Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कर्णालीमा स्वास्थ्य अनुसन्धान थालनी

\"\"जुम्ला । पिछडिएको क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाएको छ । यस प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा तथा शिक्षाको प्रभावकारी सञ्चालन गरिरहेको बेला स्वास्थ्य अनुसन्धानको थालनी गरेको बताएको हो । प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य शिक्षा दिँदै आएकामा यो वर्षबाट स्वास्थ्य अनुसन्धानलाई अघि बढाइएको बताए । “हामीले कर्णालीको मुगु, जुम्ला र कालिकोटमा सर्वे सम्पन्न गरिसकेका छौं, अब प्रतिष्ठानको कार्य क्षेत्रअन्तर्गत तत्कालीन पिछडिएको नौ जिल्लामा स्वास्थ्य सर्वेक्षण थाल्छौं” उपकूलपति वाग्लेले भने । प्रतिष्ठानले सबै जिल्लाको स्वास्थ्य अवस्थाको तथ्यांक लिन्छ र सोहीअनुसार उपचार सेवाको मार्ग खोल्न अनुसन्धान प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । उहाँले कर्णालीमा विद्यमान रोगको अवस्था, स्वास्थ्यसँग सम्बन्धित आहार, सरकारी स्वास्थ्य संरचनाको सेवा प्रवाहजस्ता महत्वपूर्ण विषय सर्वेक्षणमा आउने बताए । प्रतिष्ठानले अस्पतालको सेवाअन्तर्गत १०० श्ययाको अस्पताल सञ्चालन, १७ जना विशेषज्ञ डाक्टरसहित १५० जना जनशक्तिले सेवा र सस्तो दरमा ठूला शल्यक्रिया जुम्लामा गर्दै आएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार गतवर्ष २९ हजार ९३४ जना बिरामीले सेवा लिएकामध्ये दुई हजार ४९१ को ठूलो शल्यक्रिया भएको थियो । त्यसैगरी विपन्नलाई निःशुल्क उपचार, स्वास्थ्य बीमा शुरु, स्टाफ नर्स चौंथो र हेल्थ असिष्टेन्ट तेस्रो ब्याज सञ्चालन गरिहेको उनले बताए । उहाँका अनुसार ऐनले व्यवस्था गरेबमोजिम ४५ प्रतिशत पिछडिएको क्षेत्रका व्यक्तिले अध्ययन गर्ने अवसर प्राप्त गर्दै आएका छन् । अस्पताल निर्देशक धर्मराज गोसाईंले ६ नं। प्रदेशकै उत्कृष्ट सेवा दिइरहेको हिमाली क्षेत्रमा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा साझा चिन्तन आवश्यक रहेको औंल्याए। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE