Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

रुपन्देहीमा रविभन्दा बालेनप्रति बढी भीड, घण्टी अभिवादनमा उल्लेख्य उपस्थिति

खबरडबली संवाददाता

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह चुनावी दौडाहामा रहेका बेला रुपन्देही क्षेत्रमा बालेनको कार्यक्रममा अपेक्षाकृत ठूलो भीड देखिएको छ।

केही दिनअघि सभापति लामिछानेले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा कार्यक्रम गर्दै स्थानीयलाई सम्बोधन गरेका थिए। त्यसको तीन दिनपछि शुक्रबार रुपन्देही आइपुगेका बालेन शाहलाई हेर्न र भेट्न उल्लेख्य संख्यामा समर्थक तथा शुभेच्छुक भेला भएका थिए।

लामिछानेले अघिल्लो भ्रमणका क्रममा विभिन्न क्षेत्रका उम्मेदवारसँगै लामो समय लिएर सम्बोधन गरेका थिए। तर शाहले भने औपचारिक सम्बोधन नगरी ‘घण्टी अभिवादन तथा जनसम्पर्क’ कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा छोटो भेटघाटमै सीमित रहे।

रास्वपा रुपन्देही–३ का सभापति मधु अर्यालका अनुसार शाहको कार्यक्रम छोटो रहेको र उनी आजै काठमाडौं फर्कने तालिका रहेको छ।

पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार शाह रुपन्देहीका विभिन्न निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारहरूसँग भेटघाट गरेका हुन्। उनले क्षेत्र नम्बर १ का उम्मेदवार सुनिल लम्साल, २ का सुलभ खरेल, ३ का डा. लेखजंग थापा, ४ का कन्हैया बनियाँ र ५ का तौफिक अहमद खाँसँग भेट गरी चुनावी माहोलबारे जानकारी लिएका थिए। केही स्थानमा उनी उम्मेदवारसँगै संक्षिप्त रुपमा घुमेका थिए।

त्यस्तै, उनले समानुपातिक उम्मेदवार, केन्द्रीय नेता, जिल्ला समिति पदाधिकारी तथा सदस्य र स्थानीय कार्यकर्तासँग भेटघाट गरेका थिए।

शाह क्षेत्र नम्बर १ को धकधई, क्षेत्र नम्बर ४ को मर्चवार र क्षेत्र नम्बर ५ को लुम्बिनीमा दिउँसो घण्टी अभिवादन तथा जनसम्पर्क विस्तार कार्यक्रममा सहभागी भएका थिए। लुम्बिनीमा उनलाई भव्य स्वागत गरिएको पार्टी स्रोतले जनाएको छ।

रास्वपाले वरिष्ठ नेता सहभागी हुने स्थानमा शुभेच्छुकहरूलाई उपस्थित हुन आह्वान गरेपछि विभिन्न क्षेत्रमा ठूलो उपस्थिति देखिएको थियो। तर लामो समयदेखि भेट्ने प्रतीक्षामा बसेका केही स्थानीयले पर्याप्त समय नपाएको भन्दै असन्तुष्टि पनि जनाएका छन्।

पार्टी उम्मेदवारहरूले सभापति लामिछानेपछि वरिष्ठ नेताको आगमनले कार्यकर्तामा ऊर्जा थपिएको र चुनावी माहोल सशक्त बनेको प्रतिक्रिया दिएका छन्।

यसअघि लामिछाने गुल्मी र अर्घाखाँचीका कार्यक्रम सकेर कपिलवस्तु हुँदै रुपन्देही आएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पितृशोकको दशौं दिनमा बाबुराम भट्टराईको स्मरण

जीवनभर साथ दिएको बुवाको चेतावनी-“यस्ता मोराले के गरिखान्छन् ?”

म्याग्दीमा माटोको ढिस्कोमा पुरिँदा एक जनाको मृत्यु

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ। बाबियाचौर–सल्यान सडकखण्डको ग्याबियन पर्खाल ल...

आगजनी र कुशासन गर्ने शक्तिहरू पराजित हुन्छन्ः प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा आगजनी, भ्रष्टाचार, कुशासन र दमन मच्चाउने शक्तिलाई जन...

कैलाली–४ र ५ मा थारू मत निर्णायक, पुराना अनुहारमाथि नयाँ चुनौती

विरासत जोगाउने दौडमा लेखराज, समीकरण भत्काउने रणनीतिमा प्रेम आले

रुपन्देहीमा रविभन्दा बालेनप्रति बढी भीड, घण्टी अभिवादनमा उल्लेख्य उपस्थिति

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह चुनावी दौडाहामा रहेका बेला रुपन्देही क्षेत्रमा बालेनको ...

रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो

भोजपुर। रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सश...

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको छ । पर्वत खण्डमा मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन...

विद्यालय भ्यान दुर्घटनाका घाइतेमध्ये थप एकको मृत्यु

बागलुङ  । बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा मृत्यु भएको छ । छन्त्यालसँगै बिहीबार भएको दुर्...

महाशिवरात्रिमा गरगहना लगाएर मन्दिर नगइदिन काठमाडौं प्रहरीको आग्रह

काठमाडौं । काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा मन्दिरको दर्शन गर्न जाँदा महँगा गरगहना लगाएर अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंक...

पाल्पामा टिप्परको ठक्करबाट २ जनाको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिप्पर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुटवलदेखि पाल्प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE