जाजरकोट रिम्ना सडक हुँदै डोल्पा र दल्ली बारेकोट सडकमा भारी बजेट हालेर खच्चडबाट दैनिक उपभोग्य सामग्री लिन होईन, गाडीमा यात्रा गर्नुपर्छ भन्दै सडक निर्माणलाई तिव्र बनाउने पहल लिनु शक्ति बस्नेत गलत कि सहि ? प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरु नेपालगन्ज र सुर्खेतसंगै देशका महंगा सहरमा गएर लाखाै रकम खर्चदै घर, जग्गा बिक्री हुने अवस्थाको अन्त्य गर्दै कालेगाउँ र जुनीचाँदेमा प्राविधिक शिक्षालयहरु खोल्नु शक्ति बस्नेतको गलत काम हो ?आफुले कल्पना नै नगरेका कुराको यति ठुलो बखानका प्रर्खालहरु रातारात उभ्याईन्छन् भने पुरै जाजरकोटको भुभाग चिनेको भए उनीहरुले सबैलाई निल्नु त्यति कठिन कार्य थिएन् । छिन्चु जाजरकोट सडक खण्ड निर्माण गर्दा सायद अहिले स्वमित्व लिन खोज्ने मानिसरु महंगा देशमा डुवुल्की मार्दै थिए । जहाँ अभावको महसुस हुँदैन अनि नेपाली संस्कार र संस्कृती नै पाईदैन् । जसले बिकासकै लागि यो जाजरकोट माटोमा पलपल रगतका थोपा माटोमा मिसिएको र पिसिएको छ उसले यहाँको माटोको विषयमा बोल्न पाउने अधिकार खोस्न परपन्च किन गरिन्छ । काठमाण्डौमा भाडाको घर र दैनिक जनताको काममा मात्र ध्यान दिने व्यक्ति दैनिक जाजरकोटको विकास निर्माणमा ध्यान दिन्छ । जसले अभाव र गरिवी के हो भन्ने कुरा राम्रो संग चिन्नुका साथै भोगेको पनि छ उसलाई हुन्छ जाजरकोटको चिन्ता ? कयौँन पटक जनयूद्धको बेला राती र दिनमा भोको पेटमा हिड्दा फाँटेका चप्पलले जसरी जाजरकोटका प्रत्येक जमिनको विषयमा परिचित हुँदै मध्यपहाडी लोकमार्गको कामलाई केन्द्र र निर्माण स्थलमा गएर विकासमा गडबढ नगर्न सल्लाह दिर्नुका साथै खवरदारी गरिह्यो उही व्यक्तिका काम अर्काले मैले गरेको हुँ भन्दै स्वमित्व लिन खोज्नु दिउँसै हत्केलाले सुर्य छेकेझै हो । केन्द्रबाट पठाएको वजेट सक्न र थोत्रा सामग्री खरिद गरि जनतलाई भ्रममा पार्न र नाफा मात्र लिन खोज्नेविरुद्ध जाजरकोटमा अर्को सेवा विस्तार गरी निरन्तर पहल गर्ने शक्ति बस्नेत साचिकै महान मात्र होईन एक जाजरकोटको गौरवशाली ईतिहासको धराहराका रुपमा लिन सकिन्छ । केही व्यक्तिहरु ५० शैयाको जाजरकोट अस्पताललाई १५ शैयामा बदलेर आफ्नो कावुमा राख्न खोज्नु साँच्चिकै निन्न्दनिय मात्र होईन भत्र्सना जति गरेपनि काम हुने कार्य हो । यसको विरुद्धमा कसैले बोल्ने आँट गरेको देखिदैन । जसले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानको डाक्टरलाई जाजरकोट अस्पतालमा ल्याएर जाजरकोटमा प्रभावकारी सेवा दिन पुर्याएको योगदानलाई मैले गरेको भन्दै जनभ्रम पार्न खोज्दैछन् र अस्पताल चुहिएर उपचार गर्न समस्या परेको देख्दैन्न यो कुरा जाजरकोटीले कहाँ भुल्न सछन् र ? बरु जाजरकोटमा पठाएका नयाँ जनस्वास्थ्य प्रमूखलाई बसका लागि बनाएको कोठा नै कव्जा गरि होटलमा बस्न बाध्य बनाउने विरुद्ध हामीले केही बोल्ने कि नबोल्ने ? [caption id=\"attachment_151459\" align=\"alignleft\" width=\"450\"]
प्रतिकृया लेख्नुहोस्: