Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

नारायणगढ-मुग्लिन सडक साँझ ६ बजेबाट बिहान ४ सम्म बन्द हुने

\"\"चितवन, ११ असार । रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो । रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा रातिको समयमा सवारी रोक्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । रातभर सडकमा लाममा बसेका यात्रु अत्तालिने र पहिरोको जोखिम उच्च हुने भएकाले पनि रातिको समयमा सवारी आवागमन रोक्ने तयारी गरिएको उहाँले बताउनुभयो । हाल दिनको समयमा सवारी रोकेर काम गरिँदै आएको छ । प्रजिअ भट्टले भन्नुभयो,“अव रातिको समयमा सडक रोकेर काम गर्नुपर्न देखिएकाले साँझ ६ बजेबाट बिहान ४ बजेसम्म सडक आवागमन रोक्ने तयारी भएको छ । सरोकारवालासँग छलफल गरेर यसको टुङ्गो आज लगाउने प्रयास भइरहेको छ ।” गतवर्ष असार १ गतेबाट दिउँसो पनि सवारी सञ्चालन गर्न दिइएको थियो । गतवर्षको हिउँदमा बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिएको थियो । भित्तो काट्न असहज बनेपछि यस वर्षको हिउँदमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ । गत शुक्रबारबाट दिउँसोमा पनि सवारी सञ्चालन हुँदै आएको छ । पहिरोले सडक अवरुद्ध भएपछि सवारी चाप बढ्दा दिउँसो पनि सञ्चालन गर्न दिइएको हो । जसका कारण पहाड फोर्ने काम भने प्रभावित भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले रातको समयमा पहाड फोर्न र पर्खाल लगाउन कठिन भए पनि कालोपत्रे गर्न सकिने बताए । सो सडकको १६ किलोमिटर क्षेत्र कालोपत्रे गर्न सकिने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । हालसम्म उक्त सडकको चार दशमलब चार किलोमिटर सडक एक तह कालोपत्रे भएको छ । सो सडकमा तीन तह कालोपत्रे हुने खनालले बताएका छन् । हालसम्म सडकको ५१ प्रतिशत काम मात्रै सम्पन्न भएको छ । भूकम्प र नाकाबन्दीको कारण २०७४ वैशाखमा सम्पन्न गर्नुपर्ने सो सडक मिति थप गरी भदौ मसान्तमा पु¥याइएको थियो । निर्माण कम्पनीले थप तीन महिना १५ दिन समय थप गर्न माग गरेका गरेपछि पुनः पुस मसान्तसम्म मिति थप गरिएको छ । अहिलेको कामको प्रकृति हेर्दा पुस मसान्तसम्म पनि काम सम्पन्न हुने देखिदैन । सोही सडकको पहिलो खण्ड आँपटारीदेखि दासढुङ्गासम्म पहाड काट्नुपर्ने काम नभएकाले कालोपत्रेको काम भइरहेको छ । दोस्रो खण्ड दासढुङ्गादेखि सिमलतालसम्मको १६ किलो र घुमाउनेमा पहाड काट्ने काम भइरहेको खनालले बताए । १६ किलोमा ४०० मिटर लम्बाई र ४५ मिटर अग्लो पहाडलाई काटेर सडक चौंडा गर्ने काम भइरहेको छ । जहाँ हाल छ देखि छ दशमलब पाँच मिटर चौडा सडक रहेको छ । जसलाई ११ मिटर बनाउनुपर्नेहुन्छ । त्यस्तै घुमाउनेमा उत्तिकै अग्लो २५० मिटर लामो पहाड काट्ने काम आधा सकिएको खनालले बताए। ती क्षेत्रको काम निर्धारित समयमा सम्पन्न गर्नसके पनि मुग्लिन नजिकैको पहाड भने काट्न कठिन देखिएको छ । विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवेअन्तर्गतको एएच ४ टू खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ । इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजपफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडक व्यस्त रहने गर्दछ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ । सो सडक र चितवनमा पर्ने पृथ्वी राजमार्गको २० किलोमिटर क्षेत्रमा यस आर्थिक वर्षको हालसम्म २७ वटा दुर्घटना भएका छन् । जसमा ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना बेपत्ता भएका छन् । जनधनको क्षति रोक्नका लागि रातको समयमा यातायात आवागमन रोक्न लागिएको हो । यो सडक हुँदै दैनिक ११ हजार सवारी गुड्ने ट्राफिक प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडक खण्डको जोखिम मोल्नुपर्दैन । तर पनि यो कष्टकर यात्रा छाडेर केही लामो यात्रा गर्न धेरैले चाहेको देखिदैन । जसका कारण घन्टौँ सडकमा खतरा बेहोरेर भोकभोकै बस्न यात्रु बाध्य हुनुपरेको छ । धादिङको सीमा मौवाखोलादेखि दासढुङ्गासम्म त्रिशूलीको किनारमा गएको चालु आर्थिक वर्षको हालसम्म २७ वटा दुर्घटना भएका छन् । जसबाट ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना त्रिशूली नदीमा बेपत्ता छन् । यतिमात्रै होइन, बाँच्नेले पनि २० घन्टासम्म खतरा मोलेरै भोकभोकै सडकमा बस्नुपरेको छ । यो जोखिमबाट बच्नका लागि केही लामो यात्रा गरे पुग्छ । नारायणगढबाट मुग्लिनसम्मको दुरी ३६ किलोमिटर हो । सामान्य अवस्थामा यो दुरी पार गर्न एक घन्टाको समय लाग्ने गर्दछ । तर पहिरोका कारण सडक अवरुद्ध हुँदा २० घन्टासम्म सडकमा अलपत्र पर्नुपर्ने अवस्था यहाँ सिर्जना हुने गरेको छ । पश्चिम नेपालबाट काठमाडौँ जानआउने सवारीका साधन बुटवलबाट पाल्पा, स्याङजा, पोखरा हुँदै मुग्लिन निस्किएर काठमाडौँ जानसक्ने नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताएका छन् । बुटवलबाट पोखरा सिदार्थ राजपथ पर्दछ भने पोखराबाट मुग्लिन पृथ्वी राजमार्ग हो । बुटवलबाट नारायणगढ हुँदै मुग्लिनसम्मको दुरी १५० किलोमिटर हो भने बुटवलबाट पोखरा हुँदै मुग्लिनको दुरी २३३ किलोमिटर पर्दछ । ८३ किलोमिटर लामो यात्रा गर्नुपरे पनि जोखिम कम हुने भएपछि यात्रु र सवारी चालकले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ । करिब एक घन्टा ३० मिनेट बढी यात्रा गरेपछि यो जोखिम छल्न सकिन्छ । त्यसैगरी पूर्वी नेपालबाट काठमाडौँ जाने सवारीले त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट नौबिसेको बाटो प्रयोग गर्न सक्छन् । नारायणगढबाट मुग्लिन हुँदै काठमाडौँ जाँदा १४६ किलोमिटर दुरी पर्दछ भने नारायणगढबाट हेटौँडा–नौबिसे हुँदै काठमाडौँ जाँदा १८७ किलोमिटर दुरीपर्ने खनालले बताए । यो दुरी ४१ किलोमिटर मात्रै बढी हो । जुन एक घन्टाको थप यात्राले सहज पार गर्न सकिन्छ । तर पूर्वी नेपालबाट आएका सवारीलाई हेटौँडाबाट सोझै काठमाडौँ जाँदा ११५ किलोमिटर मात्रै पर्दछ । हेटौँडा– नारायणगढ– मुग्लिन हुँदै काठमाडौँ जाँदा भने २१८ किलोमिटर पर्दछ । यो सडक प्रयोग गरेमा १०३ किलोमिटर दुरी कम हुन्छ । नारायणगढबाट काठमाडौँ जाने यात्रुका लागि पनि यो सडक सहज छ । तर त्रिभुवन राजपथ सडक साँघुरो भएकाले ठूला सवारी सञ्चालन कठिन छ भने साना सवारीलाई दूरी छोटो पर्दछ । यद्यपि यी सडक कम प्रयोग भई सवारीको चाप नारायणगढ–मुग्लिन सडक खण्डमा बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्त बताँउछन् । साना सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्ने काम भइरहेको उनले बताए । यसोगर्दा ओभरटेकको समस्या कम हुने र जोखिम मोल्न पनि नपर्ने उनले बताएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE