Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

न्यूयोर्कमा तेस्रो पटक ट्राभेलिङ किम्फ, संकलित रकम सिन्धुपाल्चोकको विद्यालयमा सहयोग

\"\"न्यूयोर्क । पाँच वटा फरक र मौलिक कथा वस्तुमा आधारित वृत्तचित्र देखाउँदै काठमाडांै माउन्टेन फिल्म फेष्टिबल, घुम्ति किम्फ न्यूयोर्कमा यही जुलाइ ८ तारिक सम्पन्न भएको छ । हिमाल एशोसिएन, नेपालको आयोजना र न्यूयोर्कबाट प्रकाशन हुने एभरेष्ट टाइम्स् पत्रिकाको सह–आयोजनामा तेस्रो पटक न्युयोर्कमा घुम्ति किम्फको देखाईएको हो । सन् २०१५ मा घुम्तिकिम्फको अन्तर्राष्ट्रिय संस्करण हङकङबाट शुरु गरिए यता न्युयोर्कमा पनि हरेक वर्ष सह–आयोजना गर्दै आएको छ । घुम्ती किम्फमार्फत नेपाली जनजीवन तथा मौलिक कला संस्कृतिमा आधारित रहेर बनाईएका वृत्तचित्रले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने स्थानीय आयोजक संस्थाका आङछिरिङ शेर्पाले बताए । उनकाअनुसार यो पटकको घुम्ती किम्फ प्रदर्शनीबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बुस्थित एक विद्यालयलाई सहयोग गरिनेछ । बिगत बर्षहरुमा आयोजित घुम्ती किम्फबाट संकलित रकम सोलुखुम्बुको चाँगे स्थान माध्यमिक विद्यालय केरुङ र सल्लेरीको सेर्गा वागाम प्राथमिक विद्यालयलाई सहयोग प्रदान गरिएको थियो । घुम्ती किम्फको तेस्रो संस्करणमा पत्रकार देवकी विष्टको ’इन सर्च अफ देउकी’, उपेन्द्रराज पाण्डे र बद्री न्यौपानेले ’वियोण्ड द हृवाइटक्यान’, ज्योति केशरसिंह ठकुरीको ‘भुषको लोग्ने’, घनश्याम खतिवडाको ’बाह्रखरी लौरो’ र रघुवर नेपाल र शिवशरण कोइरालाको ’मेला’प्रदर्शन भए । ’इन सर्च अफ देउकी’माविगतमा सुदुर पश्चिममा बिद्यामान देउकी प्रथालगायत मन्दिरमा चढाइएका देउकी महिलाहरु कतिको सम्मानित जीवन बाँचेका छन् भन्ने बिषयलाई उठान गरिएको छ । कानुनले देउकी प्रथालाई हटाएपनि समाजमा यो प्रथाअझै लुकीछिपी प्रचलनमा रहेको कुरा यो वृत्तचित्रले देखाएको छ । दृष्टि विहिनको संघर्ष र आत्मनिर्भरताको कुरालाई वृत्तचित्र ’वियोण्ड द हृवाइट क्यान’मा समेटिएको छ । दृष्टिबिहीन भएपनि अरु सपांग जस्तै आफनो परिवार पाल्न सक्षम एक दृष्टिविहिनको कथाले निकै मन छोएको सहभागीहरुले बताए । महिलाको पाठेघर खस्ने समस्यालाई ’भुसको लोग्ने’ मार्फत ज्योती केशरसिंह ठकुरीले देखाएको छ । यसमा रोग लुकाएर बसेमा जटिल समस्या निम्तिने तर्फ सचेत गराउँदै बेलैमा उपचार गर्न सुझावदिएको छ । अपांगता भएर पनि एक शिक्षकले शिक्षाको ज्योति फैल्याउनका लागि गरेको योगदान र उनको क्षमताको बारेमा निर्मित वृत्तचित्र ’बाह्रखरी लौरो’ले शिक्षाको ज्योति फैल्याउँनका लागि अपांगता भएका व्यक्ति पनि उत्तिक्कै सक्षम र सफल हुन्छन् भन्ने सकारात्मक सन्देश दिएको छ । त्यस्तै, जम्मा आठ मिनेटको ’मेला’ वृत्तचित्रमा चाहीबारा जिल्लामा लाग्ने चर्चित गढीमाइ मेलामा हुने पशुवलीको बारेमा कलात्मक तरीकाले देखाइएको छ । हजारौ मारिएका पशुहरुबिचमा बचेको एउटा कलिलो राँगाले निकालेको आवाजलाई प्रतिकात्मक बनाईएका ’मेला’ले धार्मिक मान्यताको आधारमा गरिने पशुवलीको समस्यालाई उठाएको छ । घुम्ती किम्फमार्फत नेपालको यथार्थ जनजीवनलाई प्रवासमा अनुभूत गर्न पाएका दर्शकहरुले वृत्तचित्रहरुले नेपाल सम्झाएको बताए । युवा नुरुमान राईले वृत्तचित्र हेरेपछि जीवनमा सँघर्ष र सफल्ताको प्रेरणा मिलेको जीवनप्रति निराशा बोक्नेहरुले हेर्नुपर्ने बताए । चलचित्रमा जस्तो काल्पनिक्ता नभै वृत्तचित्रमा वास्तविक जिवन कथा भएकोले बढी यथार्थता बोकेको अनुभूती शेर्पा किदुगका पुर्व महासचिव जाङबु शेर्पाले गरे । नेपालमा किम्फ नछुटाई हेर्ने पत्रकार मच्छे गुरुङले न्युयोर्कमा घुम्ती किम्फमार्फत समसामायिक विषयवस्तुमा निर्माण गरिएका वृत्तचित्रहरु हेर्न पाउँदा खुशी लागेको बताईन् । घुम्ती किम्फको न्युयोर्कमा शुरुवतीदेखि नै काम विशेषले उपस्थित हुन नसके पनि घुम्ती किम्फको अवधारणा चित्त बुझेकोले हरेक पटक केहि टिकेट खरीद गरी सहयोग पुराउँने पद्मालिंखा मगर र दुर्लभ मगरले किम्फमार्फत प्रदर्शन हुने वृत्तचित्रहरु निश्चित समयमा सप्ताहको कुनै दिनप्रदर्शन गर्न सके धेरै छुटेका दर्शकहरु लाभान्वित हुन सक्ने विचार पत्रमार्फत राखेका छन् । यसैबीच, घुम्ती किम्फ यो वर्षबाट अमेरिकाको क्यालिफोर्निया, टेक्सास लगायतकाअन्य राज्यहरुमा समेत आयोजना हुने स्थानीय आयोजक संस्थाका तेम्बा दोङबा ह्योल्मोले बताए । नेपालमा बर्षेनी डिसेम्बर महिनामा आयोजना हुने किम्फमा छनौटमा परेका लामो छोटो अवधिका फरक वृत्तचित्रलाई आयोजक हिमाल एशोसिएन, नेपालले घुम्ती किम्फको रुपमा विगत केहि बर्ष देखि नै राजधानी बाहिरका शहरहरुमा प्रदर्शन गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE