Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

निर्वाचनको समीक्षा र मूल्याङ्कन हुँदैछ: प्रमुख निर्वाचन आयुक्त

\"\"काठमाडौँ, २३ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो र दोस्रोचरणअन्तर्गत भएको स्थानीय तह निर्वाचनको व्यवस्थापकीय कामको समीक्षा र मूल्याङ्कन भइरहेको बताएका छन्। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक, आम निर्वाचन पर्यवेक्षण समिति जियोक तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल सङ्कल्प नेपालद्वारा आज यहाँ आयोजित दोस्रोचरणको निर्वाचनको पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक समारोहमा उनले सो कुरा बताएका हुन् । प्रमुख आयुक्त डा यादवले भने– “पटक/पटक सारिएको मितिमा निर्वाचन गर्नुपर्ने कानुनी बाध्यता र निर्वाचनका लागि अनुकूल मौसम नभए पनि मतदाताको उत्साहजनक सहभागिताले निर्वाचन ऐतिहासिकरुपमा सम्पन्न भएको छ ।” निर्वाचनका सन्दर्भमा आयोगले सरकार, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सञ्चारजगतसंग सधैँ सम्पर्कमा रहेर प्रर्याप्त छलफल गरेको बताउँदै उनले भने– “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन मतदाता शिक्षालगायतका विषयमा सुधारको पर्याप्त सम्भावना छ, यसमा पनि सबैको सहयोग होस् । प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी प्रदेशसभा र सङ्घीय निर्वाचनलाई नमुना बनाउने कार्यमा सबैको सहयोगको अपेक्षा गरिएको बताउँदै ठूलो मतपत्र भएकाले मतगणनामा ढिलाइ भए पनि आवश्यक जनशक्ति, सुरक्षित स्थान र शान्तिपूर्ण वातावरणमा काम अघि बढिरहेको छ उनले भनेका छन् । ‘समग्रमा सङ्घ र प्रदेश दुबै निर्वाचन एकै पटक गर्न सकिने भनिए पनि मतदाता, प्रविधि, निर्वाचनको सिद्धान्त र व्यवस्थापकीय दृष्टिकोणबाट त्यो गर्न सकिदैन्’ उनले भने– “आगामी असोजको अन्तिम साता प्रदेशको र मङ्सिरको पहिलो साता सङ्घको निर्वाचन गर्ने गरी मिति तोक्न आयोगले सरकारलाई आग्रह गरेको पत्र पठाइसकेको छ ।” प्रमुख निर्वाचन आयुक्त डा यादवले पहिलो र दोस्रोचरणको निर्वाचनमा हालसम्म रु पाँच अर्ब ५४ करोड खर्च भएको र प्रतिमतदाताको हिसाबले त्यो खर्च भनेको रु ४८८ रहेको छ भन्दै “खर्च हुन बाँकी रु तीन अर्ब सरकारलाई फिर्ता पठाएको तथा स्थानीय तहको निर्वाचनमा विदेशीसँग निर्वाचन शीर्षकमा आयोगले पैसा नलिएको जानकारी दिएका छन् । सो अवसरमा जियोकका अध्यक्ष हिमालयशम्शेर राणाले केही स्थानमा सामान्य झडप र मतपत्र च्यातिने काम भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रूपमा भएको बताउँदै यसको सबैभन्दा ठूलो श्रेय मतदाताले प्राप्त गरेको धारणा व्यक्त गरे । नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले निकै लामो अन्तरालमा भएको स्थानीय तहको निर्वाचन सम्बन्धी समाचारलाई आमसञ्चारका माध्यमले निकै प्राथमिकता दिएर निर्वाचनको पक्षमा वातावरण बनाउनुका साथै मतदातामा पनि निकै उत्साह देखिएको बताए। सङ्कल्प नेपालकी प्रतिनिधि चन्दादेवी श्रेष्ठले स्थानीय तहको निर्वाचन राजनीतिमा संलग्न हुने चाहने महिलाका लागि ठूलो आधार बनेको बताएकी छिन् । नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले प्रतिवेदनमा निर्वाचन कानुनमा सुधार गरी बराबर मतपाप्त गर्ने उम्मेदवारले बराबरी समय कार्यकाल हुने गरी व्यवस्था मिलाउन सुझाव दिए। नियोकका महासचिव गोपालकृष्ण सिवाकोटीले द्रूतमार्गबाट भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका सबै क्षेत्रमा केही न केही त्रुटि र कमी कमजोरी देखिएको टिप्पणी गरेका छन् । निर्वाचन पर्यवेक्षण गरेका ती संस्थाले निर्वाचनको पूर्वाअवस्था, आचारसंहिता र मौनअवधिको पालना, मतदानको अवधि, सुरक्षा व्यवस्था, मतगणनाको बारेमा भए गरेका र देखेका विषयवस्तु सहितको प्रतिवेदन आज सार्वजनिक गरेको हो । प्रतिवेदनमा निर्वाचन प्रक्रियालाई आधुनिक र प्रविधिमैत्री बनाउन, निर्वाचन कानुन समयमै निर्माण गर्न, मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन, मतदाता परिचयपत्र समयमै उपलब्ध गराउने व्यवस्था मिलाउनलगायत ९ बुँदे सुझाव प्रस्तुत गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE