Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

वाम गठबन्धन बागीको अलमलमा

\"\"उदयपुर । आगामी मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधसभा र प्रदेशसभाको निर्बाचनमा वाम गठबन्धनले देशैभरी विजय हासिल गरेर बहुमतको सरकार बनाउने सपना बोकीरहेका बेला उदयपुरमा भने बागी उम्मेदवारका कारण वाम गठबन्धन अलमलमा परिरहेको छ भने काँग्रेस चुनावी प्रचारप्रसारमा जुटेको छ ।

उदयपुरमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि निर्वाचन क्षेत्र निर्धारण भएपछि नेकपा एमाले र माओवादी केन्द्रले जिल्लामा आधा–आधा भाग लगाएर उम्मेदवारहरु तोके पनि दुवै पक्षबाट गठबन्धनलाई संकट पर्नेगरी जिम्मेवार नेताले नै बागी उम्मेदवारी हालेपछि अहिले उदयपुरको वाम गठबन्धन विवाद मिलाउन लागीपरेका छन् । यता नेपाली काँग्रेस उदयपुरले भने जिल्लाको मुख्य त्रियुगा नगरपालिका क्षेत्र, कटारी, नगरपालिका क्षेत्र तथा बेलका नगरपालिका र चौदण्डी नगरक्षेत्रमा चुनावी प्रचारप्रसार शुरु गरेको कुरा नेपाली काँग्रेस उदयपुरका सचिव तथा पार्टी प्रवक्ता मदनराज कटुवाल बताए । कट्वालका अनुसार अहिले नेपाली काँग्रेसले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ का उम्मेदवार डा.नारायण खड्का, क्षेत्र नम्बर २ का उम्मेदवार नारायणबहादुर कार्कीसहित प्रदेशका लागि उम्मेदवार बनेका बिदुरबाबु बस्नेत, रामकुमार खत्री, हिमाल कार्की र भेषराज मगरले संयुक्त रुपमा चुनावी प्रचार शुरु गरेका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष ईश्वरमणि राउतका अनुसार वाम गठबन्धनभित्र बागी उम्मेदवारलाई मिलाउन एउटा संयुक्त समिति नै बनाएर काम थालेको हुनाले समितिले काम गरिरहेको छ ।

यस्तै वाम गठबन्धन बाहेक पनि एमालेबिरुद्ध एमालेकै उम्मेदवार र माओबादीबिरुद्ध पनि माओबादीकै बागी उम्मेदवार रहेका कारण पनि पार्टीगत छुटाछुट्टै वार्ता समिति बनाएर समितिमार्फत वार्ता भइरहेको गठबन्धनका जिम्मेवार जिल्ला नेताहरुले बताएका छन् । एक गठबन्धनले अर्काविरुद्ध बागी हाल्नेदेखि आफ्नाविरुद्ध आफ्नै संगठनका नेताहरुले समेत बागी हालाहाल गरेपछि उदयपुरमा वाम गठबन्धन अलमल र संकटमा छ । उदयपुरमा गठबन्धनमा बागी उम्मेदवारहरुलाई मिलाउन दुबै पार्टीका शीर्षस्थ नेताहरुले पहल गरिरहेको बताइएको छ । अहिले गठबन्धनविरुद्ध बागी उम्मेदवार हाल्ने उम्मेदवारमा एमालेबाट पार्टीका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडा, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य कुशलबाबु बस्नेत, एमाले नेता होमप्रसाद दाहाल रहेका छन् । यस्तै माओवादी केन्द्रबाट पार्टी जिल्ला अध्यक्ष बिनोद कटुवाल, पार्टी जिल्ला उपसंयोजक, जीवन कार्की, पार्टी जिल्ला उपाध्यक्ष नारायण बुर्जा, पार्टीका केन्द्रीय सल्लाहकार मीनबहादुर ठकुरीलगायतका नेताहरुले प्रदेशसभा र प्रतिनिधिसभाका लागि बागी उम्मेदवारी दिएको संयुक्त वाम गठबन्धनका नेताहरुले बताएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE