Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

उत्तर कोरिया–अमेरिकाबीच गोप्य बार्ता, के भयो छलफल ?

\"\"काठमाडाैं । उत्तर कोरिया र अमेरिकाबीच तनाव कायम छ । दुवै देशबीच आधिकारिक कुराकानी हुन सकिरहेको छैन । यद्यपि, अमेरिका र उत्तर कोरिया अनौपचारिक कुराकानी भने अझै पनि गरिरहेका छन् । खुला मञ्चहरूमा यी दुवै देश एक–अर्काविरुद्ध अत्यन्त तिखा शब्द प्रयोग गर्छन् । यस्तोमा यो प्रश्न उठ्नु स्वाभाविक छ कि पर्दापछाडिचाहिँ दुवै देशको अनौपचारिक कुराकानी कसरी हुने गर्छ । आजको नयाँ पत्रिकामा खबर छ । यसलाई थाहा पाउन केही वर्षपछाडि जानुपर्छ । मितिः २५ सेप्टेम्बर २०१३, स्थान स् जर्मनीको राजधानी बर्लिन । उत्तर कोरिया र अमेरिकाका उच्चस्तरीय अधिकारीबीच एउटा ठूलो होटेलको रेस्टुरेन्टमा भेटघाट र कुराकानी भयो । यो कुराकानी निकै छोटो थियो, जसमा यी अधिकारीले एक–अर्काको पारिवारिक हालखबर पनि सोधपुछ गरेका थिए । बैठकमा को–को सहभागी थिए ? यस बैठकमा सहभागी हुनेमध्ये दुवैतर्फका अधिकारी चिरपरिचित हस्तीहरू थिए । होटेलबाहिर निकै कडा सुरक्षा थियो । जुन रेस्टुरेन्टमा यो बैठक भएको थियो, त्यो यस्तो स्थानमा थियो, जहाँ यो बिल्डिङको बाहिरबाट देखिँदैनथ्यो । यस कुराकानीको सुरुवात डिनरबाट भएको थियो, जसको पछाडि दुवैतर्फका प्रतिनिधिहरूबीच कुराकानी भएको थियो । यस बैठकमा उत्तर कोरियाका प्रतिनिधि आफ्नो सरकारको दृष्टिकोण बुझाउने विषयमा अडिएका थिए । त्यहीँ अमेरिकी प्रतिनिधि यस कुराकानीबाट उत्तर कोरियालाई लिएर आफ्नो असमझदारीलाई सुल्झाउने कोसिस गरिरहेका थिए । दशकौँदेखि भइरहेका छन् यी भेटघाट बर्लिनमा भएको बैठक त अनौपचारिक कुराकानीको एउटा उदाहरण मात्र हो । दशकौँदेखि दुवै देशबीच यस्ता भेटघाट भइरहेका छन् । जेनेभा, लन्डन र क्वालालम्पुरमा विगतमा दुवै देशबीच यस्तै कैयौँ भेटघाट भइसकेका छन् । यी बैठकलाई ट्र्याक १।५ भन्न सकिन्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि यसमा उत्तर कोरियाली सरकारका अधिकारी सहभागी हुन्छन् भने प्योङयाङको दृष्टिकोणबाट भन्दा यो ट्र्याक १ भयो । तर, अमेरिका कुराकानीका लागि शिक्षाविद् र पूर्वअधिकारीहरूको पनि उपयोग गरिरहेको छ, जसबाट यो ट्र्याक २ बन्न पुग्छ । ट्र्याक १ र २ बीच दुवै देश ट्र्याक १।५ मा कुराकानी गर्छन् । पछिल्ला केही महिनामा अमेरिका र उत्तर कोरियाबीच दुस्मनी बढेको छ । कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको अवस्थामा दुवै मुलुकबीच अनौपचारिक कुराकानी फेरि पनि हुनु आवश्यक छ । अबको कुराकानी कहिले ? जानकारहरूको भनाइ छ कि पर्दापछाडिबाट गरिएका यी कुराकानी संकट समाप्त गर्नेतर्फको निकै राम्रो प्रयास हुन सक्छ । सबैको ध्यान अघिल्लो चरणको अनौपचारिक कुराकानीमा अडिएको छ । यो बैठक यसै साता मस्कोको एक स्थानमा हुन सक्छ । यस कुराकानीमा उत्तर कोरियाका तर्फबाट वर्तमान अधिकारी र अमेरिकाका तर्फबाट शिक्षाविद् र पूर्वअधिकारीहरू सहभागी हुनेछन् । बैठकमा अमेरिकाका तर्फबाट पूर्वसेक्रेटरी अफ स्टेट फर पोलिटिकल अफेयर्स वेंडी सेरमन, परमाणु वैज्ञानिक सिगफ्राइड हेकर र उत्तर अमेरिकी मामिलाका लागि उत्तर कोरियाका डाइरेक्टर जनरल चोई सुन ही सहभागी हुन सक्छन् । गोप्य भेटघाट, कहिले र कसरी ? यस वर्ष उत्तर कोरिया र अमेरिकाबीच यस्ता तीन भेटघाट भइसकेका छन् । पहिलो भेटघाट जनवरीमा त्यतिखेर भएको थियो, जतिखेर भर्खरै ट्रम्प प्रशासन सुरु भएको थियो । कार्नेगी एन्डामेन्ट फर इन्टरनेसनल पिससँग आबद्ध डगलस पाल भन्छन्— मलाई लाग्छ कि उत्तर कोरियाली पक्ष डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचनअघिको प्रचारमा बताइएका कुराकानीबाट चिन्तित थिए । जो ट्रम्पले उत्तर कोरियाको आणविक मुद्दालाई सुल्झाउने विषयलाई लिएर बताएका थिए । दोस्रो भेटघाट मे महिनामा भएको थियो । यो बैठक अमेरिका र दक्षिण कोरियाली सैनिकको संयुक्त भेटघाटपछि भएको थियो । प्योङयाङले यस अभ्यासलाई आफ्नो देशमाथिको आक्रमणको तयारी मानेको थियो । अर्को बैठक अगस्ट महिनामा भएको थियो । कुराकानीबाट सफलता प्राप्त हुन्छ त ? यस्ता कुराकानीका भित्री सूत्रहरूका अनुसार यस्ता कुराकानी भइरहनु अति जरुरी छ । ताकि अमेरिका र उत्तर कोरियाबीच कुनै अर्को देश आउन नसकोस् । उनका अनुसार यस्ता बैठकबाट यस्तो माहोल बन्छ, जसबाट अलग–अलग विचारमाथि कुराकानी गर्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies