Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

‘ज्यानमारा रोबोट’को विकास रोक्न आग्रह, युद्धको तेस्रो क्रान्तिको चेतावनी

\"\"एजेन्सी । सय जनाभन्दा बढी रोबोट विज्ञहरुले \'किलर रोबोट्स\' अर्थात् ज्यानमारा रोबोटहरुको विकास हुनबाट रोक्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अर्बपति एलोन मस्कसहित आर्टिफिसियल इन्टेलिजेन्सका सदस्यहरुले \'युद्धकलासम्बन्धी तेस्रो क्रान्ति\'को चेतावनी समेत दिएका छन् । ११६ जना विज्ञहरुले अस्त्रको रुपमा \'आर्टिफिसियल इन्टेलिजेन्स\'को प्रयोगमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । पत्रमा भनिएको छ, \"त्यसको विकास भयो भने ठूलो स्तरमा सशस्त्र युद्ध हुन सक्छ जुन अहिलेसम्म भएको छैन र त्यो मान्छेको सोचभन्दा पनि तीव्र हुनेछ ।\" \"\" पत्रमा त्यो आतंकवादीहरुको अस्त्र हुन सक्ने र उनीहरुले निर्दोष मानिसहरुविरुद्ध त्यसको प्रयोग गर्न सक्ने खतरा औंल्याइएको छ । ती अस्त्रलाई \'ह्याक\' गरी अवाञ्छित अवस्था सिर्जना गर्न सकिने खतराबारे पनि पत्रमा सचेत गराइएको छ । विज्ञहरुले त्यसविरुद्ध तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले भनेका छन्, \"समस्याहरुको पोको एकचोटि खुलेपछि त्यो बन्द हुन गाह्रो हुनेछ ।\" राष्ट्रसंघले त्यसलाई प्रतिबन्धित अस्त्रहरुको सूचीमा समावेश गर्नुपर्ने विज्ञहरुले बताएका छन् । यस्तो माग गर्नेहरुमा टेस्लाका सह-संस्थापक एवं प्रमुख कार्यकारी मस्क र गुगलका सह-संस्थापक मुस्तफा सुलेमान लगायत छन् । यसअघि स्वचालित अस्त्रबारे छलफल गर्न सोमवारका राष्ट्रसंघको बैठक डाकिएको थियो र अहिले चाहिँ उक्त बैठक नोभेम्बर महिनाका लागि सारिएको छ । राष्ट्रसंघका अरु समितिहरुमा पनि यसअघि हत्यारा रोबोटहरुबारे छलफल भएको बताइन्छ । सन् २०१५ मा एक हजार प्रविधि विज्ञ, वैज्ञानिक तथा सोधकर्ताहरुले पत्र लेखेर त्यस्ता अस्त्रबारे चेतावनी दिएका थिए । \"\" के हो ज्यानमारा रोबोट? यो यस्तो रोबोट हो जसले मान्छेको सहयोग विना नै आफ्नो लक्ष्यलाई निशाना बनाई सिध्याउन सक्छ । अहिलेसम्म त्यसको विकास त भइसकेको छैन तर प्रविधि जगत्‍मा त्यसले मूर्त रुप लिने समय टाढा नभएको विश्वास गरिएको छ । यसको वकालत गर्नेहरुले अस्त्रसम्बन्धी विद्यमान कानूनहरुले नै त्यसबाट उत्पन्न हुने समस्यालाई सम्बोधन गर्न सक्ने बताउने गरेका छन् । तर विरोधीहरुको तर्क छ, ती मानवताका लागि खतरा हुन् र त्यसमाथि प्रतिबन्ध लगाइनुपर्दछ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending