Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

यस कारण भयो झापामा तनाव

\"\"काठमाडाैं । झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको मृत्यु शंकास्पद भएको घटनामा आफन्तले दिएको उजुरी प्रहरी अनुसन्धान अपूरोे भएको भन्दै आफन्त र गाउँलेले बिर्तामोडमा निकालेको विरोध र्‍याली हिंसामा परिणत भएको हो । अनिश्चितकालीनकफ्र्यु आदेश आजको नयाँ पत्रिकामा खबर छ-परिवार र गाउँलेले निरन्तर आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले शुक्रबार अपराह्नदेखि बिर्तामोडको दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रदर्शनकारीले कफ्र्यु उल्लंघन गर्दै यान्त्रिक कार्यालयमा आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रमुखको घरमा तोडफोड र आगजनी प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनीको प्रयास र विर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार सिवाकोटीको घरमा तोडफोड गरेका छन् । घरको कम्पाउन्डभित्र राखिएको विर्तामोड नगरपालिकाको मे१ज १२१ र नगर प्रमुख सिवाकोटीको निजी बा१०च ३०६१ नम्बरको गाडी तोडफोड गरिएको छ । उनको घरमा पार्किङ गरेर राखिएको मे७प ३००० मोटरसाइकलमा प्रदर्शनकारीले आगजनी गरेका छन् । के थियो घटना निहुँ ? विजयादशमीका दिन बिहान १४ असोजमा आफन्तको घरमा जुत्ता लिन गएका ११ वर्षीय सिवाकोटीको शव भोलिपल्ट बिहान विर्तामोड नगरपालिका–१ को बैसाबाडीमा फेला परेको थियो । शरीरका विभिन्न भागमा चोट देखिनुका साथै अन्डकोष काटिएको अवस्थामा शव फेला परेपछि आफन्त र गाउँलेले घटनालाई हत्या भन्दै गम्भीर छानबिनको माग गर्दै आएका थिए । बालकको मृत्यु प्रकरणमा विर्तामोड - ५ का सुरेश पोखरेल र उनका परिवारका आठजना सदस्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको थियो । प्रहरीले शुक्रबार सबै आरोपीलाई अदालतमा बुझाउने तयारी गर्दा विरोध हिंसामा परिणत भएको हो । बालकको शंकास्पद मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै मृतकका आफन्त र स्थानीयवासीले बिहीबार मात्रै संघर्ष समिति गठन गरेर आन्दोलन थालेका थिए । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान नगरी आरोपीलाई अदालतमा पेस गर्ने तयारी गरेको भन्दै आफन्त र गाउँलेले शुक्रबार विर्तामोड बन्दको आह्वान गरेका थिए । बन्द सफल पार्ने अभियानस्वरूप निकालिएको विरोध जुलुसमा प्रहरीले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो । गृहद्वारा छानबिन समिति गठन बिर्तामोड घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE