Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

वाम गठबन्धनको उम्मेदवारी नटुङ्गिएका ५ जिल्ला, के हो विवादको मुख्य चुरो ?

\"\"काठमाडौं । नेकपा एमाले–माओवादीको वाम गठबन्धनले ७२ जिल्लाको प्रत्यक्षतर्फको उम्मेदवारी टुङ्ग्याएका छन् । बाँकी ५ जिल्लामा भने अझै सहमति जुट्न सकेको छैन । आइतवार (आज) विहानसम्म सल्यान, चितवन, झापा, उदयपुर र सुनसरी जिल्लामा टिकट कस्ले पाउने भनने टुंगो लाग्न बाँकी छ । दुवै पार्टीका नेताहरुको समान रुपमा दावी गरेका क्षेत्र भएका कारण अन्तिम टुंगो लगाउन कठिन भएको नेताहरुले बताएका छन् । कहाँ कस्तो विवाद ? झापा झापाका पाँचवटै क्षेत्रमा नेकपा एमालेले दावी रहेको छ । यता माओवादीले नेता राम कार्कीका लागि छुट्टयाउन आग्रह गरिरहेको छ। अन्तिममा झापा २ माओवादी केन्द्रलाई छाड्ने गरी सहमति हुने गरि छलफल भइरहेको माओवादीका एक नेताले खबरडबलीलाई जानकारी दिए। सुनसरी वामपन्थीहरुको वलियो पकड रहेको सुनसरी क्षेत्र नं १ मा एमाले र माओवादी केन्द्र दुवैले दावी गरेपछि सहमति जुट्न नसकेको हो। एमाले सुनसरीका पाँच वटै सिट दावी गरिरहेको छ। उदयपुर झापा नपाउने स्थिति बनेमा नेता कार्कीलाई उदयपुरबाट उठाउने माओवादी केन्द्रको तयारी रहेको बुझिएको छ । तर उदयपुरमा पनि एमालेले आफ्नो दावी कायम राखेको छ। झापाको विवाद समाधान भएसँगै उदयपुरको टिकट टुंगो लाग्ने नेताहरुले बताएका छन् । चितवन चितवन–२ मा बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई प्रतिस्पर्धा गराउने माओवादी केन्द्रको तयारी छ । एमाले जिल्ला अध्यक्ष समेत रहेका कृष्णभक्त पोखरेलपनि सोही क्षेत्रमा प्रतिस्पर्धा गर्ने मनसायमा छन् । दुवै पक्षले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएकाले यो क्षेत्रमा सहमति जुट्न नसकेको हो । सल्यान एउटामात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा एमाले र माओवादीका दुई नेताले सशक्त रुपमा आफ्नो दावी गरेकाले टुंगो लगाउन समस्या देखिउको हो। एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र माओवादी केन्द्रका टेकबहादुर बस्नेत दुवैले सल्यान छोड्न मानिरहेका छैनन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE