Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

झापामा डेंगु जाँच्ने कीटको अभाव

 

\"\"झापा । झापामा डेंगु रोगको रगत परीक्षण गर्ने कीटको अभाव भएको छ । जिल्लामा डेंगु रोगीको संख्या दिनप्रतिदिन बढिरहेको समयमा जिल्ला जनस्वास्थ्य झापासँग डेंगु रोग परीक्षण गर्ने कीटको अभाव भएको हो ।

कीट अभावसँगै डेंगु रोग परीक्षणका लागि स्वास्थ्य संस्था पुगेका सर्वसाधारण रोगको परीक्षण नै नगरी घर फर्कन बाध्य छन् । जिल्लामा चार दिनदेखि डेंगु रोग परीक्षणका लागि कीट अभाव भएको बताइएको छ ।

बिर्तामोड नगरपालिकामा गत असोज महिनाको पहिलोसातादेखि यो रोगको संक्रमण देखापरेको थियो । योसँगै मेची नगरपालिका र दमक नगरपालिकामा डेंगु रोगी फेला परेका थिए । अहिले तीन नगरपालिकासहित बुद्धशान्ति गाउँपालिकामा पनि डेंगु रोगी फेला परेका छन् । झापामा डेंगु रोगीको संख्या बढेपछि असोज ६ गते जिल्ला जनस्वास्थ्य कार्यालय झापाले ३०० कीट खरिद गरेको जनस्वास्थ्यका डेंगु रोग नियन्त्रण शाखाका स्रोत व्यक्ति कुलबहादुर पौडेलले जानकारी दिए । सो कीट जिल्ला जनस्वास्थ्य कार्यालय, मेची अञ्चल अस्पताल भद्रपुर, क्षयरोग निवारण संस्था भद्रपुरमा रहेको जनस्वास्थ्यको ल्याव, दमक अस्पताल, सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, अनारमनी, शनिश्चरे, धुलाबारी, काँकडभिट्टा हेल्थ पोष्टमा रगत परीक्षणका लागि कीट पठाएको थियो । डेंगु रोगको लक्षण देखिएका बिरामीलाई चिकित्सकले लेखिदिएको पूर्जा हेरेर मात्र बिरामीको रगत परीक्षण गराउँदै आएको पौडेलले बताए । झापामा अहिले मेची अस्पतालसहित अधिकांश हेल्थ पोष्टमा डेंगु टेष्ट कीटको अभाव भएको छ । मेची अञ्चल अस्पतालमा चेकजाँचका लागि जाने बिरामीलाई अस्पतालका चिकित्सकले डेंगु रोग परीक्षणका लागि नजिकै रहेको क्षयरोग संस्थामा खोलिएको जनस्वास्थ्यको ल्यावमा पठाउने गरेको छ । तर, तीन दिनदेखि जनस्वास्थ्यकै ल्यावमा कीट छैन । अस्पतालका चिकित्सकले दिनमा ३० देखि ४० जना बिरामीलाई डेंगु परीक्षणका लागि ल्यावमा पठाउने गरेको जनस्वास्थ्यका ल्याव टेक्निसियन चन्द्रशेखर यादवले बताए । झापामा ५१३ जना डेंगु रोग लागेका बिरामी फेला परिसकेका छन् भने अर्जुनधारामा एकजनाको मृत्यु भइसकेको जनस्वास्थ्यले जनाएको छ । डेंगु रोग फैलिन नदिन अहिले झापाका प्रत्येक नगर तथा गाउँपालिकाले धुवाँ छर्किने अभियान सञ्चालन गरिरहेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE