Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

चालक–सहचालकले अंग्रेजी बोल्न सिक्नुपर्ने

\"\"भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भक्तपुर आउने पर्यटकसँग बोल्न चालक तथा सहचालकले अंग्रेजी सिक्नुपर्ने बताएका छन् ।

भक्तपुर मिनीबस सेवा समितिका नवनिर्वाचित पदाधिकारीकोे शुक्रबार आयोजित पदस्थापन कार्यक्रममा उनले केही नपढेका र घरमा आमाबुबालाई समेत नटेर्ने युवा चालक सहचालक हुन्छन् भन्ने समाजको बुझाइ रहेकाले सो भ्रम चिर्न चालक सहचालकले यात्रुसँग राम्रो व्यवहार गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्यले समितिले भक्तपुर जिल्लाभर आफ्नो सेवा विस्तार गर्दै समाजको मन जित्नुपर्ने बताए । नवनिर्वाचित अध्यक्ष दिनेश प्रधानले समितिअन्तर्गतका गाडी र त्यसका चालक तथा सहचालक सम्बन्धमा आएको गुनासोलाई कम गर्दै सेवा सुविधा यात्रुअनुकूल बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे । कोटेश्वर पूर्व यातायात समितिका संयोजक बलराम त्वानावासू, समितिका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र महर्जन तथा पूर्व अध्यक्ष रामकाजी भुजू, राजन कसलवटलगायतले चालक तथा सहचालकका कारण व्यवसायीले गाली तथा गुनासो सुन्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । मिनीबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र स्थानीय भाडा रु १० मात्रै लिने निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । समितिको यही कात्तिक १ गते सम्पन्न १२औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले उक्त निर्णयलाई लागू गर्ने बताएको हो । समितिको अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन गरेको थियो । नवनिर्वाचित पदाधिकारीलाई नेता सुवालले प्रमाणपत्र वितरण तथा निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE