Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

गुण्डागर्दी शैलीले गृहप्रशासन चल्दैन – अनन्त

३० दलीय मोर्चाले घोषणा गरेर पनि आन्दोलनको कार्यक्रम फिर्ता लियो, एमाओवादीले आन्दोलन गर्न नसक्ने भएर फिर्ता लिएको हो ? हामी आन्दोलनमै छौँ । आन्दोलन यस मानेमा की जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रियाबाट स्थापित गरिएका मान्यताको आधारमा सहमतिमा संविधान निर्माण गर्नका लागि हो । केही समयका लागि संविधानसभालाई छोडेका छौँ र सडकको आन्दोलनमा छौँ । कसैले त्यो आरोप लगाएछ भने त्यो आरोप मात्रै हो । भ्रम मात्रै हो । सत्ता पक्ष र अर्को ३० दलीय मोर्चा भित्रकै सहयात्री मधेशवादी दलले समेत भएर आरोप त लगाएका छन् नी ! फागुन १६ अगाडि सत्तारुढ गठबन्धन, सरकार, गृहमन्त्रालयले दश–बिस हजार मान्छे आउँछ, केही उल्लेख्य हुँदैन र दमन गरिन्छ भनेर तर्साउने वक्तव्यबाजी गरे । १६ गतेको आमसभा पछिे सत्तापक्षको मुख बन्द भयो । १६ गते अगाडि कंग्रेस एमाले गठबन्धनले संविधानसभाबाट बहुमतले संविधान बनाइन्छ भनेर प्रश्नावली समिति बनाएर एकोहोरो गइसकेका थिए । १६ गतेको विशाल जनप्रर्दशन, शान्तिको पक्षधर, सहमतिको पक्षधरहरुको शक्ति देखिसकेपछि संविधानसभा स्थगित गरेर अहिलेसम्म बसिराखेका छन् । अहिले हामीले ‘प्रक्रियाबाट संविधान जारी गर्छौ भने गर हामी हेर्छाै’ भनेका छौँ । तर गर्न सकिराखेका छैनन् । यस्तै मनोगत आरोप या निश्कर्ष मात्रै एकातिर र अर्कोतिर सत्ता पक्षको आत्मरति मात्रै हो । अब हामीसँग भएको गठबन्धन पक्षको कुरो हो, हामी शान्ति प्रक्रियाका हिस्सेदार हौँ । व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी हौँ । हामीसँग जति जिम्मेवारी छ, अरु हाम्रा सहयात्रीसँग त्यति जिम्मेवारी छैन ।
हामीलाई यताउति गर्छाै भनेर धम्काए पछि ल गर्नुस त भनेर पाँच हजार वाइसियलका युवाहरुले हातमा भाँटा लिएर सडकमा उर्ले, केही पनि गर्न सकेन । उल्टै पुलिसले स्कटिङ गर्‍यो । सायद त्यसरी सार्वजनिक रुपले च्यालेन्ज नगरेको भए त्यो आवश्यक हुन्थेन होला । चार/पाँच हजार युवाहरु निस्केपछि पुलिस हेरिरह्यो । बरु बाटो देखाइ दियो
हो, संविधान निर्माणका विषयमा मिलेका छौँ । हामी सहयात्रामा छौँ । यसभन्दा पर हाम्रो राष्ट्रिय दायित्व पनि छ । त्यसैले हाम्रा केमी सीमाहरु अवश्य छन् । गठबन्धनमा एजेण्डा मिलेका हुनाले एक ठाउँमा छौँ । मिल्दासम्म एक ठाउँमा बस्ने हो । गठबन्धन भित्र पनि छलफल र विवादहरु छन् । पार्टी भित्र त हुन्छ भने यो त ३० दलको गठबन्धन हो । समस्या आउनु स्वभाविक हो । त्यसैले हामी ३० दलबाट आएको कुरालाई छलफल गर्छौँ । आन्दोलनबाट हामी भागेका छैनौँ । आन्दोलनलाइ नयाँ ढंगले समेटेर लैजान तयार छौँ । ३० दलीय मोर्चाको नेतृत्व अझैँ एमाओवादीको हातमा छ ? छ, किन छ भने, एजेण्डा माओवादीले बोकेको छ । त्यो एजेण्डा वरिपरी मधेसवादी, जनजाति, समावेशितावादी, गणतन्त्रवादी र संघीयतावादीहरु छन् । यो माओवादीले एजेण्डा मिल्न सँग गरेको गठबन्धन हो । अरु पार्टीहरुले पनि हामीसँग एजेण्डा मिलेर सहकार्य गरेका हुन् । जहाँसम्म तीनदिने आमहड्ताल घोषणा भएपछि सत्तारुढ गठबन्धनले संविधान सभा प्रक्रिया रोक्यो । अनि हामी एक्लै मात्रै आन्दोलनमा अगाडी जान सक्दैन थियौँ । तीन दिनको आमहड्ताल गर्दा पनि केही निश्कर्ष नआउने भइसकेपछि जनतालाई दुख दिनु मात्रै हुन्थ्यो । बहुमतीय प्रक्रिया जहिले सुरु हुन्छ, प्रक्रियामा गएर मुडभेड निम्त्याउन खोजिन्छ हामी त्यसको जवाफ त्यतिबेला त्यही ढंगले दिन्छौ । इटको जवाफ इटले नै दिने हो ।
गठबन्धन भित्र पनि छलफल र विवादहरु छन् । पार्टी भित्र त हुन्छ भने यो त ३० दलको गठबन्धन हो । समस्या आउनु स्वभाविक हो । तीनदिने आमहड्ताल घोषणा भएपछि सत्तारुढ गठबन्धनले संविधानसभा प्रक्रिया रोक्यो । अनि हामी एक्लै मात्रै आन्दोलनमा अगाडी जान सक्दैन थियौँ । तीन दिनको आमहड्ताल गर्दा पनि केही निश्कर्ष नआउने भइसकेपछि जनतालाई दुख दिनु मात्रै हुन्थ्यो
सत्तारुढ गठबन्धन पछि हट्यो अनि हामीचाहीँ अगाडी बढ्ने कुरा व्यावहारिक हुँदैनथ्यो । आन्दोलन त्यो ढंगले टुंगिदैन । सत्तापक्ष कसरी आउँछ त्यसै अनुरुप आन्दोलनको स्वरुप निर्धारण हुन्छ । आन्दोलन रहर हैन बाध्यता हो । आन्दोलन सहमति नहुँदा, पेल्दा, जबर्जस्ती बलमिच्याईँ गर्दा हुने चिज हो । यो मिलेर जाउँ भन्दा हामी मिल्दैनौ, हात मिलाउँ भन्दा हामी हात मिलाउँदैनौ, सहमति गरौँ भन्दा हामी गर्दैनौँ भनेर हुने चिज होइन । गठबन्धनका दलसँग छलफल गर्छौ । छलपलपछि भ्रमहरु प्रष्ट हुन्छन् । गृहमन्त्रालयले विज्ञप्ती निकालेर आन्दोलन फिर्ता गरिएन भने सशत्तरुपमा आउछाैँ भनेकै दिन आन्दोलन फिर्ता लिनुभयो, डराएको जस्तो देखियो नी ? होइन । सत्तारुढ गठबन्धनले दुइ महिनादेखि प्रक्रिया रोकिसकेपछि र २३ गते देखि सुरु गर्छौै भने पछि २४ देखि आमहडताल थियो । २३ गतेको प्रक्रिया सारेपछि आन्दोलन जारी राखौँ, आन्दोलनको बन्दवाला स्वरुपमा परिवर्तन गरौँ परिमार्जन गरौँ भन्ने आवाज पार्टी भित्र उठेकै हो । आज पनि सकेसम्म बन्दहड्तालभन्दा अरु कुनै स्वरुप होस जसले जनताको अभिमत पनि आवाज, जनताको सहभागिता पनि होस र त्यसले सत्तारुढ गठबन्धनलाई सिधै प्रभाव पनि परोस भन्ने खालको स्वरुप खोजिराखेका छौँ । आमहड्ताल बाध्यात्मक र आन्दोलन उत्कर्षको अन्तिम अवस्था हो ।
अन्तिम दुई दिन अगाडी मात्रै हामीले त्यहाँ उम्मेदवारी दियौँ । स्वभाविक रुपले ‘सिनियर’ नेता गएको भए फरक पथ्र्यो । उम्मेदवारीले गलत सन्देश गयो पार्टी भित्र पनि र बाहिर पनि
आन्दोलन फिर्ता गर्न भनेर होइन स्वरुप फिर्ता गर्नमा बहस होला । त्यसो त हामीले मन्त्री, प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने, बहिस्कार गर्ने पनि त फिर्ता गर्यौं । १९ गतेको नेपाल बन्द, प्रशासन कार्यलयहरु घेराउ गर्ने पनि फिर्ता र परिमार्जन गरेका छौँ । त्यसको मतलव आन्दोलन फिर्ता गरेको होइन, आमहडताल फिर्ता गरेका हौँ । जहाँसम्म गृहमन्त्रालयको कुरा छ, यसमा के हो भने दुनियाँभरि हामीले देखेको विपक्षी आक्रामक हुन्छ । अनि उसले आफ्ना मागहरु राख्ने ठाउँ सडक हो । जनताले आफ्नो कुरो राख्ने ठाउँ सडक हो । सत्ताको पनि आफ्नो कुरा राख्ने ठाउँ हुन्छ, निकाय हुन्छ । राज्यका निकायहरुलेचाँहि सडकमा जनताका भावनालाई कदर गर्ने, सम्मान गर्ने संवाद गर्ने हो । हाम्रो गृह प्रशासन भने ठीक त्यसको उल्टो छ । हामीसँग बरु लडौँ भने जस्तो गर्छ । पहिले पनि कानुन हातमा लिए यसो गर्छौ, उसो गर्छौ भनेर धम्क्याए । कानुन हातमा लिए त प्रधानमन्त्री सुशील कोइरालालाई कानुनले छोड्दैन । गृहमन्त्री वामदेव गौतमले पनि छुट पाउँदैनन् । केपी ओलीले पनि छुट पाउँदैनन् । हामीलाई यताउति गर्छाै भनेर धम्काए पछि ल गर्नुस त भनेर पाँच हजार वाइसियलका युवाहरुले हातमा भाँटा लिएर सडकमा उर्ले, केही पनि गर्न सकेन । उल्टै पुलिसले स्कटिङ गर्‍यो । सायद त्यसरी सार्वजनिक रुपले च्यालेन्ज नगरेको भए त्यो आवश्यक हुन्थेन होला । चार/पाँच हजार युवाहरु निस्केपछि पुलिस हेरिरह्यो । बरु बाटो देखाइ दियो । राज्यको स्वरुप दमनकारी हुन्छ । राज्यले जहिले पनि जनतालाई हेप्छ । जब जनताले प्रतिकार गर्छ, अनि बल्ल झस्किन्छ र जनतासँग सम्झौता गर्छ । हो त्यहि खालको गुण्डाशैलीमा गृह मन्त्रालय आएको छ । हामी त्यसमा पूरै असहमत छौँ । यसले झडप मात्रै निम्त्याउँछ । यस प्रकारको गुण्डागर्दी शैलीमा गृह प्रशासन चल्दैन । त्यसो भए तपाईहरु गृह प्रशासन भन्दा बढी जिम्मेवार हुनु भएको हो ? जिम्मेवार अहिले प्रतिपक्षमा हुँदा मात्रै होइनौँ, हामी कुनै बेलाका सत्तापक्ष पनि हौँ । एकातिर हामी राज्य पनि सञ्चालन गरेको पार्टी हौँ र अर्कोतिर हामी देशको जिम्मा लिने प्रतिबद्धता, योजना, संकल्प भएको पार्टी हौं । आन्दोलनमा हुँदा पनि जनतालाई कमभन्दा कम बाधा मर्का परोस भन्ने चाहन्छौं । होइन ज्यादती ग¥यो, पेल्यो, बल मिच्याइँ गरियो भने त्यसको प्रतिवाद जनताले नै गर्छन् । हामी जनतालाई अपील गर्छौ ।
पार्टीमा टुटफुट भयो । जति उर्जा हुनु पर्ने थियो त्यो भएन । जनताले हामी माथि प्रश्न उठाए । हिजो हामी शासनमा थिएनौँ, शासनमा अलिकति हाम्रा विकृतिहरु देखा परे । नेताहरु कस्ता देखिए, पार्टी कस्तो देखियो, पार्टी संगठन के भयो ? हिजो हामीसँग ‘पिएलए’ थियो, वाइसिएल थियो, देशभरी संगठन थियो । हाम्रा ‘होलटाइमर’ थिए । यति कुरा नरहे पछि त अब ठूलठूला कुरा उठाए पनि के लाग्छ र ?
यहाँहरुले आन्दोलन जनताको पक्षमा, पहिचानको पक्षमा भनिराख्नु भएको छ । पछिल्लो चरण संविधानसभाको उपनिर्वाचन भयो ।जनजातिको बाहुल्यता रहेको क्षेत्रमा माओवादी हार्न पुग्यो नी ! कसरी हार्नुभयो ? पहिचान भनेको जनजाति होइन । पहिचान भन्या त इतिहास हो । पहिचान भनेको त सामथ्र्य हो । बागलुङको कुरा गर्ने हो भने उम्मेदवारी दिँदा नै कमजोरी भयो । हाम्रा प्रवक्तालाई पठायौँ, उहाँले ‘लास्ट आवर’मा आएर उम्मेद्वारी फिर्ता लिनु भयो । सबैले माओवादीले बागलुङमा हार्दैछ भनेर बुझे । अन्तिम दुई दिन अगाडी मात्रै हामीले त्यहाँ उम्मेदवारी दियौँ । स्वभाविक रुपले ‘सिनियर’ नेता गएको भए फरक पथ्र्यो । उम्मेदवारीले गलत सन्देश गयो पार्टी भित्र पनि र बाहिर पनि । दोश्रो कुरा हाी अहिले सबै आन्दोलनमा लागेका छौँ । त्यसले पनि आवश्यक चुनावी तयारी पुगेन । राजनीतिक, नीतिगत, उम्मेदवारी के–केमा कमजोरी भयो वस्तुगत समीक्षा गर्छौ । प्रवक्ताले उम्मेदवारी फिर्ता लिनुको भित्री कुरो चाँहि के थियो ? दिनानाथ जी यहाँदेखि ‘नोमिनेसन’को लागि भनेर पोखरासम्म जानु भएको हो । त्यहाँ पुगेपछि स्वास्थ स्थितिले साथ दिएन भनेर फर्किनुभयो । भो, अब हामीले त्यही कुरालाई नै विश्वास गर्ने हो । अहिले त्यो बाहेक अरु छलफल भएको छैन । माओवादीले पहिचानको कुरा जे गरेको थियो त्यो जनतासम्म पुग्दा अर्कै भएर गयो, जनतालाई बुझाउन सकिएन भन्नोचाँहि लाग्दैन ? त्यसो पनि होइन । अध्यक्ष कमरेडले के भन्नु भयो भने, पहिले पहिचान र संघीयताको मुद्दाले संविधानसभा जित्यौँ । अहिले त्यही मुद्दा हुँदाखेरी किन हार्यो भन्दा मूल कुरो त फेरि पार्टी नै आउँछ । पार्टीमा टुटफुट भयो । जति उर्जा हुनु पर्ने थियो त्यो भएन । जनताले हामी माथि प्रश्न उठाए । हिजो हामी शासनमा थिएनौँ, शासनमा गयौँ । शासन गर्दा अलिकति हाम्रा विकृतिहरु देखा परे । प्रश्न त त्यो नै हो । नेताहरु कस्ता देखिए, पार्टी कस्तो देखियो, पार्टी संगठन के भयो ? हिजो हामीसँग ‘पिएलए’ थियो, वाइसिएल थियो, देशभरी सँगठन थियो । हाम्रा ‘होलटाइमर’ थिए । यति कुरा नरहे पछि त अब ठूलठूला कुरा उठाए पनि के लाग्छ र ?
अब फेरी टुटफुटको अपजस प्रचण्डले नलिने भन्ने हुँदैन । पहिलो अपजस प्रचण्डले नै लिनु पर्दछ । दोश्रो जिम्मा एकीकृत माओवादीले लिनु पर्दछ । त्यसपछि फुटेर जाने साथीहरुले पनि जवाफ त दिनु पर्छ ।
पञ्चायतभरी आखिरी प्रजातन्त्रवादी भन्नेहरु जहिले पनि माइनस हुन्थे । किन त भन्दा सिद्धान्त ठीक थियो । तर त्यही अनुसार जनतामा पुग्ने माध्यमहरु थिएनन् । यसो हुँदा के लाग्छ भने समग्र जे बिषय उठाएका छौँ, यसमा क्रान्ति एकपटक उभारमा जान्छ, त्यसलाई त्यही अनुसार संस्थागत गरेर जानुपर्छ । त्यसपछि अगाडी बढ्छ । अहिले खासमा प्रतिक्रान्ति भएको अवस्था हो । एक ढंगले माओवादी आन्दोलन ‘सेटब्याक’ खाएको अवस्था हो । यसलाई पुन संगठित गर्नुपर्छ । यो प्रतिक्रान्ति हुनुमा तपाईको पार्टी अध्यक्षको सबभन्दा बढी भुमिका छ, जसका कारण माओवादी भित्र पटक–पटक विभाजनको अवस्था आयो भन्ने छ नी ? मुलुरुपमा आन्दोलनको नेतृत्व गर्नु भएकोले अध्यक्षको बढी जिम्मेवारी हुने नै भयो । संस्थापन भएकोले गर्दा माओवादीको बढी जिम्मेवारी हुन्छ । तर फुट्ने साथीहरुले पनि त जवाफ दिनु पंर्यो नी त । उहाँहरुले के ‘लाईन’ दिनुभयो ? के आन्दोलन गर्नुभयो ? उत्पादन के गर्नु भो ? त्यो दुनियाँले हेरिराखेको छ । भन्न सजिलो छ, गर्न त गाह्रो छ । तर अध्यक्ष जो २५ औँ, ३० औँ बर्षदेखि अध्यक्ष हुनु भएको छ, माओवादी आन्दोलनको आधार पनि उहाँले नै बनाउनु भयो, उपलब्धीहरु पनि उहाँले नै लिनु भयो । अब फेरी टुटफुटको अपजस उहाँले नलिने भन्ने हुँदैन । पहिलो अपजस उहाँले नै लिनु पर्दछ । दोश्रो जिम्मा एकीकृत माओवादीले लिनु पर्दछ । त्यसपछि फुटेर जाने साथीहरुले पनि जवाफ त दिनु पर्छ । यही आन्दोलनलाई किन नयाँ बनाउन सक्नु भएन ? वा अलग भएर पनि किन नयाँ आशा जगाउन सक्नु भएन ? भन्ने प्रश्न पनि सँगै आउँछ । सबैले आ–आफ्नो ठाउँबाट जवाफ दिनै पर्दछ । प्रतिपक्षीको भूमिकामा हुँदा पनि सरकारले गरेका भ्रष्टाचार, जनजीविकाका सवाल सबै छोडेर सुरुमै उठाएको पहिचान र संघीयताको मुद्दामा मात्रै केन्द्रित छ भन्ने आरोप छ नी ? कमजोरीहरु समीक्षा गर्छौँ । कांग्रेस-एमालेले कर्णाली किन बेचे ? अरुण किन बेचे ? जवाफ दिनुपर्छ । प्रतिपक्ष कमजोर भो भन्दैमा उनीहरुले जवाफ दिनु पर्दैन ? यहाँ ठूल–ठूला भ्रष्टाचारका घटनाहरु भइराखेका छन् । भ्रष्टाचार किन गरेको ? माओवादीले विरोध नगरेको हुनाले गरेको ? त्यसैले यो प्रश्न दोहोरो नै हुन्छ । तर, प्रतिपक्षीको हिसाबले प्रतिपक्षीको भूमिका कमजोर भएको छ । यसको कारण हामी सहमतिमा संविधान निर्मार्ण गर्नका लागि आन्दोलनमा बढी केन्द्रित छाैं। दोश्रो, प्रतिपक्षको जुन आक्रामकता हुनुपथ्र्यो त्यो नपुगेको हो । हाम्रो अध्ययन, अनुभव, छलफल र सोच नपुगेको सत्य हो ।
दोश्रो, प्रतिपक्षको जुन आक्रामकता हुनुपथ्र्यो त्यो नपुगेको हो । हाम्रो अध्ययन, अनुभव, छलफल र सोच नपुगेको सत्य हो ।
माआवादी आन्दोलन पहिले युद्धबाट आयो । पछि लगातार ठूलो पार्टीको रुपमा आयो । कँही पनि प्रतिपक्षीको भूमिकामा रहेन । राज्यसँग लड्दा वैकल्पिक धार भो । शान्ति प्रक्रियामा आएपछि मुलधारको ठूलो पार्टी भयो । हरेकपटक ठूलो पार्टी भयो । माधव नेपालको पालामा पनि प्रतिपक्षी त भयो तर ठूलो पार्टी । सबलेै ठूलो पार्टीलाई मानी हाल्ने भए । गणितीय हिसाबले न हामी प्रतिपक्षी भयौँ । तर अहिले भने पहिलो पटक वास्तविक प्रतिपक्षी भएका छौँ । प्रतिपक्षी भएर पनि त्यो मानसिकता नभएकोले त्यतातिर रुचि नदेखाएकोचाँहि हो । अरुण बेचियो भन्दै गर्दा तपाई पनि अर्थमन्त्रीसम्म भइसकेको मान्छे । त्यसमा त एमाओवादीको पनि त सहमति छ नि त ? ढाट्न खोजेको जस्ते भएन र ? माथिल्लो कर्णाली र अरुणमा नीतिगत भ्रष्टाचार भएको छ । त्योचाँहि सरकारले र लगानी बोर्डले गरेको छ । त्यो कुरोचाँहि हामीले सार्वजनिक रुपले पनि बोलेका छाैं । जहाँसम्म बैदेशिक लगानीको कुरो हो, जलबिद्युत क्षेत्रमा बैदेशिक लगानी आउनु पर्छ । हामी आफैं सक्छौं भने गर्ने हो, नसकेमा बैदेशिक लगानी पनि ल्याउनुपर्छ । भारत होस् या कुनै पनि देश किन नहोस् । वैदेशिक पुँजी लगानी हुनुपर्छ यसमा हामी ‘क्लियर’ नै छौं । तर त्यसमा विभिन्न बहाना गरेर भ्रष्टाचार गर्नेचाँहि सरकार नै हो । यसविरुद्ध हामी कडा रुपमा पस्तुत हुन्छौं ।
समग्रमा माओवादी कमजोर भएको छ । यसलाई बलियो बनाउँछौं । आफ्ना एजेण्डामा जनतालाई ल्याउन सकेका छैनौं–ल्याउँछौं । प्रतिपक्षीय भूमिका कमजोर छ–बलियो बनाउँछौं । सहमतीय प्रक्रियाबाट संविधान बनाउन पहल गर्छौ
अब के गर्छ माओवादीले ? समग्रमा माओवादी कमजोर भएको छ । यसलाई बलियो बनाउँछौं । आफ्ना एजेण्डामा जनतालाई ल्याउन सकेका छैनौं–ल्याउँछौं । प्रतिपक्षीय भूमिका कमजोर छ–बलियो बनाउँछौं । सहमतीय प्रक्रियाबाट संविधान बनाउन पहल गर्छौं । जनताको एजेण्डामा संविधान बनाउने भूमिका नै प्रमुख हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies