Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

माओवादीले मनोनयन दर्ता पछि मन्त्रीहरु फिर्ता बोलाउने संकेत

\"\"काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सुनिश्चितताको लागि सरकार नछाडेको बताएका छन्। आफु प्रधानमन्त्रीमा बहाल रहेकै समयमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र आसन्न प्रदेश र प्रतिनिधी सभाको चुनाव पनि सम्पन्न गराउन सरकारमा बसेको उनको भनाई छ । ‘चुनाव जसरी भएपनि गर्नुपर्छ,’ उनले भने, ‘चुनावकै सुनिश्चितताको लागि सरकारलाई समर्थन गरेका हौँ, मनोनयन दर्तापछि हेरफेर गर्न सकिन्छ।’ शुक्रबार प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव हुनेमा अब कुनै आशंका नरहेको उनले बताए । अाजको नागरिकमा खबर छ-निर्वाचन आयोगले पनि सोही अनुरुपको तयारी गरिरहेको उनले बताए। मुलुकमा अस्थिर राजनीतिबाट गुज्रिरहेको समयमा पनि आफु छोटो समयमा लागि प्रधानमन्त्री बन्दा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै दाहालले अबको निर्वाचन पश्चात मुलुकले राजनीतिक स्थायित्वको सरकार पाउने बताए। ‘म नौ महिना प्रधानमन्त्री बन्दा, स्थानीय तहको निर्वाचन सम्पन्न गराएँ,’ उनले भने, ‘मुलुकको विकासका लागि राजनीतिक स्थायित्व जरुरी छ र निर्वाचन कुनै पनि हालतमा हुनुपर्छ।’ वाम एकताको सन्दर्भमा भने उनले यसबाट नेपाली कांग्रेस हडबडाएको टिप्पणी गरे । ‘वाम एकता एक स्वभाविक प्रक्रिया हो, कोही अत्तालिनुपर्ने जरुरी छैन्,’ उनले भने, ‘वाम एकतापछि कांग्रेसले पनि अन्य दलसँग गठबन्धन गरेको छ जुन मुलुकको लागि राम्रो हो। आफ्नो प्रधानमन्त्रीत्वकालमा उनले कांग्रेसलाई गुन लगाएको बताए । पार्टी एकीकरण गर्ने गरी वाम दलहरुबीच भएको गठबन्धनले कांग्रेसलाई एकताबद्ध गरेर गुन लगाएको दाहालले बताए । ‘कांग्रेसलाई गठबन्धनले गुन लगाएको छ,’ प्रचण्डले प्रष्ट पार्दै भने, ‘कांग्रेस एकताबद्ध भएको छ, गच्छदार लगायत आउनुभएको छ ।’ खास समयमा खास नेताले ठोस निर्णय गर्नसके मुलुकले गति लिने पनि उनको भनाई थियो । ‘गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री रहेको समयमा संविधानसभाको चुनाव नगराएको भए अहिलेसम्म पनि संविधान आउँदैनथ्यो, त्यतिबेला उहाँले नेपाली कांग्रेस हार्ने जान्दाजान्दै पनि चुनाव गराउनुभयो, उहाँको पार्टी हार्‍यो तर जनताले जिते’, उनले थपे ‘मैले स्थानीय तहको चुनावमा पनि आफ्नो पार्टीको परिणामको बेवास्ता गरेर चुनाव गराएकै कारण जनताले अधिकारसम्पन्न स्थानीय तह पाएका छन् ।’ मुलुकलाई अगाडि बढाउन अर्जुनदृष्टि लिएर लाग्नुपर्ने उनको सुझाव थियो । पत्रकार सम्मेलनमै प्रचण्डले गठबन्धनको सिट बाँडफाँटको काम ९० प्रतिशत सम्पन्न भएको भन्दै शनिबारसम्ममा सबै टुंगो लगाइने बताए । ‘पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा सहज तरिकाले शतप्रतिशत टिकट टुंगो लगाएका छौँ,’ उनले भने, ‘शनिबार सम्ममा बाँकी ४५ जिल्लाका उम्मेदवार पनि ९० प्रतिशत समझदारीमा टुंगो लगाउँछौँ ।’ भागबण्डाका आधारमा कसैको चित्त दुखेतापनि मुलुकमा स्थायित्वका लागि सबै एक भएर लाग्न उनले कार्यकतालाई आग्रह समेत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE