Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

रोल्पाको नौ वटा स्थानीय तहको परिणाम सार्वजनिक

\"\"रोल्पा, १८ असार । माओवादीगढ मानिने रोल्पामा अन्य दलले पनि स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेका छन् । दश स्थानीय तह रहेको रोल्पामा हालसम्म परिणाम घोषणा भएका नौ स्थानमध्ये ६ स्थानमा नेकपा (माओवादी केन्द्र), दुई स्थानमा नेकपा (एमाले) र एक स्थानमा नेपाली कांग्रेस विजयी भएका छन् । ७२ वटा वडा रहेको जिल्लामा हालसम्म मतपरिणाम सार्वजनिक भइसकेका ७० वडामध्ये नेकाले १५, नेकपा एमालेले ११, नेकपा माओवादी केन्द्रले ४४ र स्वतन्त्रले दुई वडामा विजयी हासिल गरेका छन् । जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका पूर्ण केसीले पाँच हजार ६३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका लेखनाथ आचार्यले तीन हजार ८२७ मत प्राप्त गरेका थिए । यसैगरी, सोही नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै मनकुमारी घर्तीले पाँच हजार ६६८ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी मिश्री हमालले तीन हजार ७२१ मत प्राप्त गरिन् । लुङ्ग्री गाउँपालिकामा नेकाका दुर्गा खड्का तीन हजार ११५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तुलाराम खड्काले दुई हजार ९१० मत प्राप्त गरेका थिए । यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकाकै भीमकला बुढाथोकीले तीन हजार २७७ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मनखना घर्तीले दुई हजार ९३९ मत प्राप्त गरिन् । रुन्टीगढी गाउँपालिकामा नेकपा एमालेका बालाराम बुढाले तीन हजार ४०२ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका टेकबहादुर बस्नेतले तीन हजार २७९ मत प्राप्त गरेका थिए । सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै छमाया पुनले तीन हजार ४५२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी सरिता केसीले तीन हजार ३७९ मत प्राप्त गरेकी थिइन् । त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका शान्तकुमार ओलीले दुई हजार ५६० मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गङ्गाप्रसाद घर्तीले दुई हजार ३३६ मत प्राप्त गरेका छन् । यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै साबित्रा बुढाले दुई हजार ५४० मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लालसरी घर्तीले दुई हजार ३३३ मत प्राप्त गरिन् । दुईखोली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमकान्त डाँगीले चार हजार ६०८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका झक्कु घर्तीले एक हजार ९८९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी भएकी छिन् । बुढाले चार हजार ६०८ प्राप्त गरेकी थिइन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकाकी लक्ष्मी डाँगीले एक हजार ८९९ मत प्राप्त गरिन् । थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका वीरबहादुर घर्ती एक हजार ९९० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले एक हजार ५० मत प्राप्त गरे । यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रामकिरणी रोकाले एक हजार ९६९ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी श्रीकुमारी रोकाले ९९५ मत प्राप्त गरेकी थिइन् । सुनछहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका आशबहादुर बुढाले ८२८ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन् । पुनका निकटतम प्रतिद्वन्द्वी नेकाका दुर्गाबहादुर घर्तीले ६३६ मत प्राप्त गरेका थिए । सो गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका पवित्रा घर्तीमगरले ८७४ मत प्राप्त गरी विजयी भएकी छिन् । उपाध्यक्षमा उनका निकटतम प्रतिद्वन्द्वी नेकाका भिमली बुढाथोकीले ६३५ मत प्राप्त गरेकी थिइन् । सुकीदह गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरबहादुर केसीले दुई हजार ४१४ मत ल्याई अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशनकुमार ओलीको दुई हजार २८० मत रहेको थियो । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै रीताकुमारी घर्तीले दुई हजार ३९९ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निर्मला ओलीले दुई हजार २१५ मत प्राप्त गरेकी थिइन् । माडी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नन्दबहादुर पुनले तीन हजार १८२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका गोपाल घर्तीले दुई हजार ६२१ मत प्राप्त गरेका थिए । सोही गाउँपालिकाको उपाध्यक्ष नेकपा माओवादी केन्द्रका धनिकला घर्तीले तीन हजार २५१ मत प्राप्त गरी विजयी भएकी छिन् । उपाध्यक्षमा नेकपा एमालेका प्रेम घर्तीले दुई हजार ६८९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी रहेकी थइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE