Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

रासायनिक मलको हाहाकार

  [caption id=\"attachment_135965\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

धनगढी । धान बाली भित्र्याएर गहुँ खेतीको तयारीस्वरुप खेत खनजोतमा लागेका कैलाली जिल्लाका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित छन् ।

सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कंलि र साल्ट ट्रेडिङ कर्पोरेशन लि धनगढीमा मलको मौज्दात सकिएपछि जिल्लामा मलको अभाव सिर्जना भएको हो । मल अभाव हुँदा यस वर्ष गहुँको उत्पादन घट्ने स्थानीयवासी रामदासराम रानाले गुनासो गरे । सहकारी संस्थामार्फत बिक्री हुने अनुदानको मल स्थानीय बजारका एग्रोभेट पसलबाट बिक्री हुने गरेको भए पनि नियमकारी निकाय मौन बसेको गुनासो कृषकको छ । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयमा युरिया झण्डै ३०० र पोटास १५ मेटन मौज्दात भए पनि डिएपी मलको मौज्दात सकिएको बताए । डिएपीको सट्टा प्रयोग गरिने सिंगल सुपर फस्फोेट (एसएसपी) मलको मौज्दात पनि कार्यालयमा शुक्रबारै सकिएको बताइएको छ । यद्यपि आगामी एक हप्ताभित्र ५०० मेटन डिएपी कार्यालयमा आइपुग्ने खबर आएको पाण्डेले बताए । गहुँ छरेकै दिन डिएपी आवश्यक पर्ने भए पनि यो मलको अभाव हुँदा समस्या भएको किसानले बताएका छन् । दुई निकाय कृषि सामग्री र साल्ट ट्रेडिङबीचको अधिकृत बिक्रेता (डिलर)का विषयमा देखिएको विवादले पनि जिल्लामा बेलाबखत मलको अभाव हुने गरेको बताइन्छ । विवादकै कारण साल्ट ट्रेडिङले केही महिना मल बिक्री गर्न नपाएकामा विवाद सुल्झिएसँगै गत असोजदेखि पुनः मलको बिक्री वितरण गर्न थालेको छ । यी दुवै निकायले सहकारी संस्थामार्फत अनुदानको रासायनिक मल बिक्रीवितरण गर्दै आएका छन् । धान र गहुँको दुई याममा गरिने खेतीका लागि सुदूरपश्चिम ७ नं प्रदेशमा झण्डै १२ हजार मेटन रासायनिक मलको आवश्यकता पर्ने गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE