Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

अब नेपालमा पोलिथिन झोलाबाटै पेट्रोलियम पदार्थ

\"\"ललितपुर । घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन पेट्रोलियम पदार्थका लागि कच्चा सामग्री हुन सक्छ । पोलिथिनबाट पेट्रोल बनाउन सकिन्छ भने कुरा सुन्दा अपत्यारिलो लाग्न सक्ला । तर यो वास्तविकता हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यसको सफल परिक्षण गरिसकेको छ । यस सम्बन्धी आवश्यक प्रविधि भित्र्याएर पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थ प्रशोधन गर्न सफल भइसकेको प्रतिष्ठानले जनाएको छ । पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रविधि नेपालमा सफल भइसकेको प्रतिष्ठानअन्तर्गत प्रविधि महाशाखा प्रमुख डा सुरेशकुमार ढुंगेलले बताए । एक किलोग्राम प्लास्टिकबाट आठ सय मिलिलिटर भन्दा बढी पेटो«लियम पदार्थ उत्पादन भइरहेको पनि उहाँले बताए । तेलको गुणस्तर र प्रयोग कहाँ एंव कसरी गर्ने भन्ने विषयमा अहिले अध्ययन÷अनुसन्धान भइरहेको छ, उनले भने, “यी विषयमा पनि अध्ययन सकिएपछि हामी स्थानीय निकायसँग सहकार्य गरेर सहरी क्षेत्रमा थुप्रिएका प्लास्टिकको व्यवस्थापनतर्फ लाग्नेछौं ।” पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने कुरा नेपालका लागि नयाँ विषय भए पनि विश्वका लागि भने होइन । पेट्रोलियम पदार्थबाट नै पोलिथिन बन्ने भएकाले पोलिथिनलाई तताएर फेरि पेट्रोलियम पदार्थ बनाउन सकिन्छ । नेपालमा दुई वर्ष पहिले प्रतिष्ठान र ‘इको प्लास्टिक जापान’ नामक संस्थाबीच यो क्षेत्रमा अध्ययनका लागि सहमति पत्रमा हस्ताक्षर भएको थियो । ‘सुरुको वर्षमा एक किलो झोलालाई मात्रै प्रशोधन गर्ने मेसिन थियो, अहिले प्रतिष्ठान आफैँंले १० किलो प्रशोधन गर्न मिल्ने मेसिन खरिद गरेको छ,’ उनले भने, “अध्ययन सकिएपछि प्लास्टिकको व्यवस्थापनका लागि टन प्रशोधन गर्ने मेसिन खरिद गर्नुपर्छ ।” पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने हो भने यसबाट दोहोरो फाइदा लिन सकिन्छ, डा ढुंगेलले भने ‘खपत भएका पोलिथिनको व्यवस्थापन हुँदा वातावरणमा स्वच्छता र सफाइमा सहयोग पुग्न छ भने पेट्रोलियम पदार्थको उत्पादन स्वदेशमै हुनेछ ।’ “भोलि सबै प्लास्टिकलाई प्रशोधन गर्दा आयात हुने पेट्रोलियम पदार्थको मात्रा समेत कम गर्न सकिनेछ,” उनले भने । अहिले नगरपालिकाको संख्या ह्वात्तै बढेको छ । फोहोरमैलाको व्यवस्थापन नयाँ नगरपालिकाका लागि प्रमुख चुनौती भएको सन्दर्भमा दुई÷चारवटा नगरपालिका मिलेर पोलिथिन प्रशोधन गर्ने उपकरण किन्न र सञ्चालन गर्न सकिन्छ, यसबाट फोहरमैला समेत व्यवस्थापन हुने दावी डा ढुंगेलको छ । उनले भने, “खरिद गर्न रकम मिलाएर हालेर सबैलाई पायकपर्ने ठाउँमा प्रशोधन केन्द्र चलाउन सकिनेछ ।” प्रतिष्ठानले स्थानीय निकायसँग सहकार्य बढाउने पनि उनले बताए । पोलिथिन झोला प्रशोधन गर्ने खर्च पेट्रोलियम पदार्थले नै पु¥याउनेछ डा ढुंगेलले भने । रासस  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE