Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

यसरी भयो राज्यको ढुकुटी स्वाहा: कसले कति बाँडे

\"\"काठमाडौं । सरकार फेरिएपिच्छे आर्थिक सहायताका नाममा आफ्ना नेताकार्यकर्तालाई रकम बाँडेर राजनीतिक दलहरूले राज्यकोष दुरुपयोग गरिरहेका छन्। २०७२ माघयता बनेका तीनवटा सरकारले राज्यकोषबाट २७ करोड २३ लाख रुपैयाँ कार्यकर्तालाई बाँडेका छन् । कानुनबिना गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले निर्णय गरी वितरित आर्थिक सहायता पहुँचवालाको हातमा पुगेको हो। रकम लिनेमा मन्त्री, पूर्वमन्त्री, सांसददेखि कार्यकर्तासम्म छन्। तीनवटा सरकारमध्ये सबैभन्दा धेरै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले बाँडेको छ। अाजको नागरिक दैनिकमा खबर छ-हाल नेतृत्वको माओवादी केन्द्र र कांग्रेस गठबन्धन सरकारले १६ करोड ७१ लाख रुपैयाँ बाँडेको थियो। पूर्ववर्ती प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधि सरकारले अन्य सरकारको तुलनामा धेरै रकम बाँडेको देखिन्छ। यसरी रकम लिनेमा धनुषा, डडेलधुरा, सिरहालगायतका जिल्लाका व्यक्ति धेरै छन्। धनुषा तत्कालिन गृहमन्त्री निधी र डडेलधुरा कांग्रेस सभापति शेर वहादुर देउवाको गृह जिल्ला हुन् भने दाहाल सिरहाबाट दोस्रो संविधानसभाको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। दाहालले २०७३ साउन १९ देखि २०७४ जेठ २३ सम्म सरकारको नेतृत्व गरेका थिए। दाहालअघि एमाले र माओवादी केन्द्र गठबन्धनमा बनेको सरकारको नेतृत्व केपी शर्मा ओलीले गरेका थिए। गृहमन्त्री माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत थिए। ओली नेतृत्वको सरकारले गृह मन्त्रालयमार्फत आर्थिक सहायता शीर्षकमा ४ करोड २१ लाख रुपैयाँ बाँडेको थियो। २०७२ असोज २५ देखि २०७३ साउन १९ सम्म ओली सरकारको नेतृत्वमा थिए। उनको शासनकालमा पूर्वप्रधानमन्त्री तुलसी गिरीले २० लाख रुपैयाँ लिएका थिए। त्यसैगरी रुपन्देहीका छवि नेपाल र झापाका भक्ति सिटौलाले ५–५ लाख रुपैयाँ लिएका थिए। २०७२ माघ १३ को मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई ओली र बस्नेतले रकम बाँडेको देखिन्छ। गृहमन्त्री बस्नेतले २०७३ जेठ २ मा ४४ जनालाई ५० हजार देखि १० लाख रुपैयाँसम्म रकम बाँडेका छन्। यस क्रममा धरानका नरेश शाक्यलाई १० लाख, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ५ लाख, इलामका मुनाकुमारी गिरीलाई ४ लाख रुपैयाँ दिइएको थियो। झापा, सर्लाही, धनुषा, बाँके, सर्लाही, रौतहट, जाजरकोटका व्यक्तिले रकम बुझेको देखिन्छ। ओलीअघि कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले ६ करोड ३१ लाख रुपैयाँ बाँडेको थियो। त्यतिबेला एमालेका वामदेव गौतम गृहमन्त्री थिए। सहायता रकम पाउनेमा गृहमन्त्रीसँग पहुँच राख्ने धेरै थिए। कोइराला नेतृत्वको सरकारले २०७२ जेठ १४, असार ४ र साउन १४ गते रकम बाँड्ने निर्णय गरेको थियो। साउन १४ को मन्त्रिपरिषद् बैठकले निर्णय गरी एकै दिन ७५ जनालाई ५० हजार देखि १५ लाख रुपैयाँसम्म बाँडेको देखिन्छ। त्यतिबेला रकम लिनेमा महोत्तरी, बारा, पर्सा, बाँके, प्युठान, उदयपुर, धनकुटा, बर्दिया, चितवन, अर्घाखाँची, कास्की, नुवाकोट, कपिलवस्तु, सल्यान, नुवाकोटलगायत जिल्लाका व्यक्ति छन्। कोइराला नेतृत्वको सरकारले अदालतबाट भ्रष्टाचार ठहर भइसकेका पूर्वमन्त्री खुमबहादुर खड्कालाई १५ लाख रुपैयाँ दिएको थियो। त्यसैगरी सभासद् मेघराज नेपालीले १५ लाख, पूर्वसांसद सोहनप्रसाद चौधरीले १५ लाख, पूर्वसभासद् चन्द्रबहादुर गुरुङले १५ लाख रुपैयाँ लिएको देखिन्छ। गृहको तथ्यांकअनुसार सरकारले जाँदाजाँदै असोज १, १४, २२, मा एकैदिन निर्णय गरी आर्थिक सहयोग दिएको देखिन्छ। गृहमन्त्री भएका बेला गौतमले २०७२ असोज १४ मा१ सय ७८ जनालाई १ लाख देखि १५ लाख रुपैयाँसम्म बाँडेका थिए। सुशील कोइराला २०७० माघ २८ देखि २०७२ असोज २४ सम्म सरकारको नेतृत्वमा थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE