Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

'लिभिङ टुगेदर' जोडीको भर आई–पिल चक्कीमा: पोर्नाेग्राफीको असर

\"\"काठमाडाैं । ‘लिभिङ टुगेदर’मा रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) मा निर्भर हुने गरेका पाइएको छ । उनीहरूमा एउटै चाहना हुने गरेको छ– नियमित यौनसम्पर्क पनि गर्न पाइयोस्, अनिच्छुक गर्भ पनि नबसोस् ।’ असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ । आजको राजधानीमा खबर छ-विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्सक बताउछन् । स्कुल र कलेजका छात्रा बढी ‘पछिल्लो समय ७२ घण्टे चक्की (आई–पिल) व्यापक दुरुपयोग भएको पाइएको छ,’ हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टर जडीबुटीकी मेडिकल निर्देशक एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मेनु आचार्य भन्छिन्, ‘यो चक्की प्रयोग गर्नेमा स्कुल र कलेजका छात्रा बढी पाइएको छ ।’ पोर्नाेग्राफीको असर सामाजिक सञ्जाल फेसबुक र युट्युबमा सजिलै हेर्न पाइने अश्लील चलचित्र (पोर्नाेग्राफी) का कारण पनि विपरीत लिंगीबीच असुरक्षित यौनसम्बन्ध राख्ने क्रममा वृद्धि भइरहेको छ । नकारात्मक असर हतार र असुरक्षित यौनसम्बन्धबाट बस्न सक्ने अनिच्छुक र अवैध गर्भ रोक्न एकै जनाले दुई दिनभित्र चारवटासम्म आई–पिल चक्की प्रयोग गर्ने गरेको पाइएको डा. आचार्य बताउँछिन् । ‘एउटामात्रै खानुपर्ने चक्की एकै व्यक्तिले चारवटासम्म खानु एकदमै हानिकारक हो,’ उनी भन्छिन्, ‘एकैपटक चारवटासम्म खाँदा यसले दीर्घकालीन रूपमा नकारात्मक असर पार्छ ।’ चक्की कसरी सेवन गर्ने ? स्वास्थ्यकर्मी या चिकित्सकको परामर्शबिना यो चक्की प्रयोग नगर्न विशेषज्ञको सुझाव छ । असुरक्षित यौन सम्बन्धको शंका लागेमा ७२ घण्टाभित्र एकमात्र चक्की खाँदा महिनावारी नियमित हुने डा. आचार्य बताउँछिन् । ‘यसले पुरुषको शुक्रकीट र महिलाको डिम्बबीच मेल हुन दिँदैन,’ उनले भने, ‘पाठेघरमा गर्भ बस्दैन, त्यसैले आत्तिनु पर्दैन ।’ आई–पिल दुरुपयोगले भविष्यमा विवाहपछि उनीहरूमा बाँझोपन वा बच्चा जन्मिए पनि शारीरिक अपांगता जन्मिन सक्ने विशेषज्ञ बताउँछन् । महिलामा बाँझोपन विशेषज्ञको परामर्शबिना परिवार नियोजनका अस्थायी या स्थायी साधन प्रयोग गरिँदा गर्भधारण गर्ने उमेरका ५ देखि ७ प्रतिशत महिलामा बाँझोपन पाइएको नेपाल परिवार नियोजन संघ काठमाडौं उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्याल बताउँछन् । उनका अनुसार आई–पिल चक्की परिवार नियोजनको अस्थायी साधन निलोकन चक्कीजस्तो नभएको र यसको दुरुपयोगले महिलाको प्रजनन हर्माेनमा प्रत्यक्ष असर गर्छ । ‘एउटा आई–पिल चक्कीको क्षमता आठवटा निलोकन चक्कीबराबर हो,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE