Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

हङकङको वार्षिक समारोहमा चिनियाँ राष्ट्रपति सहभागी हुने

\"\" बेइजिङ, ११ असार । चिनियाँ राष्ट्रपति सि जिनपिङ यही जुन २९ देखि जुलाई १ तारिखसम्म हङ्कङमा रहनुहुने भएको छ । उनले यसैहप्ता हङ्कङ भ्रमण गर्न लागेको चिनियाँ समाचारमाध्यमहरुले आइतबार जनाएका छन् । हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको २० औँ वार्षिकोत्सवका अवसरमा उनी त्यहाँ जान लागेको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ । आगामी हप्ता सो हस्तान्तरणको २० बर्ष पुग्न लागेको छ । सोही अवसर पारेर हङकङमा आयोजना हुन लागेको समारोहमा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लाग्नुभएको पुष्टि आइतबार भएको हो । उनले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरुले भने केही बताएका थिएनन् । तर उक्त समारोहमा राष्ट्रपति सि उपस्थित हुनसक्ने सम्भावनाको समाचार यसअघि नै आएको थियो । उनी सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङ्कङ भ्रमण हो । चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले उनको हङ्कङ भ्रमण निश्चित भएको आइतबार जनाएको छ । हङ्कङमा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ । सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङ्कङका नागरिकमा यसका कारण निराशा छाएको पनि बताउँदै आइएको छ । यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण नगर्न पनि सक्नुहुनेछ भन्ने अनुमान पनि गरिएको थियो । तर आज सिन्ह्वाले नै सो समाचार सार्वजनिक गरेको छ । हङ्कङ हस्तान्तरण गरिएको समयको अवसर पारेर ठूलो सङ्ख्याका नागरिकले प्रदर्शनको तयारी गरेका हङकङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसैले पनि उनको भ्रमणको समयमा ठूलो मात्रामा सुरक्षा दिनुपर्ने अवस्था रहेको पनि विश्लेषकहरु बताउँछन् । त्यसको तयारी भइरहेको हङ्कङबाट प्राप्त समाचारमा जनाइएको छ । हङकङको पाँचौ प्रशासकीय क्षेत्र उद्घाटनको विशेष अवसरमा पनि उनी उपस्थित हुने चिनियाँ समााचार समितिले जानकारी दिएको छ । रासस÷सिन्ह्वा÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending