Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

भ्रष्टाचार नियन्त्रणमा केन्द्रित सिपीसी महाधिवेशन

\"\"काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को १९औँ काँग्रेस (महाधिवेशन) गत बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा उद्घाटनपछि आफ्नो सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङले भने– घुस लिने र दिने दुवै राष्ट्रविरोधी हुन् यी दुवैलाई छोडिँदैन । सन् २०१२ मा चिनफिङ चीनको राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनका क्रममा उनले भनेका थिए— चीनको सबैभन्दा ठूलो चुनौती देशको भ्रष्टाचार हो । त्यसमा सघाउने घुस दिने र लिने दुवै हुन्, उनीहरुलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनु मेरो पहिलो काम हुनेछ । सन् २०१२ को १५ नोभेम्बरका दिन चीनको राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेपछिको पहिलो भाषणमा उनले देशबाट भ्रष्टाचार नियन्त्रणमा आफू सक्रिय हुने बताएका थिए । त्यसयता पनि उनले मुलुकमा आफूलाई भ्रष्टाचार विरोधी नेताका रुपमा उभ्याउँदै आएका छन् । र आफ्नो पहिलो आधा कार्यकाल अथवा ठीक पाँच बर्षपछि भएको सो पार्टीको महाधिवेशनमा पनि उनले सोही प्रतिबद्धता दोहोर्याए । चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख समेत रहेका राष्ट्रपति सिले चीनमा भ्रष्टाचार विरोधी नेताका रुपमा आफूलाई शक्तिशाली बनाउदै पनि आएका छन् । देशमा यो पाँच बर्षको कार्यकालमा उनले भ्रष्टाचारको विरुद्धमा अभियान नै चलाए । लाखौँ सरकारी अधिकारी कारबाहीमा परेका छन् भने सरकार या पार्टीले गर्ने महङ्गा बिलासिताका कार्यक्रम तथा सरकारी फजुल खर्चको नियन्त्रणमा उनी लागिपरे । यस कार्यमा उनलाई ठूलो सफलता पनि मिलेको छ । बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सुरु सो महाधिवेशनमा चीनका विभिन्न भागबाट २ हजार २८७ जना प्रतिनिधि सहभागी भएका छन् । उनीहरु कम्युनिष्ट पार्टीका उच्च नेता तथा उच्च सरकारी अधिकारी पनि हुन् । यो नेशनल काँग्रेस हरेक पाँच बर्षमा हुन्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय एवम् शक्तिशाली निकाय हो । यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले गर्ने कामको योजना पारित गर्दछ । अधिवेशनको सम्बोधन राष्ट्रपति सिले भ्रष्टाचार नियन्त्रणकै प्रसंगबाट सुरु गरेका थिए । राष्ट्रपति सिले भने, चीनमा यतिखेर भ्रष्टाचारका विरुद्धमा लडाईं जारी छ, त्यसको अन्त्य अझै भएको छैन । तर जसरी पनि यो लडाईं जित्नुपर्छ, त्यो हाम्रो प्रमुख काम हो । उहाँले भ्रष्टाचार अहिलेको चीनका लागि प्रमुख चुनौती भएको धारणा पाँच बर्षअघिकोजस्तै गरी दोहोर्याए । तर चुनौती सधैँ एकै रुपमा रहँदैन यसलाई निराकरण गर्न सकिन्छ । उनले भने– म राष्ट्रपति भएदेखि नै भ्रष्टाचारविरोधी अभियान सुरु गरेको हुँ र अहिलेसम्म भ्रष्टाचारमा संलग्नताको आरोपमा लाखौँ व्यक्तिलाई कारबाही गरिएको छ । यो क्रम निरन्तर रहन्छ । घुस खानेमात्र होइन, दिने पनि उत्तिकै जिम्मेवार छन्, कारबाही यी दुवैलाई हुन्छ किनेभने यी दुवै राष्ट्र विरोधी हुन् । हामी भ्रष्टाचारका विषयमा शुन्य सहनशीलतामा काम गर्नेछौँ, यो कुरा सबैले बुझ्नु जरुरी छ । उनले यता पार्टीको महाधिवेशनमा यस्तो सम्बोधन गरेको केही दिनमात्र अघि चीन सरकारले यहाँका सरकारी अधिकारी तथा पार्टीका विभिन्न तहका नेताहरु समेत गरी कम्तीमा पनि १४ लाख जनालाई भ्रष्टाचारको आरोपमा कारबाही गरिएको तथ्याङ्क सार्वजनिक गरेको थियो । चीन सरकारद्धारा सार्वजनिक सो तथ्याङ्कमा त्यति ठूलो सङ्ख्याका अधिकारीलाई भ्रष्टाचार, अनियमितता तथा अनुशासन उल्लङ्घन गरेकोमा जेल सजाय गरिएको जनाइएको थियो । चीन सरकारको सो तथ्याङ्कमा दिइएअनुसार यसरी कारबाही गरिएकामध्ये २८० जना केन्द्रीय प्रशासनिक निकायका उच्च अधिकारी नै छन् । उनीहरुलाई आरोप प्रमाणित भएर जेल सजाय नै सुनाइएको छ । भ्रष्टाचार नियन्त्रणका लागि जारी अभियानअन्तर्गत यति धेरै सरकारी अधिकारीहरु नै कारबाहीमा परेका र आफ्नो कार्यकालको यो एक सफलता पनि भएको राष्ट्रपति सिले सुनाए । त्यस क्रममा उनले चीनको केन्द्रीय, प्रान्तीय, जिल्लास्तरीय र नगरस्तरीय गरी चार तहमा भ्रष्टाचारजन्य कार्यहरुको अनुगमनका लागि अनुगमन आयुक्तहरु नियुक्त गर्न लागिएको खुलासा पनि गरे । ती आयुक्तहरुलाई कानुनबमोजिम अधिकार, साधन स्रोत र अनुसन्धानका लागि आवश्यक सहयोग केन्द्र सरकारले दिने उनको भनाई थियो । यसका कारण आउने दिनमा चीनको भ्रष्टाचारविरोधी अभियानले अझै सशक्तता पाउने उनको धारणा थियो । सि चीनका पूर्व राष्ट्रपति माओ चेदुङपछिका शक्तिशाली तथा लोकप्रीय नेताका रुपमा आफूलाई स्थापित भइसकेका छन् । उनले एक समाजवादी राष्ट्रका रुपमा संसारमा चीनलाई चिनाउने आफ्नो योजनाको बारेमा नयाँ आर्थिक कार्यक्रमहरु प्रस्तुतगर्दै आएका छन् । ती मध्येको सबैभन्दा महत्वाकांक्षी र ठूलो कार्यक्रम हो बिआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स्) । यो आयोजनाले अहिलेसम्म संसारका ६० वटा देश छोइसकेको या छुने क्रममा रहेको बताइन्छ । यसलाई उनले अघि सारेको चिनियाँ आर्थिक क्रान्तिको अर्काे पाटोका रुपमा ब्याख्या गरिन्छ । वर्तमान राष्ट्रपति सि सत्तामा आएपछि चीनको आर्थिक विकास र सामाजिक सम्बन्धको जालो संसारमा अझबढी जेलिएको पाइन्छ । पछिल्ला बर्षहरुमा चीनको उन्नतिका खबरहरु बढी नै आएका छन् । र विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आगामी बर्षहरुमा विश्वको ठूलो अर्थतन्त्र बन्ने पाइला तय गर्नसक्ने अनुमानसहितका विश्लेषण पनि चीनमा मात्र नभएर संसारका विभिन्न देशबाट सम्प्रेषित हुने गरेका छन् । त्यसैले पनि चीनले सबैभन्दा पहिला आफ्नै देशको भ्रष्टाचार उन्मुलन गर्ने कामलाई प्राथमिकतामा राख्दै आएको हुनुपर्छ । जसलाई राष्ट्रपति सिले आफू सत्तामा आएदेखि नै निरन्तर अघि सारेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies