Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

विमान खसाल्न विषाक्त ग्याँस या बम प्रयोग गर्ने तयारी भएको खुलासा

\"\"सिड्नी । अष्ट्रेलियाको एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनाका दोषीले उक्त विमानलाई विषाक्त ग्याँस वा बम पड्काएर खसाल्ने योजना बनाएको बताएका छन् । उक्त बम अपहरणगरी खसाल्ने योजना बनाएका उनीहरुसँगको बयानमा प्रहरीले उक्त तथ्य पत्ता लागेको जनाएको छ । त्यसमा संलग्न भएको आशङ्कामा सिड्नी क्षेत्रबाट कैयौँलाई पक्राउ गरेको छ । आइतबार बिहान प्रहरीले चार जनालाई गिरफ्तार गरेको जनाएको थियो । उनीहरुले यसरी विमान खसाल्ने योजना बनाएको तथ्य खुलेको प्रहरीलाई उद्धृतगर्दै अष्ट्रेलियाली पत्रिकाले सोमबार जनाएका छन् । यस विषयमा अनुुसन्धान सुरु गरिएको र अनुसन्धानकर्ताले उक्त हमलाको तयारीमा विस्फोटक सामग्रीको प्रयोग गर्ने योजना बनाइएको थाहा भएको बताएका थिए । पक्राउ परेकामध्येका दुइजना लेबनानी मूलका अष्ट्रेलियन नागरिक हुन् । उनीहरुका बुबा अष्ट्रेलियाली र आमा लेबनानी रहेका छन् । पक्राउ परेका मध्येका दुई जनाले सो खुलासा गरेका छन् । उक्त आतङ्कवादी हमलाको योजना प्रहरीले आइतबार बिहानै असफल बनाएको जनाएपछि अष्ट्रेलियाका सबै विमानस्थलमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । अष्ट्रेलियाको प्रहरीले विस्फोटक सामाग्रीको प्रयोग गरी विमानलाई खसाल्न लागिएको सूचनाका आधारमा गरिएको खोजीमा उक्त खतरनाक योजनाको पर्दाफास भएको जनाएको थियो । सोमबार पनि यहाँको सरक्षा व्यवस्था निकै नै कडा पारिएको जनाएको छ । अष्ट्रेलियाली सरकारले आतङ्कवाद विरोधी कारबाही अन्तर्गत सो योजना विफल बनाउन प्रहरी सफल भएको भन्दै अब विमानस्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइने हिजो नै बताएको थियो । भारी हातहतियारले सुसज्जित प्रहरी र अष्ट्रेलियाको घरेलु गुप्तचर निकायका सदस्यहरुले सिड्नीका विभिन्न ठाउँमा छापा मारेर कैयौं व्यक्ति पक्राउ गरेका छन् । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन । अष्ट्रेलियाको राजधानी सिड्नीबाट प्राप्त समाचारहरुमा सिड्नी सहर र यहाँका विमानस्थलमा थप सुरक्षाकर्मी बढाइएको छ । सरकारले यात्रुहरुलाई धैर्य धारण गर्न र हतास नभई यात्रा गर्न आग्रह गरेको छ । रासस/एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending