Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

तालिबानको आक्रमणबाट ४३ अफगान सेना मारिए

\"\"कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा रहेको अफगानिस्तानको सैनिक पोष्टमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा पनि ४३ जना सैनिक मारिएका छन् । दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अफगान सैनिकको पोष्टमा यहाँका तालिबान सशस्त्र हतियारधारीहरुले सो हमला गरेका थिए । हमलामा परी ती सैनिक मरिएका र अरु कैयौँ घाइते पनि भएका बताइएको छ । तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले सो सैनिक पोष्टमा हमला गरेका थिए । गएराति उक्त पोष्टमा रहेका अफगान सेना र सशस्त्र तालिबान लडाकूहरुबीच निकै लामो समयसम्म भिडन्त पनि भएको थियो । सो भिडन्तका क्रममा ४३ जना सैनिकको ज्यान गएको अफगानिस्तानको सेनाले बिहीबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको चिनियाँ समाचार समिति सिन्ह्वाबाट प्राप्त समाचारमा जनाइएको छ । गएराति रातभर सो भिडन्त भएको र बिहानीपख अफगान सेनाको थप सैन्यबल सो पोष्टमा गएको थियो । त्यसपछि भने तालिबानहरु भागेका बताइएको छ । थप बलको सहायताले अझै ठूलो दुर्घटना टरेको अफगान सेनाले जनाएको छ । सेनाका अनुसार सो भिडन्तका क्रममा अरु पनि कैयौँ सैनिक घाइते भएका छन् । के कतिजना घाइते छन् भन्ने बारेमा भने सेनाले पूर्ण विवरण दिइसकेको छैन । सो भिडन्तका क्रममा दुईवटा अति शक्तिशाली कारबमको प्रयोगबाट तालिबानहरुले हमला गरेका बताइएको छ । त्यस क्रममा कैयौँ तालिबान पनि मारिएको आशङ्का गरिएको छ । तर के कति मात्रामा उनीहरुको हताहत भएको छ भन्ने बारेमा भने पूर्ण विवरण आइसकेको छैन । सो क्षेत्रमा बिहीबार बिहानदेखि नै ठूलो सङ्ख्यामा अफगान सैनिकले गस्ती सुरु गरेको र क्षतिको विवरण सङ्कलन गरिरहेको बताइएको छ । तालिबानहरुले उक्त जिल्लाका छिमेकी जिल्लाहरु पाक्टिया र गजनीमा शक्तिशाली हमला गरेको एक दिनपछि यो हमला भएको बताइएको छ । ती क्षेत्रमा उनीहरुले बारम्बार हमला गर्ने गरेका छन् । ती दुई जिल्लामा तालिबानले गएको सोमबार र मङ्गलबार गरेका हमलामा परी कम्तीमा पनि १७० जना सर्वसाधारण र अफगान सुरक्षा फौजका सदस्यहरुको ज्यान गएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending