Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

अन्तत: समानुपातिकबाट पछि हटे सिटौला, प्रत्यक्षबाटै चुनाव लड्ने

\"\"काठमाडाैं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्षबाटै चुनाव लड्ने भएका छन् । पार्टीले उनको नाम समानुपातिक सूचीबाट झिकेर प्रत्यक्षकै उम्मेदवार बनाउने निर्णय गरेको छ । सिटौला मंसिरमा हुने चुनावमा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने निश्चित भएको हो । सिटौलाले आफ्नो पुरानो निर्वाचन क्षेत्र झापा ३ बाट सातौं पटक चुनाव लड्न लागेका हुन् । यसअघि पार्टीले उनको नाम समानुपातिक सूचीको पहिलो नम्बरमा राखेर निर्वाचन आयोगलाई बुझाएको थियो । अाजको कान्तिपुरमा खबर छ-तर, सिटौलाको तीव्र असन्तुष्टि, कार्यकर्ताको चौतर्फी दबाबका कारण पार्टीले आइतबार उनको नाम समानुपातिक सूचीबाट हटाएको हो । सिटौलालाई प्रत्यक्षबाटै उम्मेदवार बनाउने निर्णय शुक्रबार बसेको कांग्रेस संसदीय समितिको बैठकमा भएको थियो । तर, गठबन्धनमा असर पर्ने भन्दै सार्वजनिक गरिएको थिएन । लोकतान्त्रिक गठबन्धनअन्तर्गत झापा ३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गर्दै आएको थियो । उक्त क्षेत्रबाट राप्रपाले महामन्त्री राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाउने बताउँदै आएको थियो । तर, सिटौलाले क्षेत्र छाड्न नमानेपछि पार्टी सभापति शेरबहादुर देउवा पछि हटेको कांग्रेस स्रोतको भनाइ छ । सिटौला प्रत्यक्षकै उम्मेदवार बन्ने भएपछि गृहजिल्लाका कार्यकर्ता खुसी भएका छन् । पार्टीले नाम समानुपातिकमा राखे पनि सिटौलाले आफ्नो क्षेत्रमा चुनावको तयारी दुई साता अघिदेखि नै सुरु गराइसकेका छन् । सिटौलाको निर्देशनमा क्षेत्रीय समितिले वडाहरुमा वुथ समिति, तरुण दल, नेपाल महिला संघ र टोल समितिहरु बनाइसकेको छ । पार्टीभित्र शीर्ष वरीयतामा रहेका सिटौला रणनीतिक नेताका रुपमा चिनिन्छन् । शान्ति प्रक्रिया र गणतन्त्र प्राप्तिका एक मुख्य पात्र हुन् । सिटौलाले उक्त क्षेत्रमा ०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् । ४८ मा सिटौला एमालेका द्रोणचार्य क्षेत्रीसँग पराजित भएका थिए । कार्यकाल नसकिँदै उनको निधन भएपछि ०५० मा भएको उपनिर्वाचनमा भने सिटौला निर्वाचित भएका थिए । ६ महिनापछि भएको मध्यावधिक निर्वाचनमा सिटौला एमालेका पुष्पराज पोखरेलसँग पराजित भएका थिए । त्यसपछि ०५६ र ०७० मा सिटौला निर्वाचित भए । ०६४ मा माओवादीका पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए । कांग्रेस–एमालेबीच प्रतिस्पर्धा हुँदै आएको उक्त क्षेत्रमा दोस्रो संविधानसभा चुनावमा राप्रपा उदय भयो । उसका लिङ्देन एमालेलाई पछि पार्दै सिटौलाका निकटतम् प्रतिस्पर्धी बने । स्थानीय तहको चुनावमा उक्त क्षेत्रभित्र पर्ने चारवटा स्थानीय तहमध्ये राप्रपाले दुईटाको प्रमुख जितेको छ । त्यसकारण गठबन्धनभित्र प्रदेश नं. १ मै राप्रपाले उक्त क्षेत्र मात्र माग गर्दै आएको थियो । तर, जिल्लावासीले एमाले अध्यक्ष केपी ओलीपछि जिल्लाकोतर्फबाट सिटौलालाई राष्ट्रिय राजनीतिमा विकल्पका रुपमा हेरेका छन् । केही दिनअघि जिल्ला आएका सिटौलालाई कार्यकर्ताहरुले कुनै हालतमा प्रत्यक्षबाटै उम्मेदवार बन्न आग्रह गरेका थिए. ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE