट-ए-पोर्टरले आफ्ना रोबोटहरुले मान्छेले भन्दा पाँच सय गुणा राम्रो काम गर्ने गरेको दाबी गरेको थियो । त्यसैगरी अनलाइन कम्पनी अमेजनका किवा रोबोट पनि कार्यकुशलताका लागि चर्चित छन् । अचेल प्रायः सबै ठूला गोदामहरुमा रोबोटले काम गरेको देख्न सकिन्छ । तर यन्त्रबाट काम गराउँदा फाइदासँगै घाटा पनि छन् । अमेरिकामा पछिल्लो छ महिनामा आधुनिक यन्त्रहरुका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन् । सन् २०२७ सम्ममा १७ प्रतिशत जागिर त्यस्ता यन्त्रले नै गर्ने अनुमान गरिएको छ । हुनत कतिपय जानकारहरु एकातिर जागिर नपाउँदा अर्कोतिर पाउन सकिने बताउँछन् । गोदाममा यन्त्रहरुको बढ्दो प्रयोगले दुर्घटना पनि कम हुने गर्छ जुन त्यहाँ काम गर्ने मानिसहरुका लागि सुखद पक्ष हो । हरेक कुराको सकारात्मक र नकारात्मक पाटो हुन्छ । यदि हामी सस्तो र सजिलै उपलब्ध हुने अनलाइन किनमेल चाहन्छौँ भने त्यसको मूल्य त हामीले चुकाउनैपर्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE