Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

महिलाहरू अातंकितः रहस्यमय शक्तिले बेहोस बनाएर कपाल काट्यो

\"\"नयाँ दिल्ली । भारतका केही स्थानमा महिलाहरु आतंकित छन् । बेहोस बनाएर रहस्यमय शक्तिले महिलाको कपाल काटिदिने गरेको घटना एकपछि अर्को थपिदैं गएपछि आतंक मच्चिएको हो । हरियाणा र राजस्थानका ५० भन्दा बढी महिलाको कपाल त्यसरी काटिएको हो । पीडित महिलाका अनुसार कसैले उनीहरुलाई बेहोस बनाएर रहस्यमय तरिकाले कपाल काटिदिएको हो । प्रहरीले यस विषयमा अनुसन्धान थाले पनि कपाल कसले काटेको हो भन्ने प्रष्ट हुन सकेको छैन । हरियाणा राज्यको गुडगाउँस्थित भीमगढ इलाकामा बस्दै आएकी ५३ वर्षीय सुनिता देवीले भनिन्, ‘एक चम्किलो फ्ल्यास लाइटबाट म बेहोस भएँ, एक घण्टापछि मलाई थाहा भयो कि मेरो कपाल कसैले काटिसकेछ ।’ गत शुक्रबार उनीमाथि भएको सो हमलापछि आतंकित भएकी उनले भनिन्, ‘त्यो घटनापछि मलाई निन्द्रा लागेको छैन । कुनै काम गर्न मन लाग्दैन । राजस्थानमा यस्तो घटना भएको मैले सुनेकी थिएँ तर यहाँ पनि यस्तो हुन्छ भन्ने मैले सोचेकै थिइनँ ।’ यस्तो ‘काल्पनिक हजाम’ को पहिलो समाचार जुलाइमा राजस्थानबाट आएको थियो । तर यस्ता खबर अब हरियाणा र दिल्लीमा पनि आउन थालेका छन् । अर्की एक महिला आशादेवीले पनि गत शुक्रबार नै आफ्नो कपाल गुमाइन् । आशादेवीमाथि भएको सो घटनालगत्तै उनी र परिवारका अन्य महिला सदस्यलाई उत्तर प्रदेशस्थित आफन्तको घरमा पठाइएको छ । आशादेवीका ससुरा सुरज पालले उक्त दिनको घटना सम्झदै भने, ‘उनी राति १० बजेतिर घरबाहिर काम गर्दै थिइन् । आधा घण्टासम्म पनि नआएपछि उनलाई खोज्न थाल्यौं । उनी बाथरुपमा बेहोस अवस्थामा फेला परिन् । उनको कपाल काटिएको थियो ।’ होस खुलेपछि आशाले आफूलाई कुनै महिलाले आक्रमण गरेको बताइन् । उनले भनिन्, ‘१० सेकेन्ड जतिमा सबै कुरा भइसकेको थियो ।’ गुडगाउँबाट ७० किलोमिटरको दुरीमा रहेको रेवाडी जिल्लामा पनि यस्तै घटना प्रकाशमा आएको छ । जोनवासा गाउँकी २८ वर्षीय रिनादेवीका अनुसार उनीमाथि गत बिहीबार हमला भएको थियो । उनका अनुसार उनीमाथि मानिसले नभई बिरालोले हमला गरेको थियो । ‘म आफ्नो काम गरिरहेकी थिएँ, त्यतिबेला नै मैले एउटा ठूलो आकृति देखेँ,’ उनले भनिन्, ‘बिरालोजस्तै थियो त्यो, मेरो काँधमा केही भारी महसुस भयो, मलाई यतिमात्र याद छ ।’ खडखडा गाउँकी ६० वर्षीय सुन्दरदेवी शनिबार यस्तै घटनामा पीडित अर्की महिला हुन् । उनले भनिन्, ‘म छिमेकीको घरमा गइरहेकी थिएँ, पछाडिबाट कसैले मलाई काँधमा छोयो, म पछाडि फर्किएर हेर्दा कोही देखिएन । त्यसपछि के भयो भन्ने मलाई थाहै भएन ।’ २८ वर्षीय रिमादेवीका अनुसार गत बिहीबार उनको कपाल काटिदा उनी मोबाइलमा गेम खेल्दै थिइन् । उनले भनिन्, ‘मेरो पति र बच्चा कोठामै थिए । कपाल तानिएको जस्तो महसुस भयो, पछाडि फर्किएर हेर्दा मेरो कपाल काटिएको थियो ।’ गुडगाउँ प्रहरी प्रवक्ता रविन्दर कुमारका अनुसार प्राप्त उजुरीमाथि छानविन भइरहेको छ । ‘यो विचित्र घटना हो, हामीले घटनास्थलबाट कुनै तथ्य फेला परेको छैन । पीडितको मेडिकल टेस्टमा पनि कुनै प्रकारको असामान्य लक्षण देखिएको छैन ।’ कसैले कथित हमलाकारीलाई नदेख्नुबाट पनि अनुसन्धानमा जटिलता भएको उनले बताए । उनले भने, ‘केवल पीडितले हमलाकारीलाई देखेको वा महसुस गरेको भनेका छन्, हामी यस्ता घटनाको गहिराईमा पुग्छौं । त्यतिन्जेलसम्म म सबैलाई हल्लामा विश्वास नगर्न अपील गर्दछु ।’ बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE