Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

जापानमा आमनिर्वाचनको मतदान हुदै

 

\"\"टोकियो । जापानमा आइतबार मध्यावधी निर्वाचनका लागि मतदान सुरु भएको समाचार छ । आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन् ।

जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभाका लागि आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन् । जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको संसदको म्याद बाँकी रहेकै बेला गत महिनामात्र मध्यावधी निर्वाचनको आह्वान गरेका हुन । प्रधानमन्त्री आबेले आफू शक्तिशाली हुने अभियानस्वरुप यो निर्वाचनको आह्वान गर्नुभएको बताइएको थियो । यस निर्वाचनमार्फत आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र उसको गठबन्धनले दुई तिहाई बहुमत हासिल हुने उन बताए । वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक एजेण्डाहरु अगाडि बढाउनुका साथै उत्तर कोरियाको पछिल्लो समयमा अघि बढेको आणविक होडका विरुद्धमा पनि कडा रुपमा प्रस्तुत हुन सहज हुने भएकोले यस निर्वाचनको आह्वान गरिएको बताइएको छ । उनले अघि बढाएको नयाँ आर्थिक मोडेल अबेनोमिक्सलाई अझै दरोगरी अघि बढाउने योजना उहाँको रहेको छ । तर पनि यसको विरुद्धमा विपक्षी गठबन्धन रहेको छ । जसले गर्दा यो निर्वाचनमा सत्तारुढ र विपक्षी दलको गरी दुई प्रमुख एजेण्डाबीच संघर्ष हुनेछ । यो निर्वाचनको अघिसम्म यहाँको प्रतिनिधिसभामा प्रधानमन्त्रीको पार्टी, एलडिपीकै बढी बाहुल्यता रहेको थियो । उक्त दल र उसको गठबन्धनले संसदको हाल कायम सिट संख्याको ६८ प्रतिशतभन्दा केही बढी कायम राखेको थियो । संसदको तल्लो सभाको ४७५ स्थानमध्ये उहाँको दललेमात्र २९० स्थान हासिल गरेको थियो । त्यस्तै उहाँको सत्ताधारी साझेदार अर्काे एक दलको ३४ गर्दा संसदको ६८ प्रतिशतभन्दा केही बढी स्थानमा रहेका छन् । यो निर्वाचनमा प्रधानमन्त्री आबे र उहाँको सत्ताधारी गठबन्धनले हालै गठन भएका दुई वटा नयाँ पार्टीसँग प्रतिश्पर्धा गर्ने भएका छन् । ती दलले वर्तमान सत्ताधारी दललाई पुग नपुग बहुमतमा मात्र सिमीत पारिदिने बताएका छन् भने सत्ताधारी गठबन्धनले भने दुई तिहाई हासिल गर्ने आकांक्षा राखेको छ । पछिल्ला केही समययता उत्तर कोरियाले जारी राखेको आणविक हतियारको प्रदर्शनका विरुद्धमा आवश्यक सुरक्षा नीति अख्तियार गर्न पनि आफुलाई संसदमा दुई तिहाई बहुमत आवश्यक रहेकोले यसका लागि निर्वाचन आह्वान गरिएको प्रधानमन्त्रीले बताउदै आएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies