Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

गोदावरी मार्बल कारखानाको लाइसेन्स खारेज

काठमाडाै, करिव ८० वर्ष भन्दा लामो इतिहास भएको गोदावरी मार्वल उद्योग तत्काल बन्द गर्न सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेको छ।
बिहीबार २५ वर्षदेखि चलिरहेको मुद्दामा अन्तिम फैसला सुनाउँदै उद्योग सञ्चालन गर्न दिने सरकारको यस अघिको निर्णय कानुन सम्वत नभएको ठहर गर्दे बन्द गर्नु पर्ने भनेकोे हो। न्यायाधीशहरु शुसिला कार्की ,गोविन्दकुमार उपाध्याय र जगदीश शर्मा पौडलले पूर्ण इजालाशले मार्वल उद्योग सञ्चालन गर्न दिनु वातावरणीय र पर्यावरणनीय रुपमा समेत उपयुक्त नदेखिएको भन्दै यस्तो आदेश गरेको हो।
’२०६६ असार २७ गते मार्वल उद्योगको लाइसेन्स नविकरण गर्ने निर्णय वातावरण ऐन र अन्य सरोकार ऐन विपरितको कार्य भएको देखिन्छ ’ सर्वोच्चको फैसलामा भनिएको छ ’ यसरी भएको सम्पूर्ण निर्णय उत्प्रेषणको आदेशले खारेज हुनुपर्ने देखिन्छ। ’ सर्वोच्चले मार्वल उद्योग सञ्चालनको अनुमति अव कुनै पनि निकायलाई नदिन समेत परमादेश जारी गरेको छ। खानी विभागले गरेको अध्ययन पश्चात २०६८ देखि २०७८ सम्म उद्योग सञ्चालन गर्न सक्ने गरि अनुमति दिइएको थियो।
उपत्यकाको नजिकै रहेको उक्त उद्योग सञ्चालन भएको क्षेत्रमा ३ सय जातका चराहरुको बसोबास र विभिन्न जातका दुर्लभ फूलहरु फूल्ने क्षेत्र भएकोले रोक्न माग गर्दै सुरुमा २०४८ सालमा नै रिट दायर भएको थियो। उक्त रिटमा फैसला गर्दै सर्वोच्चले वातावरण ऐन निर्माण गर्न र अध्ययन गरि अनुमति दिन भनेको थियो।
सर्वोच्चको उक्त आदेशपछि सरकारले वातावरण ऐन जारी र्गर्यो र वातावरणीय प्रभाव मूल्यांकन समेत गरायो। तर वन मन्त्रालय, उद्योग मन्त्रालय र अन्य निकायको आपसी तालमेल नहुदाँ बन्द हुने र खुल्ने तथा अदालतमा मुद्दा दायर हुने प्रक्रिया चल्दै आएको थियो।
बाताबरणमा प्रत्यक्ष असर पर्ने कारखानाको रुपमा रहेको गोदावरी मार्बल कारखानाको सम्मानित सर्बच्च अदालतबाट लाइसेन्स खारेज गरेकोमा युवा जागरण पर्यावरणीय मञ्च रेडियो पर्यावरण चक्र १०४.२ मेगाहर्जले उक्त लाइसेन्स खारेजीको निर्णयको स्वागत गरेको छ |
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending