Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कुनै पनि हालतमा बुढीगण्डकीको काम रोकिँदैन : ऊर्जामन्त्री

  \"\"काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलबिद्युत परियोजनाको काम नरोकिने बताएका छन् । संसदीय समितिले बुढीगण्डकी जलविद्युत परियोजनाको काम रोक्न निर्देशन दिएकाबेला ऊर्जामन्त्री शाहीले काम नरोकिने स्पष्ट पारेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका जनार्दन शर्मा प्रभाकरले गेजुवालाई बुढीगण्डकीको जिम्मा दिने निर्णय गराएका थिए । शर्मा गृहमन्त्री बनेपछि ऊर्जामन्त्रीको जिम्मेवारी पाएका माओवादी केन्द्रका नेता शाहीले संसदीय समितिले हतार गरेर रोक्न निर्देशन दिने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री शाहीले भने, ‘अदालतमा विचाराधिन रहेको मुद्दामा अहिले नै संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यो निकै हतारको निर्णय हो, यसले राम्रो सन्देश जाँदैन, सरकारले काम अघि बढाउँछ, रोकिँदैन ।’ पूर्व ऊर्जामन्त्री जनार्दन शर्माका विश्वासपात्र मानिने शाहीले पछिल्लो समय मुलुकमा शक्ति पृथकीकरणका सिद्धान्त विपरित कामहरु भैरहेको गुनासो पनि पोखे । उनले थपे, ‘एकले अर्कोलाई हस्तक्षेप गर्ने काम भैरहेको छ, यसले राम्रो सन्देश दिएको छैन ।’ मन्त्री शाहीले बुढीगण्डकी नबनाउनु भनेर भन्नु राष्ट्रवादी हुनै नसक्ने दाबी गरे । उनले थपे, ‘समितिले कुनैपनि हालतमा काम अघि बढाउनुपर्छ भनेर निर्देशन दिनुपर्दथ्यो, बरु विधि र प्रक्रियाको बारेमा केही गलत भएको पाए सच्याउन निर्देशन दिनुपर्दथ्यो नि ।’ यद्यपी उनले बुढीगण्डकी नेपाल आफैले निर्माण गर्न नसक्ने बताए । उनले गेजुवाको विवादको बारेमा आएका टिप्पणीप्रति धारणा राख्दै भने, ‘गेजुवा पूँजी नभएको कम्पनी होइन, काम नै गर्न सक्दैन भन्नु पनि गलत हुन्छ, हो तर हामीसँग भएका सम्झौताअनुसार काम भयो कि भएन ? यो विषयमा ध्यान दिन जरुरी छ, उसले भएको सम्झौताअनुसार पालना गरेको कि गरेन, त्यसबारेमा क्रसचेक गर्न सकिन्छ, यदि गलत गरेको छ भने त्यही अनुसार निर्णय लिनुपर्छ ।’ शाहीले आफूलाई ६ महिनामात्रै निर्वाध रुपमा काम गर्न दिए विद्युत प्राधिकरणलाई नाफामा ल्याउने दाबी गरे । प्राधिकरण अहिले सबैको लागि कमाई खाने भाँडो भएको उनको धारणा छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending