सञ्चारकर्मीहरुको हालत सडक किनाराका ज्योतिषीको जस्तै छ । हस्तरेखा हेर्दै अर्काको भविश्य बताउने ज्योतिषीझैं अन्याय, अत्याचार र भ्रष्टाचारको उछितो काड्ने सञ्चारकर्मीहरुको भविश्यनै अन्धकारमा छ । त्यसैले सानो हिस्सामा रहेको पत्रकारको मात्र होइन, महासंघमा आवद्ध २ तिहाईभन्दा वढी स्ट्रिन्जर रिपोर्टरहरुको हक, हित र अधिकारको सवालमा ज जस्ले आवाज उठाउँछन् । उसैलाई महासंघको जिम्मेवारी प्रदान गरौं । राजनीतिकआस्था, विचार र निकटताको आधारमा कसैको रबर स्ट्याम्प बन्ने होइन, पीडित सञ्चारकर्मीहरुको हक, हित, अधिकार र उन्नतिको पक्षमा वकालत गर्ने इच्छाशक्ति भएकालाई महासंघको आगामी नेतृत्व प्रदान गरौं ।श्रमजीवि पत्रकार ऐनले मिडिया हाउसमा कार्यरत १ हजार ५ सय ८३ जनाका साथै जिल्लामा खटिएका औंलामा गन्नसकिने पत्रकारलाई समेटिने स्थिति छ । जिल्लामा पनि श्रेणी विहीन कर्मचारीको भन्दा पनि चुत्थो कलमको तलबमा काम गरिरहेका छन् । श्रमजीवि ऐनले मिडिया हाउसमा कार्यरत पत्रकारहरुको नियुक्ती, रोजगारीको सुनिश्चितता र तलबको कुरा उठाएका छन् तर स्ट्रिन्जर रिपोर्टरको हकमा उक्त ऐनमा खासै उल्लेख छैन । नेपाल पत्रकार महासंघबाट १० हजार ७७ जनामध्ये स्ट्रिन्जर रिपोर्टरभई करिब ८ हजारभन्दा बढी पत्रकार मोफसलमा कार्यरत छन् । महासंघमा आवद्ध २ तिहाईभन्दा वढी पत्रकारको हक, हित र अधिकारको सन्दर्भमा जारी २५ औं महाधिवेशनमा कुनैकुरा उठाएका छैनन् । फलस्वरुपः यसपटकको महाधिवेशन पनि कसैलाई पदमुक्त र कसैलाइ पदस्थापन गराउने कर्मकाण्डिय महाधिवेशनमै सिमित हुने भएको छ । स्ट्रिन्जर रिपोर्टरहरु प्रकाशित/प्रसारित समाचारको आधारमा मिडिया हाउसबाट पारिश्रमिक लिन्छन् । हरेक मिडिया हाउसमा प्रत्येक दिन स्ट्रिन्जर रिपोर्टरले पठाएको समाचारको आईरो लाग्छ । घट्टमा मकैको ओइरो लागेझैं इमेल, फ्याक्स र एफटीपी मार्फत समाचार पुगिरहेका छन् । जे होस्, स्ट्रिन्जर रिपोर्टरले नेपालको संचार माध्यम धानेको छ । उनीहरु घामपानी, वनजगल र वर्षादको कुनै पर्वाह नगरी समाचार संकलन गर्छन् । सेवा सुविधाविहीन सञ्चारकर्मीहरुको हक, हित र अधिकारको सवालमा पत्रकार महासंघले नै आवाज उठाउँदैनन् भने महासंघको चालु महाधिवेशनको औचित्य के ? आम संचारकर्मीहरुले औंला ठड्याउन थालेका छन् । स्ट्रिन्जर रिपोर्टरले घर घडेरी बेचेर लिएको क्यामेरा, ल्यावटप, रेकर्डरले नेपालको संचार माध्यम चलेको छ । यसरी लिएको सञ्चार सामाग्रीमा मिडिया हाउसको लोगो झुण्ड्याई दिनुपर्छ, सञ्चारकर्मीले । सञ्चार सामग्री लुटिए, बिग्रिए वा नासिएमा मर्मत सम्भारसम्म गर्दैनन्, सञ्चारगृहले । अनेक किसिमका विध्न, बाधा र समस्या नै समस्याको चाङमा उभिएका स्ट्रिन्जर रिपोर्टरहरु मिडिया क्षेत्रबाट बाहिरिँदा रित्तो हात लिएर फर्किरहेका छन् । जागिरको कुरा उठाउने बित्तिक्कै स्ट्रिन्जर रिपोर्टरहरु नाजबाफ भएर बस्नुपर्ने बाध्यता छ । बाहिर कसैलाई पोसाईरहेको आरोप श्रीमतिबाट खेप्नु परिरहेका छन् संचारकर्मीहरुले । सुविधा सम्पन्न अन्तराष्ट्रिय सञ्चार माध्यमसँग प्रतिस्पर्धा गर्नुपर्ने नैतिकजिम्मेवारी बोकेको नेपालको सञ्चार माध्यम र सञ्चारकर्मीहरुको हालत यस्तो छ । [caption id=\"attachment_148540\" align=\"alignleft\" width=\"350\"] लेखक[/caption] कुरा त्यतिमात्र होइन, मिडिया हाउसले मनलागि पारामा नै सञ्चारकर्मी राख्ने र निकाल्ने जस्ता काम गरिरहेका छन् । संचारगृह नै पिच्छेको मनलागि पारिश्रमिक दर त छँदैछ, कतिपय सञ्चारगृहले पारिश्रमिकसम्म दिँदैनन् । समग्रमा भन्नुपर्दा नेपालको सञ्चार क्षेत्र राणा शासनको आभाष दिलाउने खालको छ । जुन कुरा नेतृत्व लिइसकेका र लिने क्रममा रहेकाहरुका साथै आम सञ्चारकर्मीहरुलाई सर्वविधित नै छ । नेतृत्व लिन तयार भएकाहरुले नै महाधिवेशनमा यसबारे एक शब्द बोल्दैनन् भने यो भन्दा लाज मर्दो कुरा अरु के नै होला ? के सञ्चारकर्मीहरुदासी नै हुन त ? सञ्चारकर्मीहरुले वर्षौंदेखि यस्तो नियत्ति भोगिरहँदा पनि पदाधिकारीहरु सञ्चारगृहकै इशारामा किन चल्छन् ? आम सञ्चारकर्मीहरुले औंला ठड्याउनु पर्ने बेला आएको छ । सञ्चारकर्मीहरुको हालत सडक किनाराका ज्योतिषीको जस्तै छ । हस्तरेखा हेर्दै अर्काको भविश्य बताउने ज्योतिषीझैं अन्याय, अत्याचार र भ्रष्टाचारको उछितो काड्ने सञ्चारकर्मीहरुको भविश्यनै अन्धकारमा छ । त्यसैले सानो हिस्सामा रहेको पत्रकारको मात्र होइन, महासंघमा आवद्ध २ तिहाईभन्दा वढी स्ट्रिन्जर रिपोर्टरहरुको हक, हित र अधिकारको सवालमा ज जस्ले आवाज उठाउँछन् । उसैलाई महासंघको जिम्मेवारी प्रदान गरौं । राजनीतिकआस्था, विचार र निकटताको आधारमा कसैको रबर स्ट्याम्प बन्ने होइन, पीडित सञ्चारकर्मीहरुको हक, हित, अधिकार र उन्नतिको पक्षमा वकालत गर्ने इच्छाशक्ति भएकालाई महासंघको आगामी नेतृत्व प्रदान गरौं । यसैमा सञ्चारकर्मीहरुको उत्थान र उन्नति सम्भव छ । अन्यथा, न्याउरीमारी पछुताएझैं नहोला भन्न सकिन्न ।
प्रतिकृया लेख्नुहोस्: