Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

कर्मचारी समायोजन नियमावली यसै साता मन्त्रिपरिषद्बाट स्वीकृत गराउने

\"\"काठमाडौं । सरकारले कर्मचारी समायोजन नियमावली अन्तिम चरणमा पुर्‍याएको छ । देशभरका ८६ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने गरी ल्याइएको कर्मचारी समायोजन ऐनलाई कार्यान्वयनमा ल्याउन सामान्य प्रशासन मन्त्रालयले नियमावली बनाएको हो । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–सामान्यका उपसचिव एवं सूचना अधिकारी नमराज घिमिरेले समायोजन ऐन कार्यान्वयनमा ल्याउन आवश्यक पर्ने नियमावलीको मस्यौदा तयार पारिएको जानकारी दिए । समायोजन नियमावली यसै साता मन्त्रिपरिषद्बाट स्वीकृत गराई कार्यान्वयनमा ल्याउने तयारी गरिएको उनले बताए । अघिल्लो साता मात्रै प्रशासन पुनःसंरचनाको महत्वपूर्ण आधारको रूपमा रहेको समायोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । नियमावलीले संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने संरचना र कर्मचारीको बारेमा स्पष्ट व्यवस्था गर्न केन्द्रीयस्तरमै ओ एन्ड एम सर्वेक्षण समिति गठन र त्यसको नेतृत्व पूर्व विशिष्ट श्रेणीका कर्मचारीले गर्ने व्यवस्था छ । समितिका सदस्यमा अर्थ र कानुन मन्त्रालयका सहसचिव तथा सदस्यसचिवका रूपमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रहन्छन् । समितिले संघ, प्रदेश र स्थानीय तहमा रहने सबै सरकारी निकायको प्रशासनिक संरचना तयार पार्नेछ । यसैगरी, नियमावलीमा संघ, प्रदेश र स्थानीय तहमा रहने सेवा समूहबारे निक्र्योल गरिएको छ । नियमावलीको मस्यौदाअनुसार अब संघमा मात्रै श्रेणीगत रूपमा कर्मचारी रहने व्यवस्था गरिनेछ । उपसचिव घिमिरेका अनुसार समायोजन नियमावली स्वीकृत भएलगत्तै विभिन्न सेवा सञ्चालन गर्ने मन्त्रालय वा निकायबाट कर्मचारीको अद्यावधिक विवरण लिन सुरु गरिनेछ । सरकारद्वारा गठित ओ एन्ड एम सर्वेक्षण समितिले यही विवरणका आधारमा संघ, प्रदेश र स्थानीय तहमा रहने संरचना तथा आवश्यक नयाँ दरबन्दी सिर्जना गर्ने उपसचिव घिमिरेले जानकारी दिए । हालै कार्यान्वयनमा आएको ऐनमा समायोजन हुन नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको व्यवस्था गरिएकाले समायोजन नियमावलीमा स्वैच्छिक अवकाशको विधिबारे पनि स्पष्ट व्यवस्था गरिनेछ । जसअनुसार नियमावली स्वीकृत भएलगत्तै सामान्य प्रशासन मन्त्रालयले ऐनमा व्यवस्था भएबमोजिम स्वैच्छिक अवकाशका लागि निवेदन माग गर्नेछ । ऐनमा भएको व्यवस्थाअनुसार पनि कर्मचारी समायोजन प्रक्रिया सक्न कम्तीमा एक वर्ष लाग्नेछ । नियमावली बनेलगत्तै सरकारले गठन गर्ने ओ एन्ड एम सर्वेक्षण समितिले ६ महिनाभित्र सबै निकायको संरचना र कर्मचारी दरबन्दीको टुंगो लगाएर सरकारसमक्ष पेस गर्नेछ । त्यसरी समितिले प्रतिवेदन पेस गरेपछि त्यसको ६ महिनाभित्र सरकारले हाल रहेका ८६ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने गरी ऐनले नै व्यवस्था गरिएकाले सोहीअनुसार नियमावली बनाएर समयोजन प्रक्रिया थालिएको उपसचिव घिमिरेले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE