Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

अन्धकार हुने खतराबाट जोगियो काठमाडौँ उपत्यका

\"\"काठमाडौँ, १७ असार । काठमाडौँ उपत्यकाको एक तिहाई भन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भाँसिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनः निर्माण गरिएको छ । प्राधिकरणकाअनुसार मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनको टावर नं १७९ गोरखा भूकम्पको क्रममा भाँसिएको थियो । धादिङको नौबिसे र गजुरीका बीचमा पर्ने सो टावर पुनः निर्माणका लागि ९२ दिन लागेको छ । सिग्मा कोन प्रालिले सो टावरको मर्मत गरेको हो । मर्मतका लागि रु दुई करोड ७० लाख खर्च भएको छ । प्राधिकरणले १७८ र १८० नम्बरको नयाँ टावर निर्माण गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विभिन्नस्तरका पर्खाल लगाउने तथा अन्य सुरक्षात्मक उपाय अपनाएर टावरको सुरक्षा गरिएपनि दिगो रुपमा नयाँ टावर नै राख्न विगत दुई दिनदेखि विद्युत् कटौती गरेर पुनः निर्माण गरिएको जानकारी दिइएका छन् । यो प्रसारण लाइनले मस्र्याङ्दी कोरिडोरबाट ११० मेगावाट विद्युत् आपूर्ति गर्दै आएको छ । काठमाडौँ उपत्यकाको अधिकतम विद्युत् माग ३१० मेगावाट रहेको छ । त्योमध्ये मस्र्याङ्दी कोरिडोरबाट एक तिहाई विद्युत् काठमाडौँ आपूर्ति हुँदै आएको छ । हिउँदको समयमा सो टावरको पुनः निर्माण गर्नेतर्फ लाग्दा विद्युत्भार कटौती गर्नुपर्ने भएकाले बर्खाको समय नै छानिएको प्राधिकरणको भनाइ छ । विगतमा प्राधिरकणको व्यवस्थापनले ध्यान नदिएको उक्त टावर मर्मतमा थप ढिलाई गरिएको भए उपत्यकामा दैनिक सात घन्टा विद्युत्भार कटौती गर्नुपर्ने भयावह अवस्था आउने थियो । प्राधिकरणका प्रवक्ता अधिकारीले ग्राहकलाई जानकारी नै नदिइकन प्राधिकरणले मर्मत कार्य सम्पन्न गरेकाले विद्युत् आयातमा रहेको जोखिम समाधान भएको बताएका छन् । गत हिउँदमा नै टावर मर्मत गर्ने कार्य अगाडि बढाउन खोजिएको भए पनि विद्युत्भार कटौती अन्त्य भइसकेको सन्दर्भमा पुनः विद्युत् कटौती गर्दा राम्रो सन्देश नजाने र ‘अँध्यारो’को खेती गर्नेले फाइदा लिने भएकाले बर्खा लागेपछि मर्मत सुरु गरिएको प्राधिकरणले जनाएको छ । टावर मर्मत कार्य सम्पन्न गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्च टोली कार्यस्थलमा पुगेका प्रवक्ता अधिकारीले जानकारी दिए। “विगत दुई वर्षभन्दा बढी समयदेखिको जोखिम हटेको छ, हावाहुरी चल्दा समेत लौ के होला, कतै काठमाडौँमा विद्युत् कटौती त हुने होइन भन्ने आशंका निवारण भएको छ”–प्रवक्ता अधिकारीले भन्नुभयो, “प्राधिकरणले ठूलो जोखिमबाट मुक्ति पाएको छ ।” जुनसुकै बेला काठमाडौँ उपत्यका अन्धकार हुने खतराबाट जोगिएको जानकारी दिँदै उनले अन्य समस्यामा रहेका टावरलाई समेत क्रमशः मर्मत गर्ने बताएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE