Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

दलहरुलाई उम्मेदवार छान्न सकस, टिकटका लागि दौडधुप कायमै

\"\"तेह्रथुम । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न जिल्लाका मुख्य दलका नेताहरुबीच दौडधुप चलिरहेको छ । नेताहरु उम्मेदवार बन्नका लागि राजधानी केन्द्रित दौडधुप गरिरहेका छन् । विशेषगरी नेपाली काँग्रेस र वाम गठबन्धनलाई उम्मेदवार छान्न सकस भएको छ । जिल्लाबाट आवश्यकभन्दा बढीको आकांक्षा देखिएपछि दलहरुलाई उम्मेदवार छान्न सकस भएको हो । जिल्लाका नेताहरु पनि टिकट आफ्नो हातमा पार्न र आफ्नो समर्थन भएका नेतालाई टिकट दिलाउन राजधानी केन्द्रित भएका छन् । दुई नगरपालिका र चार गाउँपालिका गरी छ स्थानीय तह रहेको जिल्लामा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । वाम गठबन्धनबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेकपा (एमाले)का निवर्तमान सांसद भवानीप्रसाद खापुङ र पूर्व जिल्ला अध्यक्ष तेजमान कन्दङ्वाको नाम चर्चामा छ । खापुङ नेता माधव नेपाल र कन्दङ्वा पार्टी अध्यक्ष केपी ओली निकट हुन् । विसं २०७० को चुनावमा एमालेबाटै प्रत्यक्षतर्फ चुनाव जितेका खापुङ अहिले पनि आफूले टिकट पाउनुपर्ने दाबी गर्छन । उहाँ २०६४ सालमा भने काँग्रेसका तुलसी सुब्बासँग पराजित हुनुभएको थियो । अघिल्लो चुनावमा खापुङलाई आफू पार्टीको जिल्ला अध्यक्ष भएर जिताएको बताउने कन्दङ्वा पनि टिकटका बलिया दाबेदार हुन । विसं २०७० को चुनावमा पनि प्रत्यक्षतर्फ टिकटका लागि कन्दङ्वा र खापुङकै बीचमा दौडधुप भएको थियो । पार्टीका तर्फबाट एकैजना पटक–पटक उम्मेदवार हुँदा अन्य नेताको पालो नआउने भन्दै अधिक कार्यकर्ताको साथ कन्दङ्वासँग छ । हालै अध्यक्ष ओली गुटको भएकै कारण पनि कन्दङ्वाले टिकट पाउने सम्भावना प्रबल भएको एमाले नेताहरु बताउँछन् । दुवै नेताहरु अहिले टिकटका लागि दौडधुपमा छन् । जिल्लाबाट सिफारिसमा पर्नुभएकी एमाले पूर्व सांसद विष्णुमाया विक पनि आफूले टिकट पाउनुपर्ने दाबी गर्छन । वाम गठबन्धनकै अर्को घटक माओवादी केन्द्रको जिल्लाबाट सर्वसम्मत छानिनुभएका विजय सम्बाहाम्फे पनि टिकटका लागि दौडधुप गरिरहेका छन । यद्यपि यसअघि एमालेले जितेको क्षेत्र भएकाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एमालेका दुई नेताहरु खापुङ र कन्दङ्वाकै सम्भावना बलियो छ । नेपाली काँग्रेसले जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर यसअघि दुईपटक समानुपातिक तर्फबाट सांसद भइसके पनि नेत्री गुरुङले सेफ ल्याण्डिङ खोजेपछि पुनः पनि पार्टी केन्द्रीय समितिले उनको नाम समानुपातिकतर्फ नै सिफारिस गरेको खुलेको छ । जिल्लाकै लोकप्रिय महिला नेत्री गुरुङले प्रत्यक्षतर्फ चुनाव नलड्ने भएपछि काँग्रेसलाई पूर्व सांसद तुलसी सुब्बा या पार्टी जिल्ला सभापति गोविन्द ढुंगानालाई उम्मेदवार बनाउने भन्ने अन्योल छ । यसअघि २०६४ र २०७० को संविधान सभा निर्वाचनमा दुईपटक काँग्रेसबाट उम्मेदवार बनिसकेका तुलसी सुब्बाले अहिले समानुपातिकको बाटो रोजेका थिए । उनको नाम जिल्लाबाट समानुपातिकतर्फ सिफारिस भएको थियो । काँग्रेसमा पनि अहिले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि दौडधुप चलिरहेको छ । प्रदेश सभा सदस्यका लागि ‘क’ निर्वाचन क्षेत्रमा काँग्रेस जिल्ला सभापति ढुंगाना सर्वसम्मत सिफारिस भएका थिए । तर उहाँ आफैँ पनि प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार हुनसक्ने भएपछि प्रदेश सभाका लागिसमेत प्रत्यक्षतर्फ काँग्रेसभित्र टिकट लिनेको दौडधुप छ । ‘ख’ निर्वाचन क्षेत्रमा समेत काँग्रेसबाट बलियो उम्मेदवारीका लागि दौडधुप छ । यो क्षेत्रमा निवर्तमान सांसद गणेश विमलीसमेत आकांक्षी देखिएका छन् । जिल्लाबाट आठराई गाउँपालिकामा पराजित उम्मेदवार नारायणकुमार इङ्नाम, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिका सचिव बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको थियो । वाम गठबन्धनबाट प्रदेश सभाका दुई क्षेत्रमध्ये एक निर्वाचन क्षेत्र माओवादी केन्द्रलाई दिने चर्चासमेत चलिरहेको छ । अहिले प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्र माओवादी केन्द्रलाई दिने चर्चा चलेपछि टुंगो लागिनसकेको नेताहरुले बताएका छन् । प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रमा एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी प्रत्यक्षतर्फ उम्मेदवार बन्ने पक्का जस्तै भएको बुझिएको छ । आकांक्षी जिविस पूर्व सभापति किशोरचन्द्र दुलालको नाम समानुपातिकतर्फ अटाएर जिल्ला अध्यक्ष तिवारी प्रत्यक्ष उम्मेदवार बन्ने निश्चित भएको चर्चा एमाले वृत्तमा छ । माओवादी केन्द्रलाई भाग लाग्ने ‘ख’ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज दुर्गा चापागार्इं, पूर्व सभासद सुशीला कन्दङ्वालगायतको चर्चा छ । तर यो क्षेत्र पनि एमालेले नै लिएको खण्डमा एमालेका बाबुराम थापा र विश्वराज खापुङ टिकट लिने दौडधुपमा छन् । समानुपातिकतर्फ पनि उम्मेदवारका लागि बन्द सूचीमा नाम अटाउनका लागि नेताहरुको दौडधुप जारी छ । अन्य अधिकांश साना दलबाट भने जिल्लाबाट सिफारिस भएका उम्मेदवारहरु नै उम्मेदवार बन्ने देखिएको छ । जिल्लामा काँग्रेस र वाम गठबन्धनकै बीचमा मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । यसअघिका दुई संविधान सभा निर्वाचनमा एकपटक काँग्रेस र एकपटक एमालेले जितेका थिए । स्थानीय निर्वाचनमा छमध्ये पाँचमा एमाले नै विजयी भए पनि झिनो मात्रै मतान्तर भएको र अहिले मतदाता पनि थपिएकाले उच्च प्रतिस्पर्धा हुने नेताहरुको विश्लेषण छ । जिल्लामा प्रदेशको निर्वाचनमा ‘क’ क्षेत्रमा म्याङ्लुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । यस्तै ‘ख’ निर्वाचन क्षेत्रमा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् । आगामी निर्वाचनका लागि कूल ६६ हजार ७४३ जना मतदाता रहेका छन् ।  रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending