Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

समानुपातिक मतपत्र बल्ल तयार, प्रत्यक्षतर्फको छाप्न सुरु

\"\"काठमाडाैं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक चुनाव प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले शुक्रबारदेखि नै प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्य सुरु भएको जनाएको छ । आयोगले पहिलो चरणमा प्रत्यक्षतर्फको मंसिर १० गते हुने प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि मतपत्र छपाइ गरिने जानकारी दिएको छ । अाजको कान्तिपुरमा खबर छ-निर्वाचनको तयारी ७५ प्रतिशतभन्दा बढी पूरा भएको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतपत्रबारे सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित मितिमै हुने प्रतिबद्धता जनाएका छन् । ‘समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ, आजै (शुक्रबार) देखि नै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ कार्य सुरु भएको छ,’ आयोगद्वारा सञ्चालन गरिने ‘निर्वाचन र सुरक्षा’ विषयक दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले भने । व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, दलहरूको सहमति र सरकारको आग्रहमा दुुवै निर्वाचन एकैसाथ गर्न आयोग तयार भएको र त्यसअनुरूप सबै काम अघि बढेकाले चुनाव हुनेमा ढुक्क हुन आग्रह गरे । ‘चुनावबारे आलोचना, प्रतिआलोचना र विभिन्न अनुमानको कुरा आइरहेको छ, निर्वाचनको वातावरण अस्थिर तुल्याउने काम कहींकतैबाट नहोस्, निर्धारित मितिमै चुनाव गर्न आयोग प्रतिबद्ध छ ।’ पहिलो चरणको चुनावका लागि उम्मेदवारको मनोनयन र चुनाव चिह्न प्रदान भई प्रचारप्रसारको काम सुरु भइसकेको, समानुपातिकतर्फको मतपत्र छाप्ने काम सम्पन्न भइसकेको, दोस्रो चरणको लागिसमेत निर्वाचन अधिकृतको कार्यालय खोलिसकिएकाले चुनाव हुनेमा कुनै अन्योल नरहेको उनले बताए । तोकिएकै मितिमा चुनाव सफलतापूर्वक सम्पन्न गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले पटक–पटक प्रतिबद्धता गरिरहेको उल्लेख गर्दै यादवले सर्वाेच्च अदालतको आदेशलाई सम्मान गर्दै मतपत्रका सम्बन्धमा आयोगले गठन गरेको समितिको सुझावका आधारमा आयोग अघि बढेको जानकारी दिए । उनले अदालतको पछिल्लो आदेश औपचारिक रूपमा आयोगमा प्राप्त भइनसकेको बताए । उनले पहिलो चरणको उम्मेदवारी मनोनयनका सिलसिलामा राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सराहनीय रहेको उल्लेख गर्दै चुनावका समयमा हुन सक्ने लोभ, लालच, डर–धम्कीजस्ता क्रियाकलाप रोक्न तथा आचारसंहिताको पालना गर्ने विषयमा सुरक्षाकर्मीलाई व्यावसायिक मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिए । निर्वाचन आयुक्त सुधीरकुमार शाहले अहिलेको राष्ट्रिय लक्ष्य नै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराई संविधान कार्यान्वयनका लागि मजबुत जग स्थापना गर्नु रहेको बताए ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE