Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

तराईका बाढी पीडितका लागि हिमाली भेगमा १ लाख राहत रकम उठ्यो

\"\"जुम्ला । अविरल वर्षाले धनजनको क्षति भएका पहाडी र तराईका पहिरो तथा बाढीपीडित घरपरिवारका लागि जुम्लामा रु एक लाख राहत संकलन गरिएको छ । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको नेतृत्व र जिल्ला प्रशासन कार्यालय, प्रहरी, कृषि, शिक्षा, पशुसेवा कार्यालयको सहभागितामा रु ५० हजार २०० रकम सोमबार संकलन गरिएको हो । त्यस्तै, नागरिक समाज, जुम्लाका संयोजक राजबहादुर महतको संयोजकत्व र युवा क्लबहरुको सहभागितामा रु २९ हजार ८७० राहत संकलन गरिएको छ । अनेरास्ववियु, जुम्लाले रु १५ हजार ५०० राहत संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारीले संकलित रु ५० हजार २०० राहत रकम नगरपालिकाका प्रमुख कान्तिका सेजुवाललाई हस्तान्तरण गरेका छन् । सो रकम ग्रहण गर्दै नगरप्रमुख सेजुवालले आज पनि राहत संकलन गर्ने र त्यससँगै नगरपालिकाको केही रकम थपेर जिल्ला दैवी प्रकोप उद्धार कोष, जुम्लाको खातामा जम्मा गर्ने बताए । प्रजिअले आज बैठक बसी जुम्लामा नगरपालिका, विद्यार्थी संगठन, नागरिक समाज र क्लबले उठाएको रकम एकीकृत गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने बताए । बाढीपहिरो पीडितलाई जतिसक्दो सहयोग गर्न चन्दननाथ नगरपालिका र जुम्लाले जुम्लीवासीलाई अपिल गरेका छन् । जुम्लामा ॐ शान्ति संस्थाले पनि बाढीपीडितका लागि रकम संकलन गरेको छ । यद्यपि जम्मा भएको सबै रकम जिल्ला प्रशासन कार्यालय जुम्लालाई हस्तान्तरण गरिने जनाइएको छ । राहत संकलन कार्यमा जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेरा, वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेल, वरिष्ठ पशु विकास अधिकृत माधवप्रसाद अर्याल, प्रहरी नायब उपरीक्षकत्रय गुरुविष्णु काफ्ले, प्रेम भण्डारी र प्रकाश शाहसहित सहभागी थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE