Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

मणि थापाकाे नजरमा माओवादी केन्द्रका आठ कमजोरी

१‍‍. एजेन्डा बुझाउन नसक्नु
माओवादी १० वर्षे जनयुद्धले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीजस्ता महत्वपूर्ण मुद्दा ल्यायो । माओवादीले सरकारमा हुँदा पछिल्ला सरकारभन्दा धेरै राम्रा काम पनि ग¥यो । तर, पार्टीले आफ्ना एजेन्डा, आफूले गरेको कामका बारेमा जनतामा बुझाउन सकेन । सोही कारण माओवादीले स्थानीय निर्वाचनमा सोचेजस्तो नतिजा ल्याउन सकेन । प्रचण्डले पनि पटक–पटक भन्ने गर्नुहुन्छ– ‘अरूले पिठो पनि बिक्री गरे, हामीले बास्मति चामल पनि बिकाउन सकेनौँ ।’ पंक्तिकारलाई पनि त्यस्तै लाग्छ, माओवादीले आफ्ना एजेन्डा, सरकारमा हुँदा गरेका राम्रा कामको प्रचार मात्र गरेको भए स्थानीय तहमा राम्रो स्थान हासिल गर्न सक्थ्यो । माओवादी स्वार्थका कारण बिग्रियो । अध्यक्षले पनि बैठक, भेला, प्रशिक्षणमा पटक–पटक यी विषय उठान गर्नुभएको छ । तर, राजनीतिक, सामाजिकस्तरबाट यसको व्याख्या भएको छैन । माओवादी नेता तथा कार्यकर्ता समाजशास्त्रको व्याख्या गर्न जरुरी नै ठान्दैनन् । माओवादी स्वार्थी छ । ऊ अरूको हित चाहँदैन । सहकर्मी साथीको मनोभावना पनि बुझ्दैन । पुँजीवाद र समाजवादी विचारलाई बुझ्न नसक्दा माओवादी जनतासम्म पुगेन । आफूलाई मात्र केन्द्रमा राख्यो । २‍. नयाँ सदस्यलाई सिद्धान्तमा ढाल्न नसक्नु   माओवादी एकीकृत र ध्रुवीकृत हुन थालेका छन् । धु्रवीकरण माओवादी घटकबीच नै भएको छ । यो स्वाभाविक हो, यसलाई सहज रूपमा बुझ्न र बुझाउन पनि सकिन्छ । पछिल्लो समय माओवादीमा गैरमाओवादीको प्रवेश पनि हुन थालेको छ । गैरमाओवादी पनि एकीकृत र ध्रुवीकृत भएका छन् । माओवादीमा पुँजीवादी पार्टीको पनि आँखा पर्न थालेको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । जति पनि प्रवेश गरे उनीहरूलाई माओवादीले पार्टी सिद्धान्तमा ढाल्न सकेन । माओवादीले गैरमाओवादीलाई पार्टीको सिद्धान्तमा ढाल्न नसकेकै कारण भद्रगोल अवस्था देखिएको हो । माओवादीमा प्रवेश गर्ने र बाहिरिने क्रम जारी नै रह्यो । कुन पात्रले निर्वाचन जित्न सक्छ, उसैलाई टिकट दिन थालियो । पार्टीभित्र कुन वर्ग हो, कुन विचार भएकालाई प्रवेश गराउने भन्नेजस्ता विषयमा कहिल्यै गम्भीर बहस भएन । गैरमाओवादीलाई सिद्धान्तमा दत्तचित्त बनाउन पुरानो मूलधारको माओवादी उदार र अग्रगामी हुनुपथ्र्यो, त्यो पनि भएन ।
माओवादीभित्र केही अमूक नेता शक्तिशाली भएको देखिन्छ । समग्रमा व्यक्ति बलियो होइन, पार्टी बलियो हुन आवश्यक छ । संस्था बलियो हुने दिशातिर गए मात्र समाजवादसम्म पुग्न सकिन्छ ।
३‍.पार्टीभन्दा व्यक्ति बलिया हुनु  माओवादीमा व्यक्ति बलिया छन् तर पार्टी कमजोर छ । नेताहरू धनी छन्, कार्यकर्ता गरिब छन् । माओवादीले नेता र कार्यकर्ताको दूरी कम गर्न सकेन । यदि हामी समाजवादको यात्रामा छौँ भने सामूहिकतालाई प्राथमिकता दिनुपर्छ । माओवादीमा सामूहिकता छैन । व्यक्तिभन्दा पार्टी कसरी बलियो बनाउने भन्ने विषयमा माओवादीले सोचेन । व्यक्ति–व्यक्तिबीचको टकरावले सामूहिकता हराएर जान्छ । व्यक्तिलाई बलियो बनाउने सोचका साथ अगाडि बढ्ने हो भने समाजवादमा पुग्न सकिँदैन । समाजवादमा जान चरित्र, चिन्तन, आनिबानी, उत्पादन सम्बन्धमा समाजवाद झल्किनुपर्छ । माओवादीमा समाजवादी चरित्र झल्किएको छैन । माओवादीभित्र केही अमुक नेता शक्तिशाली भएको देखिन्छ । समग्रमा व्यक्ति बलियो होइन, पार्टी बलियो हुन आवश्यक छ । संस्था बलियो हुने दिशातिर गए मात्र समाजवादसम्म पुग्न सकिन्छ । ४.मध्यमवर्गलाई आकर्षित गर्न नसक्नु  माओवादीको प्रतिस्पर्धा कांग्रेस–एमालेसँगै हो । धेरैजसो मध्यमवर्ग एमालेभित्र छ । केही सानो संख्यामा कांग्रेसमा पनि मध्यमवर्ग छ । माओवादी काठमाडौं उपत्यकासहित जिल्ला सदरमुकाममा कमजोर छ । ती क्षेत्रमा तल्लो वर्ग कम र मध्यमवर्ग धेरै छन् । त्यो ठाउँमा माओवादीप्रति आकर्षण नै छैन । मध्यमवर्गमा एउटा प्रतिक्रयावादी र अर्को प्रोग्रेसिभ चरित्र हुन्छ । प्रोग्रेसिभ चरित्र भएकालाई माओवादीमा आकर्षित गर्न सकिन्थ्यो । तर, माओवादी त्यतातिर लागेन । पक्कै जनयुद्धमा माओवादी गाउँघर केन्द्रित थियो । आन्दोलनको केन्द्र गाउँ बनाउँदा धेरै काम पनि भएका थिए । तर, फेरिएको परिस्थितिअनुसार माओवादी अगाडि बढ्न सकेन । जनघनत्व भएका क्षेत्र र सभ्यताको विकास भएका क्षेत्रमा माओवादीले आफूलाई स्थापित गर्न सकेन । ५.प्रतिस्पर्धी चरित्र नहुनु माओवादीले भिन्न मतलाई स्वीकार गर्दैन । प्रतिस्पर्धी नेताको पनि राम्रा गुण स्वीकार गर्न सक्नुपर्छ । नराम्रा गुण छन् भने भण्डाफोर गर्न पनि सक्नुपर्छ । माओवादीले निषेधात्मक विचार राख्छ । नेताहरूले रचनात्मक चरित्र प्रस्तुत गर्नै सकेनन् । प्रतिस्पर्धा गर्न नसकेपछि निषेधमा उत्रनु राम्रो होइन । अबको पार्टीको चरित्र जनतामैत्री र प्रतिस्पर्धी हुनैपर्छ । प्रतिस्पर्धी चरित्र भयो भने पार्टीभित्र र बाहिर पनि फाइदा पुग्छ । होइन भने प्रतिस्पर्धात्मक समयमा पछाडि धकेलिनुको विकल्प छैन ।
[caption id=\"attachment_190078\" align=\"alignleft\" width=\"444\"]\"\" लेखक[/caption]
६.जनपक्षीय नहुनु  जनयुद्धमा माओवादीको चरित्र जनपक्षीय नै थियो । सामाजिक आन्दोलनमा पार्टी सहभागी हुन्थ्यो । तर, शान्तिप्रक्रियामा आएपछि माओवादी सामाजिक जीवनसँग जोडिएको छैन । उदाहरणका लागि माओवादीका धेरै नेता आफ्नो फोन उठाउनु हुन्न । २१औँ शताब्दी सूचना प्रविधिको युग हो । सूचना प्रविधि नै ठूलो शक्ति हो । तर, सूचना दिन नेताहरू चाहँदैनन् । कार्यकर्ताको गुनासो सुनिन्छ–‘हाम्रा नेताको फोन नै उठ्दैन । के भइरहेको छ कसरी थाहा पाउनु ?’ कार्यकर्ताले नेतासँग आफ्ना समस्या राख्ने र नेताले समाधानको पहल गर्न सक्नुपर्छ । फोन नै नउठाउने, उठाइहाले पनि मिटिङमा छु भनेर झट्ट राखिदिने व्यवहारले अब राजनीति चल्दैन । यस्तो व्यवहारले कसरी कार्यकर्ता र जनताले एकोहोरो माया गर्छन् ? विवाह, पूजाआजा, पास्नी, बिरामी हुँदा, मृत्यु संस्कारमा माओवादी नेता जाँदैनन् । सामाजिक सम्बन्धमा नेता नजोडिएपछि कसरी पार्टी बन्छ ? नेताले सभाहरूमा गरेको भाषणकै भरमा अब जनता कन्भिन्स हुँदैनन् । माओवादीमा पनि त्यही लागू भयो । माओवादी समाजसँग टाढा हुँदै गयो । समाजसँग कसरी जोडिने भन्नेबारे ध्यानै दिएन । कमरेड माओले ‘जनताको घरबाट सियो धागो पनि नलिनु भनेका थिए ।’ यसो सोच्दा माओले के भनेका होला भन्ने हुन्छ । तर, सियो र धागो नलिऔँ भन्नुको सैद्धान्तिक आधार धेरै ठूलो छ । माओवादीका सबै नेताले जनताको फोन मात्रै उठाइदिएको भए पनि एक हदसम्म पार्टी सुध्रिन्थ्यो । ७.मनोरोगमा डुब्नु  माओवादी ईष्र्यावादी छ । माओवादी अर्काको ईष्र्या गर्छ । माओवादीका कुनै नेताले विचार लेख्यो भने अर्को नेताले पढ्दैन । तपाईंले राम्रो लेख्नुभएछ, धन्यवाद पनि भन्दैन । माओवादी नेताभित्र कम्युनिकेसन ग्याप छ । आफू समान नेता बसेर चियाकफी खायो भने पनि गुटबन्दी भयो बन्ने बुझ्छ । माओवादीभित्र कुन नेता कता गयो, कसलाई भेट्यो भन्नेमा चाख दिएर नियालिन्छ । जनतासँग कुन नेता जोडियो भन्ने कसैले हेर्दैन । माओवादी मानसिक रूपमा शंकामा फसेको छ । राणा वा शाह शासनमा दरबारभित्र षड्यन्त्र हुँदाका वेलाजस्तो मनोरोग माओवादीभित्र छ । ८.स्पष्ट कार्यदिशा नहुनु माओवादीले गणतन्त्र, धर्मनिपरपेक्षता, समावेशिताजस्ता मुद्दामा लड्यो । कतिपय मुद्दा स्थापित भइसकेका छन् भने कतिपय हुने क्रममा छन् । गन्तव्य यति नै हो कि समाजवादी आन्दोलनको तयारी पनि गर्ने भन्नेमा माओवादी स्पष्ट भएन । माओवादीले प्रतिस्पर्धा गरेको संसदीय व्यवस्थालाई कसरी लिने, उपयोग गरेको हो कि के हो भन्ने पनि स्पष्ट पारेन । मोहनविक्रम सिंहले जस्तो उपयोग गरेको हो कि मोहन वैद्यले जस्तो वा एमालेले जस्तो संसदीय अभ्यासमा चुर्लुम्म डुबेको भन्ने व्याख्या नै भएन । हामीले परिवर्तनका एजेन्डालाई संस्थागत गरेर समाजवादको ढोका खोल्ने हो, यो व्यवस्थालाई रणनीतिक रूपमा प्रयोग गरिएको हो । तर, जनतामा रहेको भ्रम माओवादीले चिर्न सकेन । (थापा माओवादी केन्द्रका नेता हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE