Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

समानुपातिकमा राखिएकामा सिटौला चरम असन्तुष्ट

\"\" काठमाडाैं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई प्रत्यक्षमा उम्मेदवार बनाउन पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । उनलाई पार्टीले समानुपातिक सूचीको १ नम्बरमा राखेको छ । समानुपातिक सूचीमा राखिएकोप्रति सिटौलाले पार्टी नेतृत्वसँग असन्तुष्टिसमेत पोखे । ‘म जत्तिको नेता समानुपातिकमा बस्न मिल्दैन । आजको कान्तिपुरमा खबर छ-यो मेरो कल्पना बाहिरको विषय हो, मैले सभापतिजीलाई साथीहरूको भावनासहित प्रत्यक्षमा उठ्ने विचार राखेको छु,’ सिटौलाले भने, ‘आइतबारसम्म निर्णय होला ।’ आफू नेपालबाहिर रहेका बेला समानुपातिक सूचीमा आफ्नो नाम राखेको सुन्दा स्तब्ध भएको सिटौलाले बताए । ‘नेपाल फर्कनासाथ मैले सभापतिजीलाई भनें, त्यसपछि जिल्ला गएर साथीहरूको भावना पनि बुझें,’ उनले भने, ‘सबै साथीहरूले चुनाव लड्न सुझाव दिनुभएको छ । साथीहरूको भावनाविपरीत मेरो कुनै स्वार्थ छैन ।’ उम्मेदवार चयन गर्ने कांग्रेसको शक्तिशाली संसदीय समितिमा सिटौला प्रभावशाली सदस्य मानिन्छन् । राप्रपासँगको गठबन्धनका कारण सिटौलालाई सभापति देउवाले समानुपातिक सूचीमा राख्ने निर्णय लिएका हुन् । उनी निर्वाचन लडदै आएको झापा–३ राप्रपाको राम्रो प्रभाव भएको क्षेत्रमा पर्छ । सभापति देउवाले चुनावै लडदा सिटौलालाई झापा या अन्य जिल्लाको क्षेत्र रोज्न आग्रह गर्दै आएका छन् । तर, उनी आफू लडदै आएको क्षेत्रबाहेक अन्यत्र जान चाहेका छैनन् । ‘अहिलेसम्म निर्वाचन क्षेत्र बदलेको छैन । अहिले आएर किन बदल्नुपर्‍यो भन्दै आएको छु,’ सिटौलाले भने । चुनाव हार्ने भएपछि समानुपातिकमा बसेको भन्दै पार्टीभित्रबाटै टिप्पणी हुन थालेपछि सिटौलाले आफू चुनाव लड्न तयार रहेको धारणा राख्दै आएका हुन् । एक पटक पनि समानुपातिक र प्रत्यक्षबाट सांसद नभएको व्यक्तिलाई समानुपातिकको अवसर दिइनुपर्ने उनको तर्क छ । राप्रपासँगको गठबन्धनप्रति पनि सिटौलाले असन्तुष्टि पोखे । एक सिट प्रत्यक्ष जित्न कठिनाइ पर्ने पार्टीलाई ६/७ सिट दिएकोप्रति उनले अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाए । ‘सरकारको गठबन्धन एउटा पक्ष हो । चुनावी तालमेल अर्कै पक्ष हो । प्रधानमन्त्रीलाई गठबन्धनको सरकार जोगाउनका लागि निर्णय गर्ने अधिकार दिएका छौं,’ उनले भने, ‘तर, अन्य कुराको हकमा त सम्बन्धित व्यक्तिको भनाइलाई पनि ख्याल गर्नुपर्छ नि ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE