Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

उद्धारकालागि जापानले ७० जनाको विशेषज्ञ टोली पठाउने

टोकियो, शनिबार नेपालमा गएको विनाशकारी भूकम्पका कारण नेपालमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जापान सरकारले ७० जनाको विशेषज्ञ टोली नेपाल पठाउने भएको छ । प्रधानमन्त्री सिन्जो आवेले नेपालमा भएको विनाशकारी विपत्तीमा उद्धार गर्न ढिलाई हुँदा पीडितलाई थप पीडा हुन जाने भन्दै उद्धारका लागि विशेषज्ञ टोली यथाशिघ्र पठाइहाल्न र आवश्यकता अनुसार अन्य सहकर्मीलाई पनि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ   । प्रधानमन्त्री आवेले हिजो यहाँको आपतकालीन दैवीप्रकोप उद्धार समितिलाई निर्देशन दिँदै उद्धारमा कुनै कसर बाँकी नराखी घटनास्थलमा लाग्न निर्देशन दिए । यसअघि हिजै जापानका लागि नेपालका राजदूत मदनकुमार भट्टराइले नेपाल सरकारका तर्फबाट जापानी पक्षलाई औपचारिक जानकारी गराउँदै सहयोगको लागि अनुरोध गरेका थिए । त्यसको लगत्तै प्रधानमन्त्री आबेले सम्बन्धित अधिकारीहरुको बैठक बोलाएका थिए । नेपाल पुग्नासाथ जापानसँग भएका सम्पूर्ण किसिमका प्रविधि प्रयोग गरेर पुरिएका तथा घाइतेलाई उचित सहयोग पु¥याइने टोलीले यहाँका पत्रकारलाई जानकारी गराएको छ । विशेषज्ञ टोलीले पुरिएकाको उद्धार र विपतमा परेकालाई खाना, पानी तथा औषधी उपचारको पनि सहयोग पु¥याउने बताइएको छ । यसैगरी यहाँ क्रियाशील विभिन्न नेपाली संघसस्थाका प्रतिनिधिले पनि छुट्टा छुट्टै रुपमा उद्धारका लागि रकम सङ्कलन कार्यलाई तीब्रता दिएका छन् । पीडितको उद्धारका लागि एनआरएन आइसीसी जापानका उपाध्यक्ष भुवन भट्टले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending