Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

गृहमन्त्री शर्माको ध्यान बाढीपीडित र महिला हिंसाप्रति

\"\"काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले मुलुकमा बाढीपहिरो र महिलामाथिको हिंसाका घटना बारम्बार भएकोप्रति गम्भीरतापूर्वक चासो र चिन्ता लिएको बताएका छन् । व्यवस्थापिका–संसद्मा समय माग गरेर बौल्दै उनले बर्खाको समयमा बाढी पहिरोमा परेका पीडित र देशका विभिन्न स्थानमा महिलामाथि भएका हिंसाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । गृहमन्त्री शर्माले मुलुकका विभिन्न स्थानमा बाढी पहिरोका कारण भयावह स्थिति सिर्जना भएको र बाढीले क्षति पु¥याएका पीडितलाई सहयोग गर्न विपद् व्यवस्थापनको बैठक बसी काम गरिरहेको जानकारी समेत गराएका छन् । राष्ट्रिय परिचयपत्रमा आमा नाम छुटाइएको भन्ने विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले भने–“राष्ट्रिय परिचयपत्रमा आमाको मात्र होइन, हजुरआमाको नाम पनि राखिएको छ ।” परिचयपत्र नेपाली र अंगे्रजी दुवै भाषामा बनाएको उनले जानकारी दिए । गृहमन्त्री शर्माले देशका विभिन्न जिल्लामा महिला हिंसाका घटना भइरहेकोप्रति निकै मर्माहत भएको उल्लेख गर्दै भने –“महिलामाथिको हिंसा भत्र्सना गर्नेखालको मात्र नभई, मानव सभ्यताको कलंकका रुपमा रहेको छ, यस्ता मानवताविरोधी अपराध अनुसन्धान गरी कारबाही हुन्छ ।” महिलामाथि हुने हिंसा रोक्नका लागि अपराध अनुसन्धान र सजाय हुँदाहुँदै पनि यस्ता घटना नरोकिएको भन्दै उनले भोजपुर, खोटाड बाँकेलगायत जिल्लामा घटेका घटनाका दोषीलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री शर्माले महिलामाथि हुने हिंसा रोक्नका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय सरकारमा समेत छुट्टै महिला डेस्क स्थापना गर्न जरुरी देखिएको हुनाले त्यो काम गर्ने तयारी भइरहेको बताएका छन् । दाइजोका नाममा जिउँदै जलाइनु, आफ्नै पतिबाट श्रीमतीको हत्या हुनु, बालिका बलात्कारजस्ता जघन्य अपराधका घटना बढ्दै गएकाले त्यसलाई रोक्न कडाभन्दा कडा कानुन बनाउन व्यवस्थापिका–संसद्अन्तर्गतका समितिलाई समेत उनले आग्रह गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE