Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

काभ्रेमा वामशक्तिको वर्चश्व, यस्तो छ मतको लेखाजोखा

\"\"बनेपा । काभ्रेपलाञ्चोकमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी नतिजा आफ्नो पक्षमा पार्न कसरत शुरु भएको छ । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबैले संगठन विस्तार, प्रचारप्रसार समिति, भ्रातृ संगठन परिचालन लगायतका कामलाई प्रभावकारी बनाएको बताएका छन् । तर जिल्लामा गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनले अधिकांश स्थानमा जित हासिल गरेर झण्डै छत्तीस हजार मत अन्तरले उछिनेको थियो । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले ६८ हजार ६४७ मत ल्याएर पहिलो भएको थियो भने नेकपा (माओवादी केन्द्र)ले ३० हजार ४४८ मत ल्याएको थियो । दुवै बाम दलको कूल मत ९९ हजार ९५ हुन्छ । नेपाली काँग्रेसले ६३ हजार १३९ मत मात्र पाउन सकेको थियो । काभ्रेपलाञ्चोकमा रहेको सात स्थानीय तहमध्ये तीन स्थानीय तह बाहेक सबै स्थानीय तहमा वाम दल विजयी भएका थिए । धुलिखेल नगरपालिकामा एमालेले सात हजार ९९१, काँग्रेसले पाँच हजार ४०८ र माओवादी केन्द्रले एक हजार ६२१ मत प्राप्त गरेका थिए । बनेपा नगरपालिकामा एमालेले ११ हजार ४०९, काँग्रेसले नौ हजार ६५९ र माओवादी केन्द्रले एक हजार ३७० मत प्राप्त गरेका थिए । पनौती नगरपालिकामा एमालेले १२ हजार २५६, काँग्रेसले नौ हजार १९० र माओवादी केन्द्रले एक हजार २३९ मत प्राप्त गरेका थिए । मण्डनदेउपुर नगरपालिकामा एमालेले ६ हजार २३६, काँग्रेसले पाँच हजार ७२ र माओवादी केन्द्रले दुई हजार २३ मत पाएका थिए । नमोबुद्ध नगरपालिकामा एमालेले पाँच हजार ३४६ काँग्रेसले चार हजार ९६१ र माओवादी केन्द्रले तीन हजार ८६७ मत ल्याएका थिए । पाँचखाल नगरपालिकामा काँग्रेसको ६ हजार ८०० मत रह्यो जबकि एमालेले सात हजार ३५६ र माओवादी केन्द्रले तीन हजार २७९ मत ल्याए । महाभारत गाउँपालिकामा माओवादी केन्द्रले दुई हजार ३४२ मत पायो । चौरीदेउराली गापामा पनि माओवादी केन्द्रले तीन हजार ९१४ पाउन सक्यो । भूम्लु गाउँपालिकमा एमालेले तीन हजार ५४८ मतसहित अग्रस्थानमा रह्यो । रोशी गापामा काँग्रेसले चार हजार ३७२ मत पायो । बेथानचोक गापामा काँग्रेसले तीन हजार ८६८, एमालेले दुई हजार ७४१ र माओवादी केन्द्रले एक हजार ७४९ मत ल्याएको थियो । खानीखोला गापामा एमालेले दुई हजार २३, माओवादी केन्द्रले एक हजार २०७ र काँग्रेसले एक हजार ११५ मत प्राप्त गरेका थिए । तेमाल गापामा काँग्रेसले तीन हजार ९४९ मत पायो । विसं २०४८ सालदेखि वाम शक्तिको वर्चश्व रहेको काभ्रेपलाञ्चोकमा विसं २०५६ मा काँग्रेसले दुईवटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो तर २०६४ मा पुनः वामशक्तिले वर्चश्व कायम गरेको थियो । विसं २०७० को निर्वाचनमा पुनः काँग्रेसले दुईवटा निर्वाचन क्षेत्रमा जित हासिल गरे भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तहमा वाम शक्ति विजयी भयो । काभ्रेपलाञ्चोकका पुराना कम्युनिष्ट नेता तथा तत्कालीन जिल्ला जिविस सभापति कृष्णप्रसाद सापकोटाले वाम शक्तिको विजयले जिल्लामा पूर्वाधारको विकासले तीव्रता पाएको उल्लेख गर्दै अवको १० वर्षमा आर्थिक संमृद्धि ठाउँ पाउने विश्वास व्यक्त गरे । माओवादी केन्द्रका नेता दिनानाथ गौतमले उम्मेदवारी दर्ता गरेपछि संयुक्त रुपमा भोट माग्न गाउँ गाउँ जाने जानकारी दिनुभयो । वाम गठबन्धन विजयी भएपछि देशमा नयाँ परिवर्तनको लहर शुरु हुने उनको भनाइ छ । नेपाली काँग्रेसका जिल्ला उपाध्यक्ष अच्युत पौडेलले निर्वाचनका लागि प्रचारप्रसारको काम प्रभावकारी रुपमा अघि बढाइएको बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE