Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

दक्ष चालक नहुँदा दुर्घटना: ४० हजार दक्ष चालक आवश्यक

\"\"काठमाडौं । लामो दूरीमा गुड्ने यात्रुवाहक बस दुर्घटनामा दक्ष चालकको अभाव मुख्य कारण देखिएको छ । यतिखेर देशभर दक्ष चालकको चर्को अभाव देखिएको छ भने लामो दूरीका बस दुर्घटना बढ्दो छ । लामो दूरीका बसमा १० वर्षअघिसम्म दुई जना चालक राख्ने व्यवस्था गरिएको थियो । एउटा चालकलाई आठ घन्टाको दरले दुई जनाले १६ घन्टासम्म लामो दूरीका बस चलाउँथे । यो व्यवस्थामा कडाइ गर्दा लामो दूरीका बस दुर्घटनाको दर निकै तल झरेको थियो । पूर्वाञ्चलको हकमा हेटौंडामा अनिवार्य रूपमा अर्को चालक फेर्ने नीति कडाइसाथ कार्यान्वयनमा ल्याइएको थियो । तर, अहिले एउटै चालकले गन्तव्यसम्म पुर्‍याउन बाध्य छन् । एकै जनाले १५ देखि २० घन्टासम्म बस चलाउँदा दुघर्टनाको जोखिम बढ्दै गएको विज्ञहरूको ठहर छ । अाजको अन्नपूर्णमा खबर छ-दुई जना चालक मिलेर गन्तव्य स्थानसम्म सवारीसाधनलाई सुरक्षित पुर्‍याउने व्यवस्था अहिले कार्यान्वयनमा छैन । दक्ष चालक अभाव हुनुमा दुई प्रकारका कारक तत्व भेटिएको छ । राजनीतिक अस्थिरताका कारण दक्ष चालक वैदेशिक रोजगारमा पलायन हुनु र नयाँ दक्ष चालक उत्पादन गर्ने कामतर्फ राज्यको ध्यान जान नसक्नु । ‘राज्यले दक्ष चालक उत्पादन गर्न चासो नदेखाउँदा शनिबार राजविराजबाट आएको बस दुर्घटनामा पर्‍यो । पाँच वर्षयता ठूला गाडीको चालक अनुमतिपत्र दिने काम पूर्णरूपमा ठप्प छ । हामीले अनुमतिपत्र दिने सुविधा खुला गर भन्दै आयौं तर सरकार आँखा चिम्लेर बसेको छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले शनिबार भने । आँसुमा डुब्यो तिलाठी चालकको अभावमा बाध्य भएर एउटै चालकको भरमा बस चलाउँदै आएको उनले बताए । ‘चालक पनि मानव नै हो, थकित भएर आँखा लाग्न सक्छ’, उनले भने । यस्ता दुर्घटनामा यातायात व्यवसायीभन्दा सरकार बढी दोषी रहेको महासंघको आरोप छ । महासंघका अनुसार अहिले देशभरबाट करिब ६० हजार दक्ष चालक वैदेशिक रोजगारमा पलायन भएका छन् । तत्कालै ४० हजार हाराहारीमा लामो दूरीका सवारीसाधनमा दक्ष चालकको माग छ । ‘दुर्घटनामा ज्यान गुमाउने सर्वसाधारण हाम्रै नेपाली हुन् । यो समस्यालाई समाधान गर्न अनुमतिपत्र सुविधा खोज्न यातायात विभागदेखि भौतिक पूर्वाधार मन्त्रालयमा धाउँदाधाउँदै हाम्रो कति जोर जुत्ता फाटिसक्यो तर सरकारले टार्दै आएको छ,’ महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले भने, ‘हामी दुईवटा चालक राख्न तयार छौं तर राज्यले चालक उत्पादन प्रक्रिया फुकुवा गरिदिनुपर्छ ।’ उनका अनुसार अहिले यातायात व्यवसायीलाई लामो दूरीका बस चलाउने चालक पाउनै मुस्किल पर्न थालेको छ । ‘यातायात व्यवसायीबीच दक्ष चालक राख्न प्रतिस्पर्धा नै चलेको छ । पहिले सजिलै चालक पाइन्थ्यो, अहिले भने सूचना प्रकाशन गर्दा पनि चालक पाइँदैन’, खनालले थपे । महासंघका अनुसार हालसम्म सरकारले हेभी गाडी (बस र ट्रक) को हकमा उपत्यकाबाहिर ट्रायल सेन्टर व्यवस्थासम्म गर्न सकेको छैन । ट्रायल सेन्टरसम्म नहुँदा चालक उत्पादनमा थप चुनौती थपिएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता टोकनारायण पाण्डेले ठूला सवारीसाधनको चालक अनुमतिपत्र सुचारु गर्ने विषयमा तथ्यपरक जानकारी दिन सकेनन् । ‘हामीकहाँ साधन–स्रोतको अभाव छ । क्यालेन्डरअनुसार यो सुविधा खुल्दै आएको छ तर कुन स्थानमा कहिले खुल्यो भनेर मलाई कुनै जानकारी छैन,’ उनले भने, ‘उपत्यकामा यो सुविधा खुल्दै आएको छ तर बाहिरको अवस्थाबारे मलाई जानकारी भएन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE