Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

सी जिनपिङलाई सत्ताबाट हटाउन यस्तो षड्यन्त्र रचिएको थियो

\"\"एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहमा रहेका केही व्यक्तिहरुले राष्ट्रपति सी जिनपिङलाई सत्ताबाट हटाउन खोजेको चीनका एक वरिष्ठ अधिकारीले दाबी गरेका छन् । सी जिनपिङले चलाएको भ्रष्टचार विरुद्धको अभियानका क्रममा ती सदस्यहरुलाई पार्टीबाट निस्काषित गर्नुका साथै गिरफ्तार गरिएको थियो । यस मामिलामा जानकार केही व्यक्तिका अनुसार राष्ट्रपति सीले चलाएको यस अभियानको उद्देश्य आफ्ना प्रतिद्न्द्वीलाई बाटोबाट हटाउनु थियो । तर, यो समाचारले कम्युनिष्ट पार्टीको छविमाथि नै प्रश्न चिह्न खडा गरेको छ र पार्टीभित्र सत्ताका लागि चलेको चलखेललाई विश्व समुदाय सामुन्ने खोलिदिएको छ । शुक्रबार चीनका सुरक्षा विभाग प्रमुख ल्यु श्यूले पार्टीका ६ जना वरिष्ठ सदस्यहरुको नाम सार्वजनिक गरे जसलाई उनले अत्याधिक भ्रष्टाचारी बताए । उनले भने, यी व्यक्तिहरुले पार्टीको शीर्ष नेतृत्वलाई नै सिध्याउने योजना बनाएका थिए । ल्यूको लिष्टमा अन्य धेरै नाम रहेको थियो । जसको नाम सार्वजनिक भएपछि यस मामिलाबारे छानबिन शुरु गरिएको छ । लिष्टमा पूर्व सुरक्षा प्रमुख चाझाउ, नेता बो शीलार्या र पोलिटव्यूरो सदस्य सन जेङचाई रहेको नाम समेत रहेको छ । सन जेङचाईलाई केही समय अगाडि पार्टीबाट निष्काशित गरिएको थियो । लिष्टमा रहेको अन्य नाममा राष्ट्रपतिका पूर्व सहयोगी लिङ जीहुआ, दिवंगत जनरल शू त्साइहो र अर्का पूर्व सैन्य अधिकारी गुओ बाशियुङ छन् । बेइजिङमा चलिरहेको कम्युनिष्ट पार्टीको सम्मेलनमा ल्यूले भन्, यो विषय गहन छ । यस विषयका बारेमा यो कुरा स्पष्ट हुन सकेको छैन कि उनी सजायको कुार गरिरहेका थिए या सत्तापलटको अलग अलग घटनाको दाबी गरिरहेका थिए । ल्यूका अनुसार राष्ट्रपति सीले यस समस्याको समाधान गरिसकेका छन् र पार्टी तथा देशलाई ठूलो दुर्घटनाबाट बचाएका छन् । सीले सन् २०१२ मा सत्ता समालेका थिए, जसपश्चात भ्रष्टाचारका विरुद्ध उनले चलाएको अभियानमा अहिलेसम्म १० लाख व्यक्तिलाई जेलमा हालिसकेका छन् । यस अभियानलाई कैयौं व्यक्तिहरुले सीको सत्ता हत्याउने रणनीतिको हिस्सा भएको बुझेका थिए । यो घटनाअघि सीले पार्टी भित्र सत्ताका लागि संघर्ष गरेको भन्ने कुरालाई अस्विकार गरेका थिए । चिनियाँ कांग्रेसको कार्यकाल यो हप्ता सकिँदैछ जसपश्चात पार्टीमा नयाँ सदस्य चुनिने सम्भावना रहेको छ । यो कांग्रेसबाट सी जिनपिङ नै पार्टी प्रमुख रहने बताइएको छ । चीनको सरकारी संचार माध्यमका अनुसार पार्टीले आफ्नो विधान फेरि लेख्ने सम्भावना रहेको छ, ताकि सीको विचार यसमा सामेल गर्न सकियोस् । यस पश्चात सीको पार्टीमा उचाई झनै बढ्नेछ । बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies