Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

वाम गठबन्धनभित्र चरम असन्तुष्टि, होला त पार्टी एकता ?

\"\"काठमाडौं । आसन्न निर्वाचनमा चुनावी तालमेल गरेका वाम गठबन्धनभित्र तालमेल र उम्मेदवारी चयनका विषयमा ठाउँ–ठाँउमा असन्तुष्टि चुलिएको छ । असन्तुष्टि बढेसँगै कतिपय स्थानमा वाम गठबन्धन भित्रैबाट बागी उम्मेदवारीसमेत परेको छ । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–माओवादी सचिवालय सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको जाजरकोटमा एमालेका गोविन्द्रविक्रम शाहीले बागी उम्मेदवारी दिएका छन् । पूर्वसांसदसमेत रहेका शाहीले मात्र होइन, जाजरकोटकै प्रदेशसभाको (क) मा पनि गठबन्धन भित्रैबाट बागी उम्मेदवारी परेको छ । प्रदेशमा गठबन्धनका उम्मेदवार माओवादी उम्मेदवार गणेश सिंहविरुद्ध एमालेका निरज आचार्यले बागी उम्मेदवारी दिएका छन् ।रामेछापमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध उनकै पार्टीका दुईजना जिल्ला नेताले बागी उम्मेदवारी दिएका छन् । बिनाविभागीय राज्यमन्त्रीसमेत रहेका श्रेष्ठविरुद्ध पूर्वसभासद्समेत रहेकी लक्ष्मी गुरुङ र मैनकुमार मोक्तानले बागी उम्मेदवारी दिएका छन् । रामेछापकै प्रदेशसभा ९क० मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेलले बागी उम्मेदवारी दिएका छन् । यी त केही प्रतिनिधि घटना मात्र हुन् । अन्य कतिपय क्षेत्रमा पनि वाम गठबन्धनभित्रै असन्तुष्टि र बागी उम्मेदवारी परेका छ । एमाले उम्मेदवारले टिकट पाएका क्षेत्रमा माओवादीका र माओवादीले टिकट पाएका ठाउँमा एमालेका उम्मेदवारले बागी उम्मेदवारी दिएका छन् ।तर, यस्ता घटनालाई सामान्य रूपमा लिई तालमेललाई प्रभावकारी बनाउन दुवै पार्टीका नेताले जिल्ला तहमा निर्देशन दिएका छन् । ‘एउटै पार्टीमा त कसले टिकट पाउने भन्नेमा असन्तुष्टि हुने गथ्र्यो भने अहिले भिन्न पार्टीबीच ६०÷४० प्रतिशतका आधारमा टिकट व्यवस्थापन गर्दा असन्तुष्टि सामान्य रूपमा देखा पर्नु नौलो होइन’, एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले अन्नपूर्णसँग भने, ‘व्यक्तिले कुन ठाउँमा के पायो भन्ने भन्दा पनि देशले के पाउँदै छ भन्ने हिसाबले राष्ट्रिय आवश्यकताका आधारमा एमाले माओवादीले वाम गठबन्धन निर्माण गरी साझा उम्मेदवारी दिएका छौं । असन्तुष्टि छन् भने पनि त्यो छलफलका आधारमा समाधान हुँदै जान्छन् ।’ ठाउँ ठाउँमा देखिएको असन्तुष्टिलाई उम्मेदवारी फिर्ताको समयावधिसम्म समाधान गर्दै औपचारिक रूपमा संयुक्त चुनावी कार्यक्रम सुरु भइसकेको माओवादी प्रवक्ता पम्फा भुसाल बताउँछिन् । ‘केन्द्रमा चुनावी तालमेल भएका कारण केही ठाउँमा असन्तुष्टि देखिनुलाई स्वाभाविक मान्न सकिन्छ । तैपनि, उम्मेदवारी फिर्ताको चरणसम्म पुग्दा असन्तुष्टिसाथ बागी दिनुभएका साथीहरूले पनि फिर्ता लिने वातावरण निर्माण हुन्छ’, भुसालले भनिन् । जाजरकोटमा सुरुमा गठबन्धनभित्र प्रतिनिधिसभा माओवादी र प्रदेशसभाका दुवै क्षेत्र एमालेले लिने गरी समझदारी बनेको थियो ।त्यस्तै, हुम्लामा प्रदेशका दुवै क्षेत्र माओवादीले लिने समझदारी बनेको थियो । तर, उम्मेदवारी दर्ताका क्रममा दुवै जिल्लामा प्रदेश सभाको एक÷एक क्षेत्र बाँड्ने समझदारी बनेपछि असन्तुष्टि देखिन पुगेको नेताहरूको भनाइ छ । ‘समयमै तालमेलको सर्कुलर नपुग्दा समस्या देखिन पुगेको होला तर त्यो उम्मेदवारी फिर्ताको दिनसम्म मिल्छ’, माओवादी प्रवक्ता भुसालले बताइन् ।निर्वाचन आयोगले आइतबार मंसिर १० गते हुने पहिलो चरण निर्वाचन हुने जिल्लामा उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने, नामावली प्रकाशन गर्ने र उम्मेदवारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन गर्नेसम्मका कार्यक्रम ८ कात्तिकसम्म गरिसक्ने गरी कार्यतालिका बनाएको छ । ८ कात्तिकसम्म गठबन्धनभित्र देखिएका असन्तुष्टि समाधान भएर दुवै पार्टी चुनावी उत्साहमा होमिने एमाले कार्यालय सचिव श्रेष्ठले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE