Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

स्वतन्त्रता

उ वेपर्वाह तिमाल डाँडा तिर उडिरहेको पंछीको हुललाई हेरि रहन्थी
  ........त्यसपछि उनले आफ्नो केश डल्लो पारी अनि दुई लालावालाको मुखतिर पुलुक्क हेरि । हेराई असामान्य थियो । अनुहारमा विछिप्त कहानीहरु मडारिरहेको थियो । दुई बच्चाहरुलाई खस्रा हातले सुम्सुम्याई । अनि गाडीको झ्यालबाट पर–पर हेर्दै आफैसँग हराउन थाली । गाडीको बेगसँग सरोकार थिएन उनलाई । रोसीखोलाको नागबेलीसँग पनि कुनै मतलव थिएन उनलाई । वेगिरहेको गाडीलाई उछिन्दै एक हुल पंछीहरु तिमाल डाँडा तिर सोझियो । उनका आँखाहरुले लोहोरी खेल्दै उडिरहेको पंछीको हुललाई निकै पर सम्म पछ्यायो । परदेशिदै गरेका जस्ता देखिने युवाहरु बाराम्बार गाडीको बेगले छाडी आएका पदचापहरु  फर्कि फर्की हेर्थे । तर उ वेपर्वाह तिमाल डाँडा तिर उडिरहेको पंछीको हुललाई हेरि रहन्थी । गाडीले आफ्नो गन्तब्य (काठमाण्डौं) भेटाउन थालिसकेको थियो । म चाँही हिजो मात्रै काठमाण्डुबाट रामेछाप जाँदै गर्दाको यात्रा सम्झन पुगेछु । अघिल्लो दिन हामी केही साहित्यकार, पत्रकार साथीहरु काठमाण्डुको ब्यस्त जीवनको भारि बिसाउने र साहित्यको विषय खोज्ने भनेर रामेछापको बेथानका लागि निस्किएका थियौं । स्वास्थले साथ नदिए पनि साथीहरुसँग जाने बाचा गरेको थिएँ मैले । यात्रामा सहभागी थियौं स्तम्भकार दिलरत्न मानन्धर, पत्रकार तथा समिक्षक जि.यम. शर्मा, त्यसै गरि क्यामेरा पर्सन तथा युवा कवि थिए मंजिल शाह र एउटा म भएँ, टुटेफुटेको कविता लेखि टोपल्ने कल्पित यात्री । ================== रोशी खोलाको तिरैतिर, तिमाल डाँडाको मनोरम श्रृङखलाहरु छिचोल्दै नार्के, मंगलटार, नेपालथोक हुँदै लुभुघाटमा पुगेर हाम्रो पहिलो दिनको याात्रा टुङ्गियो । त्यहाँ पुग्दा साँझको ९ बजिसकेको थियो । हामी सबै जना थाकेका थियौं । लुभुघाटमा खाना बस्नका लागि राम्रो बन्दोबस्त रहेनछ । हामी पुगेर काठमाण्डुको धुलो टक्टक्याउँदै थियौं । एक्कासी बाटो भन्दा माथिल्लो पट्टी जोड जोडले चिच्याएको आवाज कानमा ठोकिन आई पुग्यो । बच्चाहरु चिल्लिविल्ली गर्दै रोएको सुनियो । एउटा पुरुष आवाज लुभुघाट थर्किने गरि गर्जिन थाल्यो । “राँडी, खै भात ? तेरो काम भात पकाउँने होईन ? मैले रक्सी खाएँ त मेरो बाउको सम्पति खाएँ । तास खेलें त मेरो बाउँको सम्पति खेलें । तेरो बाउको केही नास् भो ? भन् ए राँडी ।” हलो तान्न नसकेर सुतेको गोरुलाई चुटेको जस्तै आवाज आयो । जोड जोडले रोइरहेको नारी आवाज बन्द भयो । बच्चाहरु आमा ∕ आमा ∕ भन्दै रुन कराउँन थाले । धेरै बेर पछि नारी आवाज सुनिन थाल्यो । रुवाइ मिसिएको नारी आवाजमा साहराको खोजि सुनिन्थ्यो । “मलाई मारी देउ, किन संसारमा जन्म दियौ मलाई आमा ? रात दिन यस्तो अन्याय अत्याचार सहेर बस्नु भन्दा त बरु शहरमा गइ बेश्या बनेर बस्छु” । नारी आवाज झन जोड जोडले सुनिन थाल्यो । लुभुघाट भने मस्त निदाईरहेको थियो । के रे ? जा अहिले नै जा ? मेरो घरमा एक छिन नबस् ।” फेरि सुरु भयो कुटाई । नारी आवाज चित्कारमा परिणत भयो । उनि भन्दै थिइ “ गुहार गुहार, मलाई मार्र्यो-मार्र्यो, मलाई बजाउ ” । हामी जर्याक्क जुरुक उठेर झुपडिको नजिकै गयौं ।
भित्र गएको मान्छेले अध्यारोमा टिलिक्क टल्किने कुनै हतियार लिएर आयो र लर्खराउदै उठ्न खोजेको मान्छे तिर झम्टेर गयो । उ उठेर भाग्न खोज्दै थियो । खुकुरी प्रहार गर्न खोज्यो । त्यति नै बेला हामीले छापामार शैलीमा उसलाई च्याप्पै समायौं । उ आत्तियो, डरायो । भाग्न खोज्यो ।
आगनमा दुइ वटा बच्चाहरु रोइरहेको थियो । एक जना कुनै निर्जिव बस्तुलाई कुटे झैं एकोहोरो कुटिरहेको थियो । आगनमा लडिरहेको मान्छे उठ्न खोज्थ्यो । पिट्नेले एकसूरले पिट्थ्यो । हामी के गरौं गरौं भयौं । पिटीरहेको मान्छे लौरो फालेर घर भित्र पस्यो । लडिरहेको मान्छे उठेर भाग्न खोज्दै थियो । भित्र गएको मान्छेले अध्यारोमा टिलिक्क टल्किने कुनै हतियार लिएर आयो र लर्खराउदै उठ्न खोजेको मान्छे तिर झम्टेर गयो । उ उठेर भाग्न खोज्दै थियो । खुकुरी प्रहार गर्न खोज्यो । त्यति नै बेला हामीले छापामार शैलीमा उसलाई च्याप्पै समायौं । उ आत्तियो, डरायो । भाग्न खोज्यो । “के गर्न लाग्नु भएको यो ? तपाईलाई कारवाही हुन्छ अब” । उ झन आत्तियो । कसो कसो उ हाम्रो हातबाट फुत्किएर अध्यारोमा विलायो । “यो अलाच्छिनी आए देखि घरमा सुःख छैन । परारसाल ससुरा खाई । पोहरसाल दुहुना भैंसी खाई । अव यसपाली पोइ खान्छे यसले” । घरभित्रबाट एउटा कर्कस् बृद्धा आवाज खोकी मिसिएर आयो । आगनमा लडिरहेको महिलाले कसिलो गरि बच्चाबच्चिलाई काखीमा च्यापिन् । अनि धरधरी रोईन् । हामी चार जना अकमक्क भयौं । “तपाईहरुलाई धेरै धेरै धन्यवाद छ, मेरो ज्यान बचाइदिनु भएकोमा । तर तपाईहरु को हो ? हामीले हाम्रो परिचय दियौं । उनले हामीलाई दलानमा बस्न गुन्द्री ओछ्याइ दिइन् । हाम्रो अगाडी बिकल्प थोरै थिए । हामीले रात त्यही बस्ने निधो ग¥यौं । महिलाले हुन्न भनिनन् । हामी घर भित्र पस्यौं । अध्यारो गुफा जस्तो घर । धुवाको मुस्लोले घर पुरै छोपिएको । कुनामा बुढीआमा सुतिरहेकी थिइन् । घरमा को आयो ? को गयो ? केही मतलव थिएन उनलाई । महिलाले हाम्रा लागि खाने कुराको जोहो गर्न लागिन् । “चार बर्ष अगाडी बिहे गरेर भित्रिएँ यस घरमा, यी दुईवटा छोरीहरु छन्, श्रीमान भनाउँदा जहिल्यै तास खेल्छ । थाल बटुका समेत बेचेर रक्सी खान्छ । बेलुकी आएर नकुटेको दिन छैन । लोग्ने भनाउदाले कुटेरै एक बर्ष अगाडी देब्रे हात भाँचियो । छाति सारै दुख्छ । के गर्नु भाइ आफ्नो त भाग्य नै खोटो रहेछ” । उनि पिलपिल आँशु झार्दै ब्यथा पोख्न थालिन् । हामी शहरिया बटुवालाई बास दिने महिलाको बिलौना सारै नरमाइलो लाग्न थाल्योे । “भाइ शहरमा केही काम पाइन्छ होला नि है ? उनले पटक पटक बिना प्रसंग यही कुरा दोहो¥याइ रहिन् । “अनि दिदी तपाई हेर्दा पढे लेखेकै जस्ती देखिनु हुन्छ, किन बिहे गर्नु भा यस्तो घरमा ? दिलरत्न मानन्धरले जिज्ञासा राखे । “छ भाइ जिवनको छुट्टै कथा” । उनले अरु कुरा गर्न चाहिनन् । हामीले दुःख सुःख खाना खायौं । कोही टुकी बालेर यात्रा संस्मरण लेख्न थाले । कोही कथा तयार गर्छु भन्दै महिलालाई नाना थरि प्रश्नहरु सोध्न थाले । उनि प्रश्नकर्ता प्रति खासै ध्यान नदिई आफ्नो छोरीहरुलाई सुम्मुम्याउँदै आँशु झार्थिन् । साथीहरु चाँही कोही फोटो खिच्थे, कोही चाँही एकसुरले घोप्टो परेर लेखिरहेको थियो । मलाई भने दिउँसैबाट अलि सञ्चो नहोला जस्तो भइरहेको थियो । सब कुरा हेर्दा हेर्दै निदाएछु । बिहान झल्याँस्स ब्यूँझँदा कवि साथीहरु ठाउँको ठाउँ मै घुर्दैरहेछन् । बच्चाहरुको नाकमा झिंगाहरु तछाड मछाड गरिरहेको रहेछ । कुनामा बुढीआमा गनगन गर्दै थिईन् । महिला घर धन्दामा लागिसकेकी थिईन् । मेरो स्वास्थ निकै नै नाजुक भएको महसुस गरें । म सुतेको ठाउँबाट उठेर भित्तामा अडेस् लाएर बसें । अगाडीको मुल खाँबोमा एउटा सानो फ्रेममा फोटो देखें । नियालेर हेरें । त्यो फ्रेम भित्र एउटी कम्ब्याड लगाएकी महिला छापामारको फोटो रहेछ । नजिकै गएर हेरें । त्यो फोटो तिनै महिलाको रहेछ । कालो ध्वाँसोले निलेको फोटोमा उनि यस.यल.आर. बोकेर मुस्कुराइरहेकी थिईन् । कम्बरमा ग्रिनेट थियो । कुम देखि छाति हुँदै कम्बरसम्म गोलीको माला कुनै तिलहरि जडित पोते लहरिए जस्तै देखिन्थ्यो । चिटिक्क मिलेको जिउडाल, मुस्कुराईरहेको चम्किलो अनुहार, शिरमा सिन्दुरको डोभ छोपिने गरि बाँधिएको रातो तारा । आहा ! कस्तो राम्रो सुहाएको ”मुहारमा न कुनै बन्धनको धाजाहरु, न कुनै पिडाको संकेत नै । म त हेरेको हेरै भएछु । “भाई के हेर्नु भा ? खै दिनुस् त” । उनले फोटो निकालेर पुछि अनि कागजले बेरिन् । ‘दिदी तपाई छापामार ? मेरो स्वर आश्चर्य मिसिएर अस्वभाविक ठुलो भयो । साथीहरु ज¥याक जुरुक उठे  । “मेरो जीवनको छुट्टै कथा यही हो भाई ।” समयले कस्तो खेल खेल्दो रहेछ मान्छेको जीन्दगीमा । किन चुँडिएन पोतेको बन्धन ? किन फेरिएन एउटी छापामारको जिन्दगी ? साथीहरुले कुराको मेसो पाएछन् क्यार । कुनै ठुलो नेतालाई घेरे झैं उनलाई वरिपरि घेरेर बर्साउन थाले अनगिन्ति निर्उत्तरित प्रश्नहरु । “तपाई कसरी यहाँ आइपुग्नु भयो ? तपाईले ५ लाख पाउँनु भएन ? छापामार बन्दा र आजको दिनमा के फरक पाउँनु भएको छ ? तपाईले कतिवटा लडाई लड्नु भयो ? के तपाईको जीवनमा गणतन्त्रले केही प्रभाव पारेन ? उनि चुपचाप आफ्नो घरधन्दामा लागिरहिन् । साथीहरु फेरि कपि, क्यामेरा, रेर्कडर निकालेर पत्रकारिताको कर्मकाण्डीय चरित्र निभाउन थाले । उनको मुहार भावसुन्य थियो । प्रश्नहरुमा कुनै दिलचस्बी थिएन । मलाई सञ्चो भएन । अब अगाडी जान नसक्नेमा पुगेँ म । साथीहरुसँग सल्लाह गरेँ । साथीहरु भन्दै थिए “साहित्यको विषय नै फुरेको छैन, कोही विरामी हुने, कोहीलाई गर्लफ्रेण्डको यादले सताउने, बेकार आईएछ” । साथीहरुले तितो पोखे । सहयात्रा बिचमै टुटाउनु परेकोमा माफी माग्दै म बाहिर निस्किएँ साथीहरुपनि झोला बोकेर आगनमा निस्किए । क्यामेरा म्यान साथीले सिंगानको टाटाहरु बोकेका दुई बच्चाहरुको फोटो यङगल मिलाई मिलाई खिच्न थाले । “भोली पत्रिकामा आउँछ है तिमीहरुको फोटो” । बच्चाहरुलाई चुइङगम हातमा दिदै भने । बास दिने महिलासँग बिदा माग्न उनलाई बोलाउँन थाल्यौं । कतै पनि देखिएन । यता उति हेर्यौं तर कतै पनि भेटिएन । अन्तमा उनि घर भित्रबाट बाहिर निस्किन् । हामी छक्क पर्यौं। उनि पेन्ट र रातो टिसर्ट लगाएर, दुइ बालबच्चा र भोलामा लुगा फाटो बोकेर हाम्रो अगाडी ठिङ्ग उभिन आइपुगिन् । “भाइहरु शहरमा म जस्तालाई केही काम त पाइन्छ होला नि है, यो नर्क जस्तो जीवन भन्दा त बरु शहरमा भाँडा माझेर भए पनि दुई बाल बच्चा हुर्काउँछु” । साथीहरु मुखामुख हेर्न थाले । के बोलुँ बोलुँ भयौं । म फर्कन्छु भन्ने कतिखेर थाहा पाएछिन् भन्ने लाग्यो । आगनको डिलबाट उनि अघि लागिन् । म पछि पछि लागें । साथीहरु हामीलाई हेर्दै हाँस्दै हाँस्दै बेथान तिर सोझिए । =================== हामी सुनकोशी वारी नेपालथोक आएर गाडी चढ्यौं । स्वास्थको कारणले उनिसँग खासै धेरै बोल्न सकिन । उनि गाडीको झ्यालबाट पर पर हेर्न थालिन् । पटक पटक झोलाबाट फोटो निकालेर सुम्सुम्याउँथिन् । “आमा हामी कहाँ जाने ? बच्चाहरुले धेरै पटक यो प्रश्न सोधिसकेको थियो । “जागिर खान जाने छोरी, यही उत्तर हुन्थ्यो उनको । छोरीको प्रश्न गहिरो गरि सुन्थिन् अनि फेरि पर पर तिमाल डाँडा भन्दा पनि पर उडिरहेको चराहरुलाई हेर्थिन् । कहिले दुई छोरीहरुको टाउको सुम्सुम्याउँदै पिलपिल आँशु झार्थिन् । “भाइ म जस्तोलाई काम त पाईन्छ नि है ? आँशु पुछ्दै प्रश्न गर्थिन् । “पाइन्छ नि दिदी किन नपाउँनु” । म उत्तर दिन्थें । “नपाए भिख मागेर भए पनि यी दुई लालाबाला हुर्काउछु पढाउँछु” । छापामार बनाउछु भाई म यिनिहरुलाई, मैले तोडेको बन्धन अपुरो भएछ ।” उनि दारा किट्दै मुठ्ठी कस्थिन् अनि फेरि झ्यालबाट पर पर हेर्थिन् । छापामार, बन्धन यी शब्दहरु उनले उच्चाहरण गर्दा उसको मुहारमा अनौठो भाव देख्थेँ । हामी धुलिखेल नजिकै आइपुथ्यौं । सोचें यो बेसहारा महिला दुई बालबच्चा बोकेर कहाँ जान्छे अव । तावाको माछा भुङ्ग्रोमा भने जस्तै हुने त होइन ? म मन मनै सोच्थें । हामी बनेपा कटेर काठमाण्डु तिर सोझियौं । गाडी जति जति नजिक आउँथ्यो । मलाई आफ्नो स्वास्थले भन्दा उसको आउने जिन्दगी देखि पोल्थ्यो । यो काठमाण्डु, मानवता हराएको काठमाण्डु, गरिवको आँशुमा चिप्लेटी खेल्न सिपालु काठमाण्डुमा आज फेरि एउटा बेसाहारा जिन्दगी थपिदैछ । फेरि सम्झें, उनले तोडी आएको बन्धन, उनले चुँडाली आएको एक लुङ् पोतेको साङ्ला भन्दा त कयौं गुना प्रगतिशील छ उनले रोजेको बाटो । आजको शताब्दीमा पनि कति सहने महिलाहरुले अन्याय ? हामी भक्तपुर आइपुग्यौं । उनि अलि पर नगरकोटको काख नै काख भएर उडिरहेको पंछीको  हुल गहिरो गरि हेरिरहेकी थिइन् । अन्तमा आँट बटुलेर भनें । “दिदी तपाई अप्ठेरो मान्नु हुन्न भने एउटा कुरा भन्छु । म अलि पर चावहिलमा आमा र श्रीमतिसँगै बस्छु । तपाई, म सँगै केही समय बस्नु । तपाईको लागि म पनि काम खोजीदिन्छु । काम भेटे पछि जानु, हुन्न ? उनि चुपचाप मलाई हेरि रहिन् । अनि विस्तारै बोलिन् । “भाई, तपाईलाई धन्यवाद छ, यतिका सहयोग गर्नु भयो । अव म कसैको साहरा बिना नै उठ्न चाहान्छु” । उनले यो भन्दा बढि बोलिनन् । हामी कोटेश्वर नजिकै आईपुग्दा सडकमा बाग्लै साँझको बत्तिहरु बलेको थियो । गाडी कोटेश्वरमा रोकियो । “लौ त भाई कुनै दिन समयले भेट गराए फेरि भेटौंला . . . . .  ।” म त भावुक भइसकेछु । केही पनि बोल्न सकिन । उनि आफ्नो दुइ लालाबाला बोकेर गाडीबाट ओर्लिन् । क्षण भर मै उनि काठमाण्डुको भिडमा हराईन् । भारि मन र बिसञ्चो शरिर लिएर कोठामा आईपुगें । त्यसपछि बिरामीले पाँच दिनसम्म सुतेको सुत्यै भएँ । कतै फोन सम्पर्क भएन । फेसबुक चलाउने तागत भएन । पाँच दिन पछिको विहान, जिवन साथी अनिरा तलबाट नै चिच्याउँदै आई र एउटा दैनिक पत्रिका देखाउँदै भनि यो सब के हो ? पत्रिका हेरें । ठुलो झड्का लाग्यो । ओछ्यानबाट जुरुक्कै उठें । पत्रिकाको भित्री पेजमा लेखिएको रहेछ “बिवाहिता, पुर्व छापामारलाई लिएर, कवि कल्पित यात्री फरार” । २०७०/०२/३० महोत्तरी खयरमारा ६
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies