Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

जनप्रतिनिधिको अत्याचारः निर्वाचित भएको दुई साता नवित्दै १२ कर्मचारीको जागिर चैट

\"\"सोलुखुम्बु । स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएको दुई साता नबित्दै १२ जना कर्मचारी जागिरबाट बाहिरिनु परेको छ । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको एकल निर्णयले करारमा रहेका १२ जना कर्मचारी जागिरबाट बाहिरिनु परेको हो । जिल्लाको एकमात्र नगरपालिकामा करारमा रहेका कर्मचारीहरुमा इन्जीनियर सजिना शेर्पा, सवइन्जीनियर ऋषिकेश तुम्रोक, अ.सब इन्जीनियर शरण कुमार राई, अमिन राजकुमार ढकाल, खरिदार चक्रबहादुर बस्नेत, सवारी चालक कुल बहादुर श्रेष्ठ, कार्यालय सहयोगीहरु डम्बर बहादुर खड्का, दिलबहादुर खत्री, धनकमारी गौतम, मलिशोभा राई, पुर्णीमा भुजेल र प्रविन बस्नेत छन् । पीडित कर्मचारीहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘नगरप्रमुखको आदेश नियमविपरीत भएको आरोपसहित आइतबारसम्म मौखिक निर्णय नसच्चाए नगरपालिकामा तालाबन्दी गर्छौ ।’ १२ जना कर्मचारीहरुलाई प्रमुख शेर्पाले मौखिक रुपमा करार अवधि नबढाउने मौखिक जानकारी गराएका छन् । एक पीडित कर्मचारी इन्जीनियर सजिना शेर्पाले खबरडबलीसँग भनिन् ‘प्रमुख ज्यूको कार्यकक्षमा गएर असार सकिएसँगै हाम्रो करार सकिन्छ काम पनि धेरै छ के हुन्छ भनेर सोधेको उहाँले सिधै भन्नुभयो काम नगनुृहोस् तपाईंहरु जाँदा हुन्छ ।’ प्रमुख नाम्गेल जाङ्बु शेर्पाले भने ‘करार अवधि सकियो मैले वहाहरुलाई अवकाश दिएको होईन स्वत नियमले करार सकिएसंगै सेवा अवधि सकिएको हो ।’ करार सकिएका कर्मचारीहरुमध्ये पनि केहि कर्मचारीलाई मेयर शेर्पाले छुट्टै बोलाएर करार थप गर्ने आश्वासन दिएपछि उनीहरुले कार्यालयको काम गरेको सव इन्जीनियर ऋषिकेश तुम्रोकले आरोप लगाएका छन् । तर नगरप्रमुख शेर्पाले भने कोही कसैलाई आश्वाशन दिने र कारबाही गर्ने केही नगरेको दाबी गरेका छन् । उक्त नगरपालिका मेयर शेर्पा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपमेयर कल्पना राई एमालेबाट निर्वाचित भएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE