Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

ट्रम्पको जताततै आलोचना नै अालाेचना

\"\"अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र दक्षिणपन्थी प्रदर्शनकारी र उनीहरुका प्रतिद्वन्दीबीच श्यार्लोट्सभिलमा भएको घातक हिंसाका लागि दुवै पक्ष जिम्वेवार रहेको प्रतिक्रिया दिएपछि उनको देशभित्र र बाहिर आलोचना भइरहेको छ । दुईवटा सल्लाहकार समूहबाट अग्रणी व्यवसायीहरुले धमाधाम राजीनामा दिएपछि राष्ट्रपति ट्रम्प ती दुवै निकाय भंग गरिएको घोषणा गर्न बाध्य भएका छन् । एउटा दुर्लभ विज्ञप्तिमा दुई पूर्व अमेरिकी राष्ट्रपतिहरु जोर्ज बुश सिनियर र उनका छोरा जोर्ज डब्लु बुशले अमेरिकी नागरिकहरुलाई जातिवाद र यहुदी विरोधी धारणा अस्वीकार गर्न अपिल गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले जातीय घृणा र द्वेष जहाँ प्रकट भएपनि तीनीहरुलाई चुनौती दिइनुपर्ने भन्ने कैयौँ युरोपेली नेताहरुको टिप्पणीप्रति समर्थन जनाएका छन् । राष्ट्रपति ट्रम्पले श्रृंखलावद्ध राजीनामाहरुपछि आफूलाई सल्लाह दिने अग्रणी उद्योगीहरुका दुईवटा समूह भंग गरिएको घोषणा गरेका छन् । \'म्यानुफ्याक्चरिङ काउन्सिल\' र \'स्ट्राटेजिक पोलीसी फोरम\' नामक ती दुई समूहबारे धेरै अमेरिकीहरु जानकार नहुन पनि सक्छन् । तर ती समूहहरुमा गिनेचुनेका अमेरिकी उद्यमीहरु आवद्ध थिए । उनीहरु मध्ये कैयौंले श्यार्लोट्सभील घटनालाई लिएर ट्रम्पले दिएको अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै राजनीनामा दिएका थिए । अरु थप उद्यमीले राजीनामा दिनुभन्दा पहिले नै राष्ट्रपति ट्रम्पले ती निकायहरु विघटन गरेका हुन् । तर पछिल्लो निर्णयले राष्ट्रपति ट्रम्पलाई असहज महसुस गराउने मात्र नभइ \'अमेरिकालाई पुन: महान बनाउने\' उनको सपनामा नै ठेस लगाउनसक्ने देखिन्छ । किनभने अमेरिकामा रोजगारी र उद्योगहरु ल्याउने आफ्नो वाचा पुरा गर्न उनलाई उद्योगी तथा व्यवसायीको समर्थनको आवश्यकता पर्नेछ । त्यसबाहेक दुई जना पूर्व रिपब्लिकन राष्ट्रपतिहरुले विरलै आउने एउटा संयुक्त वक्तव्यमा अमेरिकाले यहुदी विरोधी धारणा र सबै प्रकारका घृणालाई अस्वीकार गर्नुपर्ने जनाएका छन् । त्यसअघि कैयौँ वरिष्ठ रिपब्लिकन नेताहरुले श्यार्लोट्सभिलमा नवनाजी प्रदर्शनकारी र उनीहरुका विरोधीबीच भएका हिंसालाई जोडेर दुवै पक्षलाई दोषारोपण गरेकोमा ट्रम्पको आलोचना गरेका थिए । एक जना उग्रवादी दक्षिणपन्थीले प्रदर्शनकारीको भिडमा कार चलाएपछि हेदर हेयरले ज्यान गुमाएकी थिइन् । एउटा शक्तिशाली र मन छुने शोक सन्देशमा हेदरकी आमाले भनेकी छन्, \"उनीहरुले मेरी छोरीको आवाज बन्द गर्न उनको हत्या गरे। तर हेर्नुस त उनीहरुले उसको आवाज अझै कति सशक्त बनाइदिए ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending